• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेस केन्द्रित दल : मुद्दा गौण, नेता व्यवस्थापनका लागि प्रमुख दलको शरण

64x64
नवीन झा मंगलबार, असोज २५, २०७९  १०:१६
1140x725

काठमाडौं- २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशमा एमालेसहितका प्रमुख पार्टीहरु रक्षात्मक थिए। कतिसम्म भने, एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचारका लागि मधेस प्रदेशमा जान सकेनन्। पथलैया, बर्दिबास र ढल्केवरमा चुनाव प्रचारकै लागि आयोजना गरिएका आमसभा पनि अन्तिम समयमा स्थगित गरिएको सूचना जारी गर्नुपर्‍यो।

अर्कोतिर, तेस्रो मधेस आन्दोलनको तापतापमै भइरहेको निर्वाचनमा मधेसी नेताहरुको मनोविज्ञान बलियो देखिन्थे। उनीहरु आबद्ध पार्टी पनि बलियो नै प्रतीत हुन्थे। संविधान जारी हुनुभन्दा केहीअघिदेखि सुरु भएको मधेस आन्दोलनले त निष्कर्ष पाएन। तर, निर्वाचनमा उनीहरुलाई आत्मबल भने दियो।

तर ५ बर्षमा परिस्थिति फेरिएको छ। मधेस केन्द्रित दलहरु आउँदो निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गर्न पुगेका छन्। त्यसका लागि ती दलकै शर्त मान्न तयार भएका छन्। हुन त वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाटै प्रमुख दलहरुले मधेस प्रदेशमा आफ्नो प्रभाव बढाएको प्रष्ट भइसकेको थियो। स्थानीय तहको नतिजाबाट तर्सिएकै कारण मधेस केन्द्रित दलका नेताहरुले संघीय निर्वाचनमा प्रमुख दलहरुको ओत खोजेको जानकारहरुको विश्लेषण छ।

आइतबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोयन दर्ता सम्पन्न भएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएको छ। महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले भने कांग्रेस सहितका सत्ता गठबन्धनसँग सहकार्य गरेर उम्मेदवारी दर्ता गराएको छ।

सिट बाडफाँटको क्रममा जसपा र लोसपाले कांग्रेस र एमालेसँग बिलौना गरे जस्तो स्थिति देखियो। सत्ता गठबन्धनमा १६ सिट पाउँदापाउँदै पनि एक सिट बढी लिनका लागि जसपाले एमालेसँग तालमेल गर्‍यो। अर्कोतिर, पार्टीका शीर्ष नेताहरुलाई सुरक्षित गर्ने मनोविज्ञान बोकेर लोसपाले सत्ता गठबन्धनसँग सहमति गर्‍यो।

आखिर पाँच वर्षमै मधेस केन्द्रित दलका नेताहरु यस्तो अवस्थामा आइपुगे? मधेस आन्दोलन र मधेस राजनीतिलाई नजिकलाई नियालिरहेका विश्लेषक सीएन थारु भन्छन्, ‘अहिले मधेसमा मुद्दा विर्सजन भएको अवस्था छ। नेताहरु आ-आफ्नो व्यवस्थापनमा केन्द्रित देखिन्छन्।’

मुद्दा गौण
अन्तरिम संविधानप्रति असन्तुष्टि राख्दै मधेस क्षेत्रमा भएको आन्दोलनले त्यस क्षेत्रमा पुराना दलहरुको विरासत भत्काइदिएको थियो। अर्कोतिर, मधेसका लागि अजेन्डा पनि दिएको थियो। त्यसयता मधेसमा मधेस केन्द्रित पार्टीहरुकै वर्चस्व रहँदै आएको थियो। २०७२ मा जारी भएको नयाँ संविधान विरुद्ध मधेसमा भएको ६ महिना लामो आन्दोलनले एमाले सहित प्रमुख पार्टीहरुप्रति आक्रोश विस्तार गरेको थियो।

तर त्यसयता मधेस केन्द्रित पार्टीले आन्दोलनले निर्देशित गरेका मुद्दालाई बचाउन नसकेको आरोप त्यस क्षेत्रमा लाग्ने गरेको छ। नेताहरु कांग्रेस र एमालेसँग मिलेर मन्त्री भएको र मुद्दा सम्बोधनमा कुनै काम नगरेको आरोप नेताहरुलाई लगाइन्छ। परिणामतः प्रमुख पार्टी नै ठीक रहेछन् भन्ने भाष्य निर्माण हुँदै गएको देखिन्छ।

Ncell 2
Ncell 2

यस बीचमा मधेस केन्द्रित पार्टीहरु परित्याग गरेर दर्जनौं नेताहरु एमाले र काग्रेसमा प्रवेश गरेका छन्। र उम्मेदवार पनि बनेका छन्। वीरगंजमा बस्ने अधिवक्ता वीरेन्द्र यादव भन्छन्, ‘सत्ताकै राजनीति गर्ने हो भने प्रमुख पार्टीमै किन नगर्ने भन्ने मनोविज्ञान मधेसमा देखिन्छ।’

