• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गच्छदार-चौधरी तेस्रो पटक आमने-सामने : लाग्ला गच्छदारको ३१ वर्षे संसदीय यात्रामा 'ब्रेक’ ?

64x64
ईश्वर बराल मंगलबार, असोज २५, २०७९  २१:२१
1140x725

काठमाडौं- 'ग्यारेन्टी गर्छु- ३१ वर्षमा हुन नसकेका काम म ५ वर्षमा गर्छु,’ सुनसरी- ३ की एमाले उम्मेदवार भगवती चौधरी आइतबार मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिइन्।

उनको प्रतिक्रिया आफ्नै प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजय गच्छदारप्रति लक्षित थियो, जो २०४८ सालदेखि लगातार ६ पटक सुनसरीबाट निर्वाचित भइरहेका छन्। 

गच्छदार आसन्न निर्वाचनमा सातौं पटक प्रतिस्पर्धा गर्दैछन् भने चौधरी र गच्छदारबीच तेस्रो पटक यही क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ।

चौधरी यो क्षेत्रको बलियो उम्मेदवारको रुपमा रहेकी छन् किनभने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गच्छदारको खस्किँदो व्यक्तित्वले उनलाई थप बलियो बनाएको देखिन्छ।

चौधरी र गच्छदारबीच पहिलेको मतान्तर
यी दुई नेताबीच २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। गच्छदार तत्कालीन मधेशी जनअधिकार फोरम लोकतन्त्रिकबाट उम्मेदवार थिए भने चौधरी नेकपा एमालेबाट उम्मेदवार थिइन्।

चौधरीले १७ हजार १६२ मत ल्याउँदा गच्छदारले १७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए। उनीहरूबीचको मतान्तर ३६२ मत मात्र थियो।

त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्। चौधरीले २०७० को निर्वाचनको तुलनामा मतान्तर अझ घटाइन्। उनीहरूबीचको मतान्तर ३२१ मात्र थियो। यद्यपि, यो निर्वाचनमा चौधरी बाम गठबन्धनकी उम्मेदवार थिइन् भने गच्छदार नेपाली कांग्रेसका उम्मेदवार थिए।

चौधरी र गच्छदारबीच अब हुने तेस्रो प्रतिस्पर्धामा भने पछिल्ला तथ्याङ र राजनीतिक समीकरणले चौधरी बलियो हुँदै गएको देखिन्छ।

Ncell 2
Ncell 2

स्थानीय तह निर्वाचनमा दलहरूको अवस्था
सुनसरी क्षेत्र नम्बर ३ मा इटहरी उपमहानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १३, १४, र १५ रहेका छन्। त्यस्तै, इनरुवा नगरपालिकाको वडा नम्बर ७, गढी गाउँपालिका, दुहवी नगरपालिका र बर्जु गाउँपालिकाका सबै वडाहरू पर्छन्। 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट दलहरूका वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई हेर्ने भने नेकपा एमाले ठूलो दल रहेको छ। एमालेका वडा अध्यक्ष उम्मेदवारले कुल ३५ हजार ५३ मत ल्याएका छन्। 

दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ५७१ मत ल्याएका छन्। जनता समाजवादीका उम्मेदवारले ५ हजार ५१६, माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवारले ३ हजार ८२५, राप्रपाकाले ३ हजार ३३१, एकीकृत समाजवादीले ६२६ र स्वतन्त्र तथा अन्य सानादलका उम्मेदवारले ५ हजार ३२९ मत ल्याएका छन्।

राजनीतिक गठबन्धनको प्रभाव
यो क्षेत्रमा मुख्यत: २ वटा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ। पहिलो कांग्रेस-माओवादी केन्द्र-एकीकृत समाजवादीको संयुक्त गठबन्धन र दोस्रो एमाले-जसपाको गठबन्धन।

गठबन्धन बनेर जाँदा दोस्रो गठबन्धन यो क्षेत्रमा बलियो रहेको वैशाखको निर्वाचनको मत परिणामले देखाउँछ। जसले चौधरीले जित निकाल्न सक्ने निकटस्थहरू बताउँछन्। 

गच्छदारको संसदीय यात्रा
चौधरीले लक्षित गरे जस्तै विगत ३१ वर्षदेखि यो क्षेत्रमा गच्छदारले एकछत्र राज गरेका छन्। बहुदलपछि २०४८ मा भएको पहिलो निर्वाचनमा गच्छदारले तत्कालीन सुनसरी- २ बाट २७ हजार ७७५ मत ल्याएर एमालेकी लिला श्रेष्ठ (सुब्बा) लाई पराजित गरेका थिए। सुब्बाले १५ हजार ८८५ मत ल्याएकी थिइन्। गच्छदार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए।

त्यस्तै, २०५१ को मध्यवधि निर्वाचनमा पुन: क्षेत्र नम्बर २ बाट एमालेकै कुलदीप पेस्करलाई कांग्रेस उम्मेदवार गच्छदारले फराकिलो मतले पराजित गरेका थिए। पेस्करले १० हजार ७०८ मत ल्याउँदा गच्छदारले २१ हजार ९६३ ल्याएका थिए।

२०५६ को निर्वाचनमा एमालेका रेवतीरमण भण्डारीलाई पराजित गरेर गच्छदारले तेस्रो पटक संसदीय यात्रा तय गरेका थिए। गच्छदारले २७ हजार ५२७ मत ल्याउँदा भण्डारीले २३ हजार ३३९ मत ल्याएका थिए। उनीहरूबीच सुनसरी- २ बाटै प्रतिस्पर्धा गरेका थिए।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने गच्छदारले कांग्रेस छाडेर मधेशी जनअधिकार फोरमबाट चुनाव लड्दै सुनसरी- ३ बाट चौथौ पटक जित निकालेका थिए। उनले २३ हजार ७६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका अगमलाल चौधरीले १० हजार ८०६ मत ल्याएका थिए।

खस्किएको राजनीतिक पूँजी
१३ पटक मन्त्री बनेका गच्छदार आफू मन्त्री बन्दा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

लामो समयदेखि फरार हुँदै आएका उनी पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए। 

अदालतमा मुद्दा परेसँगै पदबाट मुक्त भएका गच्छदार पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भए। त्यसयता सार्वजिनक मञ्चबाट मा ओझेल परेका उनलाई त्यसको प्रत्यक्ष प्रभाव आसन्न निर्वाचनमा सहजै पर्न सक्ने देखिन्छ।

यो घटनाले उनको राजनीतिक पूँजी खस्किँदै गएको छ। तर पुराना संसदीय खेलाडी उनलाई राजनीतिक दाउपेचबारे जानकारी नहुने कुरै भएन। जसका बलले उनले सातौं पटक संसदको यात्रा गर्न सक्ने जानकार बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  २१:२१
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
चितवनविरुद्ध पोखरा ८ विकेटले विजयी शनिबार, मंसिर २०, २०८२
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना शनिबार, मंसिर २०, २०८२
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्