• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गच्छदार-चौधरी तेस्रो पटक आमने-सामने : लाग्ला गच्छदारको ३१ वर्षे संसदीय यात्रामा 'ब्रेक’ ?

64x64
ईश्वर बराल मंगलबार, असोज २५, २०७९  २१:२१
1140x725

काठमाडौं- 'ग्यारेन्टी गर्छु- ३१ वर्षमा हुन नसकेका काम म ५ वर्षमा गर्छु,’ सुनसरी- ३ की एमाले उम्मेदवार भगवती चौधरी आइतबार मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिइन्।

उनको प्रतिक्रिया आफ्नै प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजय गच्छदारप्रति लक्षित थियो, जो २०४८ सालदेखि लगातार ६ पटक सुनसरीबाट निर्वाचित भइरहेका छन्। 

गच्छदार आसन्न निर्वाचनमा सातौं पटक प्रतिस्पर्धा गर्दैछन् भने चौधरी र गच्छदारबीच तेस्रो पटक यही क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ।

चौधरी यो क्षेत्रको बलियो उम्मेदवारको रुपमा रहेकी छन् किनभने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गच्छदारको खस्किँदो व्यक्तित्वले उनलाई थप बलियो बनाएको देखिन्छ।

चौधरी र गच्छदारबीच पहिलेको मतान्तर
यी दुई नेताबीच २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। गच्छदार तत्कालीन मधेशी जनअधिकार फोरम लोकतन्त्रिकबाट उम्मेदवार थिए भने चौधरी नेकपा एमालेबाट उम्मेदवार थिइन्।

चौधरीले १७ हजार १६२ मत ल्याउँदा गच्छदारले १७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए। उनीहरूबीचको मतान्तर ३६२ मत मात्र थियो।

त्यस्तै, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्। चौधरीले २०७० को निर्वाचनको तुलनामा मतान्तर अझ घटाइन्। उनीहरूबीचको मतान्तर ३२१ मात्र थियो। यद्यपि, यो निर्वाचनमा चौधरी बाम गठबन्धनकी उम्मेदवार थिइन् भने गच्छदार नेपाली कांग्रेसका उम्मेदवार थिए।

चौधरी र गच्छदारबीच अब हुने तेस्रो प्रतिस्पर्धामा भने पछिल्ला तथ्याङ र राजनीतिक समीकरणले चौधरी बलियो हुँदै गएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय तह निर्वाचनमा दलहरूको अवस्था
सुनसरी क्षेत्र नम्बर ३ मा इटहरी उपमहानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १३, १४, र १५ रहेका छन्। त्यस्तै, इनरुवा नगरपालिकाको वडा नम्बर ७, गढी गाउँपालिका, दुहवी नगरपालिका र बर्जु गाउँपालिकाका सबै वडाहरू पर्छन्। 

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट दलहरूका वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई हेर्ने भने नेकपा एमाले ठूलो दल रहेको छ। एमालेका वडा अध्यक्ष उम्मेदवारले कुल ३५ हजार ५३ मत ल्याएका छन्। 

दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ५७१ मत ल्याएका छन्। जनता समाजवादीका उम्मेदवारले ५ हजार ५१६, माओवादी केन्द्र वडाध्यक्षका उम्मेदवारले ३ हजार ८२५, राप्रपाकाले ३ हजार ३३१, एकीकृत समाजवादीले ६२६ र स्वतन्त्र तथा अन्य सानादलका उम्मेदवारले ५ हजार ३२९ मत ल्याएका छन्।

राजनीतिक गठबन्धनको प्रभाव
यो क्षेत्रमा मुख्यत: २ वटा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ। पहिलो कांग्रेस-माओवादी केन्द्र-एकीकृत समाजवादीको संयुक्त गठबन्धन र दोस्रो एमाले-जसपाको गठबन्धन।

गठबन्धन बनेर जाँदा दोस्रो गठबन्धन यो क्षेत्रमा बलियो रहेको वैशाखको निर्वाचनको मत परिणामले देखाउँछ। जसले चौधरीले जित निकाल्न सक्ने निकटस्थहरू बताउँछन्। 

गच्छदारको संसदीय यात्रा
चौधरीले लक्षित गरे जस्तै विगत ३१ वर्षदेखि यो क्षेत्रमा गच्छदारले एकछत्र राज गरेका छन्। बहुदलपछि २०४८ मा भएको पहिलो निर्वाचनमा गच्छदारले तत्कालीन सुनसरी- २ बाट २७ हजार ७७५ मत ल्याएर एमालेकी लिला श्रेष्ठ (सुब्बा) लाई पराजित गरेका थिए। सुब्बाले १५ हजार ८८५ मत ल्याएकी थिइन्। गच्छदार नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए।

त्यस्तै, २०५१ को मध्यवधि निर्वाचनमा पुन: क्षेत्र नम्बर २ बाट एमालेकै कुलदीप पेस्करलाई कांग्रेस उम्मेदवार गच्छदारले फराकिलो मतले पराजित गरेका थिए। पेस्करले १० हजार ७०८ मत ल्याउँदा गच्छदारले २१ हजार ९६३ ल्याएका थिए।

२०५६ को निर्वाचनमा एमालेका रेवतीरमण भण्डारीलाई पराजित गरेर गच्छदारले तेस्रो पटक संसदीय यात्रा तय गरेका थिए। गच्छदारले २७ हजार ५२७ मत ल्याउँदा भण्डारीले २३ हजार ३३९ मत ल्याएका थिए। उनीहरूबीच सुनसरी- २ बाटै प्रतिस्पर्धा गरेका थिए।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने गच्छदारले कांग्रेस छाडेर मधेशी जनअधिकार फोरमबाट चुनाव लड्दै सुनसरी- ३ बाट चौथौ पटक जित निकालेका थिए। उनले २३ हजार ७६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका अगमलाल चौधरीले १० हजार ८०६ मत ल्याएका थिए।

खस्किएको राजनीतिक पूँजी
१३ पटक मन्त्री बनेका गच्छदार आफू मन्त्री बन्दा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

लामो समयदेखि फरार हुँदै आएका उनी पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए। 

अदालतमा मुद्दा परेसँगै पदबाट मुक्त भएका गच्छदार पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भए। त्यसयता सार्वजिनक मञ्चबाट मा ओझेल परेका उनलाई त्यसको प्रत्यक्ष प्रभाव आसन्न निर्वाचनमा सहजै पर्न सक्ने देखिन्छ।

यो घटनाले उनको राजनीतिक पूँजी खस्किँदै गएको छ। तर पुराना संसदीय खेलाडी उनलाई राजनीतिक दाउपेचबारे जानकारी नहुने कुरै भएन। जसका बलले उनले सातौं पटक संसदको यात्रा गर्न सक्ने जानकार बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  २१:२१
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्