• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

लमजुङमा देव-पृथ्वी भिडन्त : यस्तो छ चुनावी जोड-घटाउ

64x64
ईश्वर बराल शुक्रबार, असोज २८, २०७९  २०:४०
1140x725

काठमाडौं- 'समृद्धि र विकासका अधुरा काम पूरा गर्न नेतृत्वले मलाई संघमा ल्याउनुपर्ने महसुस गर्‍यो। त्यसैले उम्मेदवारी दिँदैछु।’

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र लमजुङमा उम्मेदवारी दर्ता गर्दै एमाले उप-महासचिव पृथ्वी सुब्बा गुरूङले आफ्ना समर्थकसमक्ष अभिव्यक्ति दिए।

गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका गुरूङ पुन: प्रदेशमै दोहोरिएर मुख्यमन्त्री बन्न चाहन्थे। 

केही दिनअघिसम्म प्रदेश सभामा जितेर मुख्यमन्त्री बन्ने र आफूले सुरु गरेका काम फत्ते गर्ने सपना बाँड्दै गरेका गुरूङलाई पार्टीको नेतृत्वले संघमा उम्मेदवार बनायो। उनको प्रतिस्पर्धा राजनीतिका पुराना प्रतिद्वन्द्वी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङसँग हुँदैछ।

देव गुरूङ एमाले नेतृत्वले लिएको नीति र यसअघिका ५ वर्षमा उक्त पार्टीको नेतृत्वले गरेको क्रियाकलाप देखेकोले बलियो वामपन्थी शक्तिलाई जनताले अनुमोदन गर्ने हुँदा लमजुङमा आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।

‘विगत ५ वर्षलाई हेर्नु भयो भने एमाले नेतृत्वले गरेको अनेक हर्कतलाई जनताले नजिकबाट देखेका छन्। यसका साथै लमजुङमा म सांसद निर्वाचित भएपछि विकास निर्माणका लागि अहिलेसम्मकै धेरै बजेट लगेका छौँ,’ निर्वतमान सांसद गुरूङले भने, ‘यी बाहेक राष्ट्रियता र आर्थिक समृद्धिका लागि मेरो भूमिकालाई हेरेर पनि जनताले पुन: निर्वाचित गराउँछन्।’

पृथ्वी सुब्बा गुरूङले भने संघीय सांसद बनेपछि लमजुङका विकास निर्माणमा थप योगदान गर्ने र मुख्यमन्त्री हुँदा पूरा गर्न बाँकी रहेका काम केन्द्रबाट गर्ने प्रतिबद्धता जाहेर गरे। 

दुई गुरूङबीचको संसदीय प्रतिस्पर्धा रोचक बन्नेवाला छ। देव गुरूङ लमजुङबाट दोस्रो पटक निर्वाचित हुन चाहन्छन् भने पृथ्वी सुब्बा गुरूङ पनि संघीय संसदमा दोस्रो पटक प्रतिनिधित्व गर्ने लक्ष्यमा छन्।

nimb
nimb
Ncell 2
Ncell 2

दुई गुरूङको राजनीतिक यात्रा
देव गुरूङले मनाङ जिल्लाबाट राजनीतिक जीवन सुरु गरेका हुन् भने पृथ्वी सुब्बा गुरूङले लमजुङबाट। तर यी दुई नेता लमजुङमा पुराना प्रतिद्वन्द्वी हुन्। संसदीय राजनीतिमा भने उनीहरु पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्।

एमाले उम्मेदवार गुरूङले २०४८ पछिका सबै निर्वाचनमा उम्मेदवारी दिएका छन्। त्यसो त उनले २०४३ मा पञ्चायतको विरोध गर्दै तत्कालीन भूमिगत पार्टीबाट उम्मेदवारी दिएका थिए। उनी जेलमा थिए। तर पञ्चायतको विरोध गर्ने नीतिले पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

त्यस्तै, नेपालमा संघीयता लागू भएपछि २०७४ को निर्वाचनमा भने प्रदेश सभातर्फको सांसद बनेर गण्डकी  प्रदेशको मुख्यमन्त्री बने उनी।

