• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दुई आलोचक अब चुनावी मैदानमा : वर्चस्वको लडाइँ जित्ने उद्देश्यमा यादव र राउत

64x64
नवीन झा बुधबार, असोज २६, २०७९  २०:२०
1140x725

काठमाडौं- जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको राजनीतिक 'दुश्मनी' पुरानै हो।  अमेरिकाबाट फर्केर मधेस आएपछि राउतले यादवप्रति कटाक्ष गर्दै आएको पाइन्छ। अर्कोतिर, राउतप्रति यादवले पनि कटाक्ष गर्ने गरेका थिए/छन्।

यिनै दुई नेता आगामी निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदैछन्। दुवैले सप्तरी- २ बाट उम्मेदवारी दिएका छन्। यादव २०७४ को निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। राउत भने पहिलो पटक आफ्नो गृहनगर समेत रहेको क्षेत्रबाट निर्वाचनमा भाग लिँदैछन्।

निर्वाचनको मैदानबाहिर दुई नेताको 'दुश्मनी' र प्रतिस्पर्धा प्रष्टाउने कैयौँ सन्दर्भ छन्। राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धन होस् वा अहिलेका जनमत पार्टी नै। राउतको गतिविधिको निशानामा हुन्थे यादव। अर्कोतिर, यादवले पनि राउतको कटु आलोचना गर्ने गर्थे।

तन्त्र मधेसको गतिविधि गर्ने क्रममा राउतलाई प्रहरीले पहिलो पटक पक्राउ गर्दा मधेसका अन्य सबै नेताहरुले उनको मुद्दासँग असहमति राख्दै पक्राउको विरोधमा विज्ञप्ति जारी गरेका थिए। तर, यादवले त्यसो गरेनन्। बरु एउटा सार्वजनिक कार्यक्रममा उनले राउतको गतिविधि अराजक रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्नु ठीक भएको अभिव्यक्ति दिए। यादवको अभिव्यक्तिको मधेसमा आलोचना भएको थियो। राउतको गतिविधिप्रति अन्य मधेसी नेताहरु मौन सहानुभूति देखाएको भए पनि यादव भने आलोचककै रुपमा प्रस्तुत भइरहे।

अर्कोतिर, राउतले पनि सुरुदेखि नै मधेस केन्द्रित अन्य दल र नेताप्रति सहानुभूति राख्ने गरेका थिए। तर यादव र उनको दलप्रति भने सधैं अनुदार सुनिए। यादव स्वास्थ्य मन्त्री भएका बेला २०७५ भदौ ७ मा बर्दिया गएका बेलामा राउत नेतृत्वको तत्कालीन संगठनको एक कार्यकर्ताले कालो झण्डा देखाए। उनलाई प्रहरीले पक्राउ पनि गर्‍यो। र प्रहरी हिरासतमै उनको मृत्यु पनि भयो। राउतले त्यसका दोष यादवमाथि लगाए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सहमति गर्दै मूलधारको राजनीतिमा आएपछि राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरे। सो पार्टी सुरुदेखि नै यादवकै पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रियो। किसान आन्दोलनमा होमिँदा पनि उपेन्द्र यादवप्रति नै आक्रामक देखियो।

संघीय सरकारमा यादवकै पार्टीका नेता कृषिमन्त्री भएको भन्दै राउत र उनको पार्टीले प्रश्न उठायो। यसै क्रममा यादवकै पार्टीकी मन्त्री रेणु यादव गत माघ ५ मा रौतहटको गौरमा आयोजित कार्यक्रममा गइन्। राउतको पार्टीले मन्त्री यादवलाई बाटोमै अवरोध गरेर कालो झण्डा देखाए। आक्रोशित मन्त्री यादवले कार्यक्रममा सम्बोधन गर्ने क्रममा 'गौर काण्ड' दोहोर्‍याउने चेतावनी दिइन्।

मन्त्री यादवको चौतर्फी आलोचना भएपछि जसपाले त्यसको स्पष्टीकरण नै दिनुपरेको थियो। राउतको पार्टीले मधेसका सबै जिल्लामा जसपाविरुद्ध प्रर्दशनहरु गरेको थियो।

Ncell 2
Ncell 2

वर्चस्वको लडाइँ
मधेसमा सुरुदेखि नै यादव र राउतका बीचमा मनमुटाव हुनुको प्रमुख कारण हो- वर्चस्वको लडाइँ। राउतले यादवमाथि मधेसको मुद्दा कमजोर बनाएको, मधेसको राजनीतिमा जातीय समीकरणलाई बढावा दिएको र मुद्दा साटेर पटकपटक मन्त्री बनेको आरोप लगाउने गरेका छन्।

अर्कोतिर, यादव र उनका पार्टीले पनि स्वतन्त्र मधेसको नारादेखि जनमत पार्टीसम्म आउँदा राउत प्रष्ट नदेखिएको भन्दै उनको आलोचना गर्ने गर्छन्।

राउतसँग लामो समय सँगै राजनीति गरेका नेता कैलाश महतो पनि राउतले उपेन्द्र यादवलाई सुरुदेखि नै आफ्नो राजनीतिको निशानामा राखेको बताउँछन्। त्यसको कारण भने वर्चस्वको प्रतिस्पर्धा रहेको उनको भनाइ छ। राउतको घर भएको राजविराज सहितको क्षेत्रका नेता उपेन्द्र यादव भएपछि उनैलाई आलोचना गरेर मात्रै आफू नेतामा स्थापित हुन सक्ने विश्लेषण राउतले सुरुमै गरेको हुनसक्ने उनी बताउँछन्।

जसपा नेता विकास तिवारी पनि राउत र यादवबीचको प्रतिस्पर्धा वर्चस्वकै लागि भएको दाबी गर्छन्। ‘उपेन्द्र यादवलाई यो आवश्यक थिएन’, तिवारीले नेपाल लाइभसँग भने, ‘तर राउतले मधेसकै सबैभन्दा ठूलो नेताको विरोध गरेर चर्चामा आउने रणनीति लिएको देखिन्छ।’

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भन्ने यादव नेतृत्वको दल जसपा बलियो देखिन्छ। सप्तरी- २ अन्तर्गतका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।

यस निर्वाचन क्षेत्रमा यादव र राउतको पक्षमा रहेको दलीय मतभन्दा सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा रहेको दलीय मत बढी देखिन्छ। सत्ता गठबन्धनबाट लोसपा नेता जयप्रकाश ठाकुर प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। तर प्रतिस्पर्धा भने यादव र राउतबीच नै हुने विश्लेषण भइरहेको छ। तर सत्ता गठबन्धनको मत निर्णायक हुने पनि निश्चित छ।

मुख्य रुपमा चुनानी मैदानबाहिर एक अर्काका आलोचक भएर उभिएका यी दुवै नेताले चुनावी नतिजा कस्तो ल्याउलान् भन्नेचाहिँ चासोपूर्वक हेरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्