• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनकपुरको प्रत्यक्ष राजनीतिबाट किन टाढिए निधि र महतो?

64x64
नवीन झा बिहीबार, असोज २७, २०७९  १३:१०
1140x725

काठमाडौं- २०७४ को आम निर्वाचनमा देशभरका चर्चितमध्येको एक क्षेत्र थियो, धनुषा- ३। मधेस प्रदेशको सम्भावित राजधानी रहेको जनकपुरसहित धनुषाको दक्षिणी भागमा पर्ने यो क्षेत्रमा उम्मेदवार बनेका थिए- कांग्रेस नेता विमलेन्द्र निधि र राजपामा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतो। कांग्रेस उपल्लो तहका नेता निधि र मधेस आन्दोलनका केन्द्रीय नेता महतोबीचको प्रतिस्पर्धाले चुनावी रौनक पनि बढाएको थियो।

धनुषा- ३ निधिको गृहक्षेत्र थियो। तर, मधेस आन्दोलनबाट आफ्नो उचाइ बढाएका सर्लाहीका महतोले पनि सोही क्षेत्रमा लडे। चुनावी प्रतिस्पर्धामा महतोले निधिलाई हराए। जसका कारण महतोको राजनीतिक सामर्थ्यको चौतर्फी चर्चा भयो।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जनकपुरको प्रत्यक्ष राजनितिमा अब यी दुवै पात्र छैनन्। निधि समानुपातिक प्रणालीतिर गएका छन्। महतो पुनः सर्लाही फर्किएका छन्। उनले सर्लाही- २ बाट उम्मेदवारी दिएका छन्। पाँच वर्ष अगाडिको निर्वाचनमा कडा प्रतिस्पर्धा गरेका यी दुई नेता आखिर किन जनकपुरको प्रत्यक्ष राजनीतिबाट टाढिए?

निधि : ‘कर्पोरेट राजनीति’तिर
जानकारहरु जनकपुरको प्रत्यक्षको राजनीतिबाट निधि टाढिनुमा तीन कारण देख्छन्। पहिलो, उनी आफ्नो क्षेत्रमा कमजोर देखिएपछि ‘कर्पोरेट राजनीति’ गर्न खोजेको देखिन्छ। दोस्रो, आफ्नो प्रत्यक्ष राजनीतिबिना जिल्ला र प्रदेशमा कांग्रेसले राम्रो गर्न सक्दैन भन्ने सन्देश दिन चाहन्छन्। तेस्रो, स्थानीय जातीय समीकरणमा फिट नभएपछि सुरक्षित बाटो समातेका हुन्।

निधिको राजनीतिलाई लामो समयदेखि नियाल्दै आएका लोसपाका युवा नेता राजु चौधरीले निधिले जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक छाडेर ‘कर्पोरेट’ बाटो समातेको टिप्पणी गर्छन्। ‘अघिल्लो पटकको निर्वाचनमा हार बेहोरेको र पछि पार्टीमै पनि एक्लै भएपछि उनले ‍आफ्नो परम्परागत राजनीतिबाट ‘यू टर्न’ लिएका हुन्’, विगतमा कांग्रेसकै राजनीति समेत गरेका चौधरी भन्छन्, ‘उहाँ अब अरु बाटोबाट शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने ध्येयमा देखिनुहुन्छ।’

२०७४ को निर्वाचनमा पराजित भए पनि कांग्रेसमा निधिको प्रभाव भने तत्कालै घटेको थिएन। बरु निर्वाचनमा पराजित भएको केही समयमै उपसभापतिको भूमिका पाएका थिए। र, पार्टीभित्र थप प्रभावशाली देखिएका थिए। तर, १४औं महाधिवेशनको सेरोफेरोमा पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध बिग्रिएपछि निधि अहिले पार्टीमा एक्लिएको स्थिति छ।

१४औं महाधिवेशनमा सभापति देउवा पुनः सभापतिकै उम्मेदवार भए। निधिले पनि सभापतिमै उम्मेदवारी दिए। त्यसपछि भने देउवा पक्षले निधिलाई केन्द्रदेखि स्थानीय तहसम्मै तारो बनाएको देखिन्छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेससहितको पाँच दलीय गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साहलाई मेयरका उम्मेदवार बनाएको थियो। तर, निधिले कांग्रेसका मेयरका आकांक्षी उम्मेदवार मनोज साहलाई बागी उम्मेदवार उठाइदिए। निधिकै ‘ब्याक–अप‘मा साह निर्वाचित पनि भए। 

