काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौती दिएका छन्। सामाजिक सञ्जालमा आफूलाई लाइभ डिबेटमा आउन धेरै जनाले आग्रह गरेको र धेरैले प्रधानमन्त्री देउवासँगको लाइभ डिबेटका लागि सुझाव दिएको ओलीको भनाइ छ।
सामाजिक सञ्जालमा नै एक सन्देश लेख्दै ओलीले आफू लाइभ डिबेटका लागि तयार भएको बताएका छन्। ‘म त यसका लागि तयार छु, देउवाजी नि?’ ओलीले प्रश्न गरेका छन्।
ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।