काठमाडौं– अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। जसले गर्दा नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ।
करिब १ महिना अगाडि अमेरिकाको केन्द्रीय बैंक (फेडेरल रिजर्भ फेड) ले ब्याजदर बढाएसँगै डलरको भाउ उच्च हुँदै गएको हो।
कात्तिक ३ गते (बिहीबार) १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
कात्तिकमा २ गते १ अमेरीकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको थियो। बिहीबार एकै दिन डलरको मूल्य १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।