सत्ता गठबन्धनका उम्मेदवार गुरूङले पनि यो जिल्लाबाट २०४८ मा संसदीय प्रतिस्पर्धा गरेका थिए। तर यी दुई गुरूङबीचको निर्वाचन क्षेत्र भने फरक थियो। 

बहुदल स्थापनापछि २०४८ मा भएको पहिलो आम निर्वाचनमा देव गुरूङले लमजुङ- १ बाट संयुक्त जनमोर्चा नेपालबाट उम्मेदवारी दिएका थिए। उनले १० हजार ७८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारीले १६ हजार ६७८ मत ल्याएर विजयी भए।

उक्त निर्वाचनमा पृथ्वी सुब्बा गुरूङ भने लमजुङ- २ मा एमालेबाट उम्मेदवार थिए। उनी पनि कांग्रेस उम्मेदवार रामबहादुर गुरूङसँग पराजित भए। कांग्रेस उम्मेदवारले १९ हजार ९२२ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार गुरूङले १२ हजार ८६२ मत ल्याएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा एमाले उम्मेदवार गुरूङ पुन: लमजुङ- २ बाट कांग्रेसका पुरानै प्रतिस्पर्धी गुरूङसँग पराजित भए। कांग्रेस उम्मेदवार गुरूङले १५ हजार ९२० मत ल्याउँदा एमाले उम्मेदवार गुरूङले १४ हजार ३४२ मत मात्र ल्याएका थिए।

देव गुरूङ भने २०५२ बाट नेकपा माओवादीको नेतृत्वमा सुरु हुने जनयुद्धको तयारीमा लागेकाले २०५१ को निर्वाचन बहिस्कार गर्ने दलका कार्यकर्ता थिए।

त्यस्तै, २०५६ मा भएको आमनिर्वाचनमा पृथ्वी सुब्बा गुरूङ साविककै निर्वाचन क्षेत्रबाट तेस्रो पटक पराजित भए। उनी यो निर्वाचनमा कांग्रेस उम्मेदवार हरिभक्त अधिकारीका प्रतिस्पर्धी थिए। अधिकारीले १९ हजार ०२३ मत ल्याउँदा गुरूङले १८ हजार ६९९ मत ल्याएका थिए। 

जनअनुमोदित भएर संसदमा सँगै प्रवेश
फरक दलका दुई नेताको संसदमा भने एकै पटक प्रवेश भएको थियो। २०६२/०६३ को जनआन्दोलनपछि देव गुरूङको पार्टी खुला राजनीतिमा आयो। त्यसपछि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा उनले मनाङ र कास्की- १ बाट विजयी बनेर पहिलो पटक निर्वाचनमार्फत संसदीय राजनीति तय गरे। यद्यपि, देव गुरूङ २०६२/०६३ पछि पुनर्थापित संसदमा माओवादीका तर्फबाट सांसद मनोनयन भएर पहिलो पटक संसदमा प्रवेश गरिसकेका थिए।

उक्त निर्वाचनमा पृथ्वी सुब्बा गुरूङ पनि आफ्नो साविकै निर्वाचन क्षेत्र लमजुङ- २ बाट चौथो प्रयासमा विजयी बने। लमजुङ- २ मा गुरूङले १९ हजार ५८३ मत ल्याई विजयी बनेर पहिले पटक संसदीय यात्रा गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर घर्तीले १३ हजार ६९९ मत ल्याएका थिए। 

तत्कालीन नेकपा माओवादीका नेता देव गुरूङले दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा १ हजार ६५२ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका पाल्देन गुरूङले १ हजार २०९ मत ल्याएका थिए। कास्की- १ बाट भने एमाले नेता खगराज अधिकारीलाई पराजित गर्दै जित निकालेका थिए देव गुरुङले। अधिकारीले १४ हजार ८८६ मत ल्याउँदा गुरूङले १७ हजार ४०९ मत ल्याए।

