• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जसपा–एमाले समीकरण- एकल बहुमतसहित प्रदेश सरकार बनाउने दाउ

64x64
नवीन झा शनिबार, असोज २२, २०७९  २१:१३
1140x725

काठमाडौं– सत्ता गठबन्धनले दिएको १६ सिटमा चित्त दुखाएर जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग तालमेल गर्न पुग्यो।

गठबन्धनको बिहीबारको बैठक नै छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गएका जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग १७ सिटमा सहमति गरे। 

प्रतिनिधि सभाको एक सिट मात्र बढी लिएर गठबन्धन तोडेर आखिर जसपा नेपाल किन नेकपा एमालेसँग मिल्न गयो भनेर यतिबेला राजनीतिक वृत्तामा चासोका रुपमा हेरिएको छ। 

डेढ वर्ष अघि फर्किँदा एमालेलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादकै कारण जसपा विभाजन भएको थियो। त्यसबेला जसपाका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई प्रतिगमनको मतियार भएको भन्दै गठबन्धनमा मिसिन गएका थिए। 

महन्थ ठाकुर पक्षले भने तत्कालीन एमाले मधेशको मुद्दामा समर्थन गर्न तयार भएको भन्दै एमालेसँग मिल्ने पक्षमा उभिएका थिए।  त्यही द्वन्द्वले अन्तत: एकीकरणको एक वर्षमै जसपा नेपाल पुन: फुट्यो। 

तर, पार्टी फुटेको ठिक एक वर्षपछि उपेन्द्र यादव गठबन्धनसँग अलग्गिएर एमालेसँग निर्वाचनमा तालमेल गर्न पुगेका छन्। सरकारमासमेत सहभागी भएको जसपाले गठबन्धनसँग अन्तिम समयमा आएर छुट्टिएर एमालेसँग तालमेल गरेको छ। 

जसपा नेता रामसहाय यादव गठबन्धनबाट जसपा अलग्गिनुको तीन कारण रहेको बताउँछन्। ‘पहिलो कुरा हामीलाई गठबन्धनमा कांग्रेसले हेपेको महसुस गर्‍यौं,’  गठबन्धनले बनाएको कार्यदल सदस्यसमेत रहेका नेता यादवले भने, ‘गठबन्धनमा मुख्यगरी कांग्रेसले मधेशमा हाम्रो अस्तित्व नै छैन भन्ने जसरी व्यवहार गरिराख्यो। दोस्रो मधेश प्रदेशमै हामी कमजोर बन्नेगरी सिट बाँडफाँटको कुरामा आयो। हामीले त्यो मान्न सकिने अवस्था नै थिएन। तेस्रो प्रतिनिधि सभामा हामीले पाउने सिटका कारण हामीले समानुपातिक मत पनि कम आउने देखियो।’

उनले एमालेसँग जाँदा मधेश प्रदेशमा प्रत्यक्षतर्फको ६४ मध्ये ४३ सिट पाएको र प्रतिनिधि सभामा मधेशमा ५० प्रतिशत सिट पाएको दाबी गरे। उनले भने, ‘एमालेसँग जाँदा हामीले मधेश प्रदेशको प्रत्यक्षतर्फको ६४ मध्ये ४२ सिट पाएका छौं। यस्तै प्रतिनिधि सभामा ५० प्रतिशत हाम्रो भागमा परेको छ। यसले हामीले केन्द्रदेखि प्रदेशसम्मको राजनीतिमा मद्दत पुगेको छ।’

Ncell 2
Ncell 2

जसपा प्रवक्ता मनिष सुमनले गठबन्धनले १६ सिटको कुरा सार्वजनिक बाहिर गरे पनि प्रतिनिधि सभामा १२/१३ सिट र मधेश प्रदेशमा २१ सिट मात्र तयार भएकाले आफुहरु एमालेसँग तालेमल गर्न बाध्य भएको बताए। 

अघिल्लो निर्वाचनपछिको पाँच वर्ष मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार विद्यमान छ। प्रदेश सरकारका लागि जसपाले सुरुमा तत्कालीन राजपा र पछि कांग्रेसहित माओवादीसँगको गठबन्धन बनाएको छ।

सत्ता गठबन्धनमा कांग्रेस मधेश प्रदेशमा बहुमत सिट दिन अन्य दलहरुलाई तयार छैन। कांग्रेसको मधेश प्रदेश समितिले ६० प्रतिशत सिट आफूसँग राख्न लगातार दबाब दिँदै आएको थियो। जसपालाई सबैभन्दा झस्काएको विषय नै यही हो। 

विगत पाँच वर्षको अविधमा केन्द्रमा १८ महिना मात्र अहिले जसपा सरकारमा रहे पनि मधेश प्रदेशको सरकारको लागातार पांच वर्ष नेतृत्व गरेको छ। एमालेसँगको तालमेलपछि जसपालाई स्थानीय नेता कार्यकर्ताको व्यवस्थापन गर्न धेरै सहज भएको देखिन्छ। 

आउंदो ४ मंसिरको निर्वाचनपछि पनि जसरी भए पनि जसपाले प्रदेश सरकार आफ्नै पोल्टामा पार्न कसरत गरेको देखिन्छ। जसपा मधेश प्रदेश कार्यसमितिका एक सदस्यका अनुसार एमालेले ४२ सिट प्रत्यक्षतर्फ प्रदेशमा लिएकाले जसपा यो पटक एक्लै बहुमत ल्याउने वा एमालेसँग मिलेर प्रदेश सरकार बनाउने तयारीमा देखिन्छ। 

‘केन्द्रमा हाम्रो आफ्नै सीमितताहरु छन्,’ जसपाका एक शीर्ष नेता भन्छन, ‘हामीले त्यही भएर प्रतिनिधि सभामा १७ सिट जित्ने गरी अघि बढेका हौं। तर हाम्रो मुख्य निशाना मधेश प्रदेश सरकारमा छ।’

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्