• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

माओवादी छाड्दा पद गुमाएका सांसद : प्रतिनिधि सभाका सबैलाई अवसर, राष्ट्रिय सभाका गुमनाम 

64x64
ईश्वर बराल मंगलबार, असोज २५, २०७९  ०६:०८
1140x725

काठमाडौं- सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले तत्कालीन नेकपा विभाजन गरिदियो। नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर ४ जना प्रतिनिधि सभाका र २ जना राष्ट्रिय सभाका सांसद एमाले प्रवेश गरे।

एमाले प्रवेश गरेसँगै ती सांसदहरुको पद स्वत: खारेज भयो। एमाले प्रवेश गरेका ती नेतामध्ये प्रतिनिधि सभाका तत्कालीन सांसदहरुले आसन्न निर्वाचनमा एमालेको तर्फबाट पुन: उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय सभा सदस्यमध्ये एक जना अवसर पाएर पनि पछि हटेका छन्। राष्ट्रिय सभाका अर्का सदस्य गुमनाम छन्।

एमाले प्रवेश गरेका तत्कालीन माओवादी सांसदहरुमा प्रतिनिधि सभातर्फका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका थिए। यस्तै, राष्ट्रिय सभातर्फका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का थिए। 

रामबहादुर थापा बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई काठमाडौं- १० बाट अध्यक्ष केपी शर्मा ओलीले उठ्न आग्रह गरेका थिए। तर उनले अस्वीकार गरे। बादलले काठमाडौं- १० अस्वीकार गर्नुको कारण भनेको कमजोर जनाधार नै हो। उनले गृह जिल्ला चितवनबाट उम्मेदवारी दिन चाहेका थिए। 

यद्यपि, बादल पत्नी नैनकला थापाको समानुपातिकतर्फ आदिवासी-महिला कोटाबाट दोस्रो नम्बरमा नाम रहेको छ।

तत्कलीन माओवादी केन्द्रको तर्फबाट बाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित बादल नेकपा विभाजन हुँदा एमालेतिर लागेसँगै उनको पद खारेजी भएको थियो। त्यसपछिको उप-निर्वाचनमा उनी सत्ता गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए। 

बादल २०६४ को पहिलो संविधान सभा निर्वाचनमा गृह जिल्ला चितवन- २ बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने मोहन वैद्य किरण नेतृत्वको नयाँ पार्टीमा गएकाले चुनाव बहिस्कार गरेका थिए। 

टोपबहादुर रायमाझी
तत्कालीन नेकपा विभाजित भएसँगै एमाले प्रवेश गरेर माओवादीबाट प्रतिनिधि सभाको सदस्य पद गुमाउने अर्का नेता हुन् टोपबहादुर रायमाझी। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन्। रायमाझी हाल नेकपा एमालेका सचिव छन्। उनलाई एमालेले अर्घखाँचीबाटै प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रायमाझी २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीबाट अर्घाखाँची- १ बाट निर्वाचित भएका थिए। यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

मंसिरको निर्वाचनमा रायमाझी चौथो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। तर, यो पटक भने नेकपा एमालेबाट। उनले निवर्तमान उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नेछन्।

लेखराज भट्ट
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका अर्का नेता हुन् लेखराज भट्ट। उनी हाल एमालेका सचिव छन्।

माओवादी केन्द्रमा हुँदा प्रचण्ड निकट मानिने भट्ट २०६४ को संविधान सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका थिए।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उनै भाटसँग भट्ट पराजित भएका थिए। त्यस्तै,२०७४ को निर्वाचनमा भने तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए। 

भट्ट आसन्न निर्वाचनमा कैलाली- ४ बाट एमाले उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन्। उनी कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरसँग चुनावी मैदानमा उत्रिदैछन्। 

प्रभु साह
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दा सांसद पद गुमाउने अर्का नेता हुन् प्रभु साह। उनी हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य छन्।

साहले २०७४ को निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार भएर रौतहट- ३ बाट कांग्रेसका सुनिलकुमार यादवलाई पराजित गरेका थिए। उनले २०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट यही क्षेत्रमा मधेशी जनअधिकार फोरमका रामकिशोर प्रसाद यादवलाई पराजित गरेर निर्वाचित भएका थिए।

यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साहले उनै यादवलाई दोस्रो पटक पराजित गरेका थिए।

मधेश प्रदेशमा राम्रै पकड बनाएका साह एमाले प्रवेश गरेसँगै माओवादीमा फर्काउन अध्यक्ष प्रचण्डले धेरै कोशिस गरेका थिए। साह एमालेमै रहेपछि माओवादीले यो प्रदेशमा क्षति व्यहोरेको जानकार बताउँछन्। 

यता, मंसिर ४ को निर्वाचनमा एमालेको उम्मेदवार भनिएका साहले उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

साहले एमालेको उम्मेदवार छनोटमा असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी निकट केही नेताहरुले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिएका छन्। 

एमालेले भने यो क्षेत्रबाट कसैलाई उम्मेदवारी दिन लगाएको छैन। अन्तिम समयमा साह एमालेमै फर्किन सक्ने एमालेको अनुमान रहेको बुझन्छि। 

यो क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रवीन्द्र पटेलले उम्मेदवारी दिएका छन्। 

गौरीशंकर चौधरी
माओवादी छाडेर एमाले प्रवेश गरेसँगै सांसद पद गुमाउने अर्का नेता हुन् गौरीशंकर चौधरी। उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन्। र, आसन्न निर्वाचनमा कैलाली- ३ बाट उम्मेदवारी दिएका छन्। उनले पूर्व सहकर्मी तथा माओवादी केन्द्रका उम्मेदवार कृष्ण चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्। 

गौरीशंकर चौधरीले २०७४ को निर्वाचनमा कैलालीबाटै कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेका थिए। त्यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनले कांग्रेसकै खेमराज थारुलाई पराजित गरेका थिए। 

चन्द्रबहादुर खड्का
माओवादी केन्द्रको तर्फबाट तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेसँगै उनको पद खारेजीमा परेको थियो। २०७८ जेठ १७ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको तर्फबाट पुन: उम्मेदवार बनेका खड्का दृगनारायण पाण्डेसँग पराजित भएका थिए। खड्काले यो निर्वाचनमा कुनै क्षेत्रबाट उम्मेदवारी दिएको जानकारी छैन। 

त्यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका तत्कालीन स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय कमिटी सदस्य दावा लामा पनि आसन्न निर्वाचनमा उम्मेदवारीका लागि एमालेबाट सिफारिस भएनन्।
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्