‘मधेस केन्द्रित पार्टीहरु तराई मधेसको केही मुद्दाहरु उठाउँदै नेपालको राजनीतिमा उदाएका थिए’, यादवले नेपाल लाइभसँग भने, ‘तर मधेसी नेताहरु नै मुद्दामा समर्पित नदेखिएपछि नेता तथा कार्यकर्तामा पछिल्लो समय विचलन देखिएको हो।’

नेताहरु स्व-केन्द्रित 
मधेसको मुद्दा स्थापित गर्नका लागि भएका तीन ओटा आन्दोलनमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ। घाइतेको संख्या पनि हजारौं रहेको बताइन्छ। त्यसैको आडमा राजनीति गरिरहेका मधेस केन्द्रित नेताहरु स्व-केन्द्रित देखिन थालेको विश्लेषण हुने गरेको छ।

मधेसी नेताहरुले मुद्दा बचाउन नसकेकै कारण आजको परिदृश्य देखिएको थारुको बुझाइ छ। ‘मधेसी नेताहरु मुद्दामा अडिग भएर निर्वाचनको हार जितलाई प्राथमितामा नराख्नुपर्ने हो’, उनले भने, ‘अहिलेको परिस्थितिमा मधेसी नेताहरुले कांग्रेस र एमाले सामु आत्मसमर्पण ‍गरेको अवस्था छ।’

मधेसी नेताहरु अहिले मुद्दा जे भए पनि आफू निर्वाचन जितेर सत्ताको खेलमा जान अतुर रहेको थारुको भनाइ छ। ‘निर्वाचन भएपछि हार जितलाई स्वभाविक रुपमा लिनुपर्थ्यो', उनले भने, ‘निर्वाचनमा हार बेहोरे पनि मुद्दामा अडिग हुनु पर्थ्यो।’

मधेसी नेताहरुकै कारण र केन्द्रीय सत्ताको प्रभावकै कारण मधेसमा पछिल्लो समय कांग्रेस र एमाले बलियो भएको दाबी गर्छन्, थारु। ‘मधेसमा कांग्रेस र एमाले अहिले बलियो देखिएकै हो’, उनले भने, ‘त्यसमा मधेसी नेताहरुको गतिविधि र केन्द्रीय सत्ता दुवैको प्रभाव देखिन्छ।’

मधेस केन्द्रित पार्टीका कतिपय नेताहरुको व्यहोराका कारण प्रमुख दलहरुतिर गएको भन्दै उनले कतिपय अवस्थामा सत्ताको प्रभावमा आफ्नो फाइदा देखेर पनि प्रमुख पार्टीतिर लाग्ने गरेको बताए।

परीक्षणमा सीके राउत 
सीके राउत नेतृत्वको जनमत पार्टी पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदैछ। ऊ कुनै गठबन्धन बिना नै मैदानमा उत्रिएको हो। मधेस राजनीतिमा नयाँ खेलाडीको रुपमा उदाएका राउत नेतृत्वको पार्टीले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि भाग लिएको थिए। राउत भने मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ सप्तरी- २ बाट प्रतिस्पर्धामा उत्रिएका छन्। सो क्षेत्रबाट यसअघि उपेन्द्र यादव निर्वाचित भएका थिए। उनी यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्।

राउत नेतृत्वको पार्टीले सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैको विरोध गर्दै मधेस केन्द्रित पार्टीहरु प्रमुख पार्टीहरुको पिछलग्गु भएको आरोप लगाउने गरेका छन्। उनले सोही भाष्य अगाडि सारेर प्रचारप्रसार अघि बढाएका छन्।

उनले मधेसी नेताहरुले प्रमुख दलहरुसँग मधेसको मुद्दालाई सत्तासँग साट्ने गरेको आरोप लगाउँदै आफ्नो पार्टीलाई स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ।

सीके राउतको पार्टीले जसपा र लोसपालाई विस्थापित गर्ने सक्छ कि सक्दैन भन्ने परीक्षण आउँदो निर्वाचनमा हुने बताउँछन्, विश्लेषक थारु। ‘सिके राउत र उनको पार्टी यो निर्वाचनमा कसरी प्रस्तुत हुन्छ, त्यो महत्त्वपूर्ण छ’, उनले भने, ‘उनले बिना कुनै आड भरोसा मधेसको मुद्दा बोक्छु त भनेका छन्। तर उनका नेता कार्यकर्ताले निर्वाचनका बेलामा यो सन्देशलाई कसरी प्रवाह गर्छन्। त्यो हेर्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगल... शनिबार, मंसिर ६, २०८२
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो। आइतबार, कात्तिक ३०, २०८२
मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रय... शनिबार, कात्तिक २९, २०८२
ताजा समाचारसबै
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्