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पृथ्वी सुब्बा गुरूङ आफ्नो पुरानै क्षेत्रबाट कांग्रेसका चन्द्रबहादुर कुँवरसँग पराजित बने। गुरूङ पाँचौं पटक प्रतिस्पर्धामा थिए। कुँवरले १४ हजार ७६५ मत ल्याउँदा गुरूङले १४ हजार ०९३ मत मात्र ल्याउन सकेका थिए।

देव गुरूङ भने तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर मोहन वैद्य नेतृत्वको माओवादी पार्टीमा थिए। उनी संग्लन पार्टीले २०७० को निर्वाचन बहिष्कार गर्ने नीति लिएका कारण उनी प्रतिस्पर्धी थिएनन्।

२०७४ मा एउटै मोर्चाबाट निर्वाचनमा
२०७२ को संविधान जारी भएपछि देश संघीयतामा प्रवेश गर्‍यो। त्यसपछि २०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तत्कालीन माओवादी र एमालेले बाम गठबन्धन गरेर निर्वाचनमा सहभागी भए। यो निर्वाचनअघि नै वैद्य छोडेर देव गुरूङ माओवादीमा फर्किसकेका थिए। 

यो निर्वाचनमा देव गुरूङ लमजुङबाट प्रतिनिधि सभाका लागि निर्वाचनमा सहभागी भए भने पृथ्वी सुब्बा यही जिल्लाबाट प्रदेश सभाका लागि निर्वाचनमा सहभागी भए। संघीयताको स्थापनापछि प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र बनेको लमजुङमा देव गुरूङले ३९ हजार ४६८ मत ल्याएर जित निकाल्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत ल्याएका थिए। 

त्यस्तै, प्रदेश सभा ‘ख’ बाट पृथ्वी सुब्बा गुरूङ २३ हजार ८८ मत ल्याएर विजयी बन्दा कांग्रेसका प्रदेश उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत ल्याएका थिए। 

कार्यपालिकामा सहभागी, एकै पटक मन्त्री परिषद्मा
माओवादी महासचिव गुरूङ र एमाले उपमहासचिव गुरूङको अर्को रोचक पक्ष छ, त्यो हो मन्त्रिपरिषद्मा प्रवेश।

लोकतन्त्र स्थापनापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६३ देखि २०६५ सम्म देव गुरूङ स्थानीय विकास मन्त्री र पृथ्वी सुब्बा गुरूङ पर्यटन मन्त्रीको रुपमा पहिलो पटक सँगै मन्त्रिपरिषद्मा प्रवेश गरे। त्यसयता देव गुरूङ प्रचण्डको नेतृत्वको सरकारमा २०६५/०६६ मा कानुन मन्त्री भएका थिए। एमाले उपमहासचिव गुरूङ भने २०७४ को निर्वाचनपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने।

आगामी निर्वाचनको सम्भावित अङ्क गणित
गुरूङहरूबीचको प्रतिस्पर्धाको विश्लेषण गर्दा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई पनि विश्लेषण गर्नुपर्ने हुन्छ। 

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा ९ वटा पालिका छन्। जसमा मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, राइनस नगरपालिका, बेसीशहर नगरपालिका, क्वहोलासोथार गाउँपालिका, मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिका पर्छन्। यी सबैमा कुल ७५ वटा वडा छन्। 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यी पालिकाका वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने एमालेका अध्यक्ष उम्मेदवारको मत धेरै रहेको छ। एमाले वडाध्यक्षका उम्मेदवारहरूले ४० हजार १९७ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेदवारले ३५ हजार २७६ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार १२७ मत, राप्रपाका उम्मेदवारले १ हजार १९६ मत, एकीकृत समाजवादीले ६९ मत र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५६३ मत पाएका छन्।

उक्त मतलाई हेर्ने हो भने एमाले उम्मेदवार गुरूङ बलिया देखिन्छन्। यद्यपि, सत्ता गठबन्धनका उम्मेदवार गुरूङलाई पनि कम आँक्न भने मिल्दैन।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  २०:४०
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पहिलो नम्बरमा शुक्रबार, साउन २९, २०८३
छिट्टै पीडित र उत्पीडित नागरिकको साझा पार्टी बनाउने दुर्गा प्रसाईंको दाबी शुक्रबार, साउन २९, २०८३
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्