केन्द्रीय महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा निधिले देउवालाई नै समर्थन गरे। तर, देउवा र निधिबीचको सम्बन्ध पुरानो लयमा फर्किन सकेन। देउवा समूहले निधिलाई प्रदेश र जिल्लामा पनि लागातार चुनौती दिँदै आएको छ। पार्टीभित्रैको वातावरणको आकलन गरेर निधिले आगामी निर्वाचनमा प्रतिस्पर्धी बन्ने आँट गर्न सकेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर, धनुषा- ३  अन्तर्गतमा क्षेत्रमा साह र झा मतदाताको बाहुल्य छ। ती दुवै क्लस्टरका स्थानीय अगुवासँग निधिको सम्बन्ध राम्रो नरहेको स्थानीय जानकारहरु बताउँछन्। त्यसले पनि उनलाई जोखिम नउठाउन सचेत गराएको बुझिन्छ।

निधि राजनीतिक विरासत भएको परिवारबाट अगाडि बढेका नेता हुन्। कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रले प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धा छाडेपछि पनि उनको चर्चा भएकै छ।

महतो किन सर्लाही फर्किए?
२०७४ मै विजयी भएको क्षेत्र धनुषा- ३ बाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पाँच वर्षपछि आफ्नै गृहजिल्ला फर्केका छन्। सर्लाहीबाट उनले विगतमा पनि निर्वाचन लड्ने गरेका थिए। तर, २०७४ मा फेरेको निर्वाचन क्षेत्र उनका लागि फाइदाजनक भएको थियो। निधिलाई पराजित गरेपछि उनले आफू जनकपुरको नेता भएको र अब यो क्षेत्रबाटै राजनीति गर्ने दोहोर्‍याउने गरेका थिए। तर, उनी आफ्नै प्रतिबद्धताविपरीत सर्लाही फर्किएका हुन्।

महतो जनकपुरबाट सर्लाही फर्किनुमा जानकारहरुले विभिन्न कारण आकलन गरेका छन्। अघिल्लो निर्वाचनमा महतोलाई नजिकबाट सहयोग गरेका जनकपुरका अधिवक्ता विमल मिश्र उनको जनकपुरबाट भएको बहिर्गमनलाई तीन बुँदामा प्रस्तुत गर्छन्। पहिलो, एमाले नेतृ जुली महतोको उम्मेदवारी। दोस्रो, यहाँको निर्वाचन महंगो हुने बुझाइ। तेस्रो, जनकपुरमा आफ्नै भनिएकाहरुमाथि अविश्वासको स्थिति।

Xtrem

Xtrem

२०७४ को निर्वाचनमा महतोलाई एमालेले अप्रत्यक्ष सहयोग गरेको थियो। निधिलाई हराउने एमालेको प्रयत्नस्वरुपमा महतोलाई सहयोग पुर्‍याएको थियो। तर, यसपटक एमालेले जुली महतोलाई अघि सारेको छ। यस्तो स्थितिमा अघिल्लो निर्वाचनमा जस्तो एमालेले महतोलाई सहयोग गर्न सक्दैनथ्यो। त्यो बुझेका महतोले जुलीलाई उम्मेदवार नबनाउन प्रयास गरे तर सफल भएनन्। परिणामतः आफैं पछि हटे।

अधिवक्ता मिश्र जनकपुर क्षेत्रमा उमेदवार बनेपछि आर्थिक खर्च बढी हुने देखेरै महतो सर्लाही फर्केको हुन सक्ने आकलन गर्छन्। धनुषा-३ मा महतो कमजोर छैनन् तर कम आर्थिक खर्च र कम जोखिम रहेको क्षेत्रबाट निर्वाचन लड्न चाहेको हुनसक्ने उनको बुझाइ छ। त्यसका लागि महतोले सर्लाही-२ लाई उपयुक्त ठानेको हुनसक्ने मिश्रको ठम्याइ छ।

यद्यपि सर्लाही- २ मा महतोको प्रतिस्पर्धा महिन्द्र राय यादवसँग हुनेछ। दोस्रो संविधानसभामा पनि महतो यादवसँगै पराजित भएका थिए। यसपटक यादवले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन्।

लोसपासँग अन्यत्र तालमेल भएको भए पनि त्यस क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ। तर, महतो र यादव दुवैका लागि कांग्रेसको सहयोग जितका लागि महत्त्वपूर्ण आधार हुनेछ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १३:१०
  • #चुनाव_२०७९
  • #राजेन्द्र_महतो
  • #विमलेन्द्र_निधि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्