• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यसकारण रोचक बन्दैछ पाल्पा-२ को चुनाव, आफ्नै ‘कमाण्डर’ ठाकुर गैरेसँग भिड्दैछन् सोमप्रसाद पाण्डे

64x64
ईश्वर बराल बुधबार, कात्तिक २, २०७९  २०:२९
1140x725

काठमाडौं- एमालेका नेता ठाकुर गैरे २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पाल्पा- २ बाट उम्मेदवारका आकांक्षी थिए। तर अन्तिम समयमा पार्टीले अर्का नेता सोमप्रसाद पाण्डेलाई टिकट दियो। गैरेलाई निर्वाचनका चुनावी कमाण्डर बनाइयो।

आफैं उम्मेदवार बन्ने योजनामा रहेका गैरे ‘रिङ’ आउट भएपछि पाण्डे लगायत पाल्पाका अन्य उम्मेदवारलाई जिताउने अभियानको नेतृत्वमा सीमित भए। 

२०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि टिकटका लागि गैरे र पाण्डेकै दाबेदारी रह्यो। उक्त निर्वाचनमा पनि पाण्डेले नै बाजी मारे।

गैरेलाई प्रदेश सभाको उम्मेदवारी दिन सहयोगी तथा शुभेच्छुकले सुझाव दिएका थिए। तर उनले संघमै प्रतिस्पर्धा गर्ने मनसाय राखेपछि गैरे पाण्डेको जितका लागि सहयोगी भूमिकामा रहे।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भने कुनै बेला पाण्डेलाई जिताउन ‘कमाण्डर’ को भूमिका खेलेका गैरे र उनै पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। त्यसकारण पाल्पा- २ को निर्वाचनलाई निकै उत्सुकताका साथ हेरिएको छ।

नेतृत्वको निकट सम्बन्धका कारण पाण्डे पहिलो रोजाइमा
सोमनाथ पाण्डे २०२७ देखि सक्रिय राजनीतिमा छन्। राजनीतिमा रहेको सक्रियताभन्दा पनि माधवकुमार नेपालका पारिवारिक सम्बन्धका कारण अवसर पाइरहने नेतामा पर्छन् उनी। त्यही कारण पनि हुन सक्छ, पाण्डेले २०५१ पछिका सबै निर्वाचनमा पल्पाबाट उम्मेदवार हुने मौका पाएका छन्। 

२०५१ मा पाण्डे नेपाली कांग्रेसका उम्मेदवार गम्भीरजंग कार्कीलाई पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका थिए। पाण्डेले १७ हजार ८५१ मत ल्याउँदा कार्कीले १२ हजार १४७ मत ल्याएका थिए।

यस्तै, २०५६ को निर्वाचनमा पाण्डेले १५ हजार ९०५ ल्याएर जित दोहोर्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका राजनप्रसाद पन्तले १५ हजार १५१ मत ल्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पाण्डे २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिलाकुमारी बगालेसँग पराजित भए। बगालेले १२ हजार ७५० मत ल्याउँदा उनले १० हजार ९२९ मत पाएका थिए।

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने पाण्डेले पुरानो हार उल्ट्याए। उनको यही जितमा गैरे चुनावी कमाण्डर भएका हुन्।

पाण्डेले यो निर्वाचनमा १३ हजार १९३ मत ल्याएका थिए भने उनीसँग पराजित उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त गरेका थिए।

गैरेलाई रोक्दै २०७४ मा उम्मेदवारी दिँदा पाण्डेले ३४ हजार ८९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत पाएका थिए। पाण्डेको यो जितका पछाडि तत्कालीन बामगठबन्धनको मतसमेत थियो।

धेरै पटक संसदीय राजनीतिमा अवसर पाए पनि कार्यकारी भूमिकामा भने पाण्डेले एक चोटी मात्र अवसर पाएका छन्। उनी २०७२ मा उद्योग मन्त्री भएका थिए।

विद्यार्थी राजनीतिमा चर्चित गैरे
एमालेको भ्रातृ संगठन अनेरास्ववियुबाट २०४४ बाट विद्यार्थी राजनीति सुरु गरेका गैरे पाल्पा जिल्ला अध्यक्ष हुँदै २०६३ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए।

विद्यार्थी संगठनको नेतृत्वमा हुँदा गैरेले लोकतन्त्रको स्थापनाका लागि गरेको योगदान र विद्यार्थीका निम्ति सवारी शुल्कमा ३३ प्रतिशत छुटलाई कार्यन्वयनमा निरन्तर खबरदारी गरेको भूमिकालाई स्मरण गरिन्छ। यद्यपि, सवारी शुल्कमा छुटको व्यवस्थाका लागि दिवंगत नेता रवीन्द्र अधिकारीले नेतृत्व गरेका थिए।

यस्तै, २०६५ मा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गैरेले थप चर्चा बटुलेका थिए।

एउटै गुटमा हुँदा पछि परेका गैरे
गैरे र पाण्डेबीचको अर्को पक्ष भनेको उनीहरूको आबद्धता एउटै गुटमा हुनु। एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी बन्नुअघि गैरे र पाण्डे तत्कालीन एमाले नेता माधव नेपालको गुटमा थिए। एउटै जिल्लाका दुई नेता, एउटै गुटमा रहनुले गैरेका लागि संसदीय राजनीतिमा पछि रहनुपर्ने अवस्था रह्यो। 

केपी ओली र माधव नेपालबीच विवाद चर्किँदा अन्तिम अवस्थासम्म नेपालसँगै रहेका गैरेले पार्टी विभाजनमा भने नेपालको साथ छोडे। तर पाण्डे नेपालसँगै नयाँ पार्टीमा गए। यसले गैरेलाई राजनीतिक उचाइका लागि हुँदै आएको अवरोध हटेको उनी निकट बताउँछन्।

हुन पनि पाण्डेले एकीकृत समाजवादीमा प्रवेश गरेपछि गैरे आसन्न निर्वाचनको उम्मेदवारीका लागि जिल्लाबाट एकल सिफारिसमा परेका थिए।

कमजोर जनधार, आफ्नै ‘चुनावी कमाण्डर’ सँग प्रतिस्पर्धा
सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका पाण्डेको पार्टी एकीकृत समाजवादीको पाल्पा- २ मा जनाधार कमजोर छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तथ्याङ्क हेर्ने हो भने पाण्डेको पार्टीका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रबाट जम्मा ४३३ मत पाएका छन्। 

यो क्षेत्रमा बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १४, तिनाउ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाको वडा नम्बर १ रहेका छन्। 

यो क्षेत्र भित्रका एकीकृत समाजवादी बाहेक अन्य दलका वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्ने हो भने एमाले वडाध्यक्ष उम्मेदवारले धेरै मत पाएका छन्। एमाले वडाध्यक्ष उम्मेदवारले ३० हजार ५६६ मत, कांग्रेस उम्मेदवारले २९ हजार ३९ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ३१३ मत पाएका छन्।

उक्त तथ्याङ्क हेर्दा पाण्डेको जित्ने आधार भनेको गठबन्धनका अन्य दलको मत हो। यता, गैरेको जित्ने आधार भनेको नयाँ उम्मेदवार, विद्यार्थी राजनीतिमा कमाएको ख्याति र आफ्नै पार्टीको बलियो जनाधार भएको जानकारहरू बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्