• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दुई आलोचक अब चुनावी मैदानमा : वर्चस्वको लडाइँ जित्ने उद्देश्यमा यादव र राउत

64x64
नवीन झा बुधबार, असोज २६, २०७९  २०:२०
1140x725

काठमाडौं- जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको राजनीतिक 'दुश्मनी' पुरानै हो।  अमेरिकाबाट फर्केर मधेस आएपछि राउतले यादवप्रति कटाक्ष गर्दै आएको पाइन्छ। अर्कोतिर, राउतप्रति यादवले पनि कटाक्ष गर्ने गरेका थिए/छन्।

यिनै दुई नेता आगामी निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदैछन्। दुवैले सप्तरी- २ बाट उम्मेदवारी दिएका छन्। यादव २०७४ को निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। राउत भने पहिलो पटक आफ्नो गृहनगर समेत रहेको क्षेत्रबाट निर्वाचनमा भाग लिँदैछन्।

निर्वाचनको मैदानबाहिर दुई नेताको 'दुश्मनी' र प्रतिस्पर्धा प्रष्टाउने कैयौँ सन्दर्भ छन्। राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धन होस् वा अहिलेका जनमत पार्टी नै। राउतको गतिविधिको निशानामा हुन्थे यादव। अर्कोतिर, यादवले पनि राउतको कटु आलोचना गर्ने गर्थे।

तन्त्र मधेसको गतिविधि गर्ने क्रममा राउतलाई प्रहरीले पहिलो पटक पक्राउ गर्दा मधेसका अन्य सबै नेताहरुले उनको मुद्दासँग असहमति राख्दै पक्राउको विरोधमा विज्ञप्ति जारी गरेका थिए। तर, यादवले त्यसो गरेनन्। बरु एउटा सार्वजनिक कार्यक्रममा उनले राउतको गतिविधि अराजक रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्नु ठीक भएको अभिव्यक्ति दिए। यादवको अभिव्यक्तिको मधेसमा आलोचना भएको थियो। राउतको गतिविधिप्रति अन्य मधेसी नेताहरु मौन सहानुभूति देखाएको भए पनि यादव भने आलोचककै रुपमा प्रस्तुत भइरहे।

अर्कोतिर, राउतले पनि सुरुदेखि नै मधेस केन्द्रित अन्य दल र नेताप्रति सहानुभूति राख्ने गरेका थिए। तर यादव र उनको दलप्रति भने सधैं अनुदार सुनिए। यादव स्वास्थ्य मन्त्री भएका बेला २०७५ भदौ ७ मा बर्दिया गएका बेलामा राउत नेतृत्वको तत्कालीन संगठनको एक कार्यकर्ताले कालो झण्डा देखाए। उनलाई प्रहरीले पक्राउ पनि गर्‍यो। र प्रहरी हिरासतमै उनको मृत्यु पनि भयो। राउतले त्यसका दोष यादवमाथि लगाए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सहमति गर्दै मूलधारको राजनीतिमा आएपछि राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरे। सो पार्टी सुरुदेखि नै यादवकै पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रियो। किसान आन्दोलनमा होमिँदा पनि उपेन्द्र यादवप्रति नै आक्रामक देखियो।

संघीय सरकारमा यादवकै पार्टीका नेता कृषिमन्त्री भएको भन्दै राउत र उनको पार्टीले प्रश्न उठायो। यसै क्रममा यादवकै पार्टीकी मन्त्री रेणु यादव गत माघ ५ मा रौतहटको गौरमा आयोजित कार्यक्रममा गइन्। राउतको पार्टीले मन्त्री यादवलाई बाटोमै अवरोध गरेर कालो झण्डा देखाए। आक्रोशित मन्त्री यादवले कार्यक्रममा सम्बोधन गर्ने क्रममा 'गौर काण्ड' दोहोर्‍याउने चेतावनी दिइन्।

मन्त्री यादवको चौतर्फी आलोचना भएपछि जसपाले त्यसको स्पष्टीकरण नै दिनुपरेको थियो। राउतको पार्टीले मधेसका सबै जिल्लामा जसपाविरुद्ध प्रर्दशनहरु गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

वर्चस्वको लडाइँ
मधेसमा सुरुदेखि नै यादव र राउतका बीचमा मनमुटाव हुनुको प्रमुख कारण हो- वर्चस्वको लडाइँ। राउतले यादवमाथि मधेसको मुद्दा कमजोर बनाएको, मधेसको राजनीतिमा जातीय समीकरणलाई बढावा दिएको र मुद्दा साटेर पटकपटक मन्त्री बनेको आरोप लगाउने गरेका छन्।

अर्कोतिर, यादव र उनका पार्टीले पनि स्वतन्त्र मधेसको नारादेखि जनमत पार्टीसम्म आउँदा राउत प्रष्ट नदेखिएको भन्दै उनको आलोचना गर्ने गर्छन्।

राउतसँग लामो समय सँगै राजनीति गरेका नेता कैलाश महतो पनि राउतले उपेन्द्र यादवलाई सुरुदेखि नै आफ्नो राजनीतिको निशानामा राखेको बताउँछन्। त्यसको कारण भने वर्चस्वको प्रतिस्पर्धा रहेको उनको भनाइ छ। राउतको घर भएको राजविराज सहितको क्षेत्रका नेता उपेन्द्र यादव भएपछि उनैलाई आलोचना गरेर मात्रै आफू नेतामा स्थापित हुन सक्ने विश्लेषण राउतले सुरुमै गरेको हुनसक्ने उनी बताउँछन्।

जसपा नेता विकास तिवारी पनि राउत र यादवबीचको प्रतिस्पर्धा वर्चस्वकै लागि भएको दाबी गर्छन्। ‘उपेन्द्र यादवलाई यो आवश्यक थिएन’, तिवारीले नेपाल लाइभसँग भने, ‘तर राउतले मधेसकै सबैभन्दा ठूलो नेताको विरोध गरेर चर्चामा आउने रणनीति लिएको देखिन्छ।’

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भन्ने यादव नेतृत्वको दल जसपा बलियो देखिन्छ। सप्तरी- २ अन्तर्गतका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।

यस निर्वाचन क्षेत्रमा यादव र राउतको पक्षमा रहेको दलीय मतभन्दा सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा रहेको दलीय मत बढी देखिन्छ। सत्ता गठबन्धनबाट लोसपा नेता जयप्रकाश ठाकुर प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। तर प्रतिस्पर्धा भने यादव र राउतबीच नै हुने विश्लेषण भइरहेको छ। तर सत्ता गठबन्धनको मत निर्णायक हुने पनि निश्चित छ।

मुख्य रुपमा चुनानी मैदानबाहिर एक अर्काका आलोचक भएर उभिएका यी दुवै नेताले चुनावी नतिजा कस्तो ल्याउलान् भन्नेचाहिँ चासोपूर्वक हेरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्