• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पूर्वसहकर्मीबाटै पटक-पटक किन घेरिन्छन् महन्थ ठाकुर ?

64x64
नवीन झा सोमबार, असोज ३१, २०७९  ०६:२२
1140x725

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी- ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

तराई-मधेशमा अग्ला कदका नेताको रुपमा परिचित ठाकुरले यो पटक आफ्नै दुई पूर्व सहकर्मीको चुनौती खेपिरहेका छन्।

२०६४ मा नेपाली कांग्रेसबाट बाहिरिएर तराई-मधेश लोकतान्त्रिक पार्टी गठन गर्दा ठाकुरका प्रमुख सहयोगी थिए बृषेशचन्द्र लाल। लाल पनि आफूले लामो समय राजनीति गरेको पार्टी नेपाली कांग्रेस परित्याग गर्दै ठाकुरसँग मधेशको राजनीतिमा होमिएका थिए।

एक वर्ष अगाडिसम्म पनि ठाकुरको प्रमुख सहयोगीकै रुपमा थिए लाल। तर आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनै लाल ठाकुरको प्रतिस्पर्धी भएर मैदानमा खडा भएका छन्। ठाकुरकै क्षेत्र महोत्तरी- ३ मा लाल पनि प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्।

एक वर्षअघि ठाकुरसँग असन्तुष्ट हुँदै तमलोपा ब्युँताएर अध्यक्ष बनेका लाल भन्छन्, ‘ठाकुरजीसँगको मित्रता मुद्दाका लागि थियो। उहाँहरुले मुद्दा नै विर्सजन गरेपछि मित्रता पनि रहेन।’

डेढ वर्षअघि ठाकुर नेतृत्वको लोसपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि आफू उहाँसँग टाढिएको लालले नेपाल लाइभलाई बताए।

‘पछिल्लो समयमा मधेशी शीर्ष नेताहरुको गतिविधिका कारण मधेशका मुद्दामा गम्भीर असर पुगेको छ,’ लालले भने, ‘मुद्दामाथि नै खेलवाड हुन थाले म आफ्नो बाटो लागेको हुँ।’ लाल कुनैबेला ठाकुरलाई निकै सम्मान गर्थे।

लाल मात्रै होइन, कांग्रेसमा रहँदा आफूसँगै राजनीति गरेका जसपा नेता हरिनारायण यादवदेखि स्वतन्त्र उम्मेदवार रामआधार कापडसम्मले महोत्तरी-३ ठाकुरलाई चुनौती दिएका छन्।

Ncell 2
Ncell 2

महोतरी- ३ को प्रदेश सभा 'क' बाट उम्मेदवारी दिएका दिपेन्द्र झा पनि विगतमा ठाकुरको निकट रहेर काम गरेका व्यक्ति हुन्।

२०७४ को निर्वाचनमा ठाकुर नेतृत्वकै तत्कालीन राजपाबाट समानुपातिक सूचीमा समेत झाको नाम राखिएको थियो। तर उनी समानुपातिक तर्फबाट संसद बन्न नपाएपछि उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादीतिर लागेर मधेश प्रदेशमा न्यायाधिवक्ता बनेका थिए। 

ठाकुरसँग महोत्तरी- ३ मा यो पटक प्रतिस्पर्धा गरिरहेका अधिकांश अनुहार विगतमा ठाकुरसँग नजिक रहेर काम गरेका नेताहरु नै छन्। जानकारहरु यसलाई ठाकुरमाथि आफ्नैबाट आइलागेको चुनौतीको रुपमा व्याख्या गर्छन्।

नेपाली कांग्रेसको लामो राजनीति गरेका ठाकुर २०४८ देखि नै लागातार निर्वाचन लड्ने नेतामा पर्छन्। २०४८, २०५१ र २०५६ मा सर्लाहीबाट प्रतिनिधि सभामा निर्वाचित भएका ठाकुर २०६४ र २०७० को संविधान सभा निर्वाचनमा भने पराजित भए।

संयोग कस्तो भने, २०६४ र २०७० को निर्वाचनमा पनि ठाकुर आफ्नै पूर्व सहयोगीबाटै पराजित भएका थिए। २०७० मा उनी कांग्रेसका अमरेश सिंहसँग परिजित भए। सिंह पनि कुनै बेला ठाकुरको सहयोगी भूमिकामा थिए।

२०६४ मा पनि सिंहले उम्मेदवारी दिएका थिए। तर तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका शिवपुजन रायसँग पराजित भए।

आफ्नै पूर्वसहकर्मीबाट घेरिने ठाकुरको नियति जस्तै देखिन्छ। मधेशका नागरिक अगुवा भोगेन्द्र झा महन्थ ठाकुर स्वयंको व्यक्तिगत समस्याका कारण यस्तो परिस्थिति देखिएको बताउँछन्।

मधेश प्रदेशका नीति आयोगका अध्यक्ष समेत रहेका झा ठाकुर सधैं मान्छेको क्षमता हेरेर भूमिका दिन चुकेको दावी गर्छन्। ‘मधेशमा उहाँहरुप्रति एउटा सम्मान छ,’ झाले नेपाल लाइभसँग भने, ‘तर यहाँको व्यवस्थापन क्षमताका कारण उहँले त्यसलाई सदुपयोग गरेको देखिएन।’

ठाकुरले यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन्। २०७४ मा उनी संघीय समाजवादी र राजपा गठबन्धनको उम्मेदवार थिए।

२० हजारभन्दा बढी मतान्तरले अघिल्लो पटक निर्वाचन जितेका ठाकुरलाई यो पटक आफ्नै पूर्व सहकर्मीहरुबाट घेरिएपछि चुनौती थपिएको छ। यद्यपि, वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत बलियो देखिन्छ। तर नेपाली कांग्रेसका स्थानीय नेता-कार्यकर्ता ठाकुरको पक्षमा अघिल्लो पटक जस्तो गरी यो पटक खुलेर लागेको देखिँदैन।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०६:२२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगल... शनिबार, मंसिर ६, २०८२
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो। आइतबार, कात्तिक ३०, २०८२
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रय... शनिबार, कात्तिक २९, २०८२
ताजा समाचारसबै
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्