• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जसपा–एमाले समीकरण- एकल बहुमतसहित प्रदेश सरकार बनाउने दाउ

64x64
नवीन झा शनिबार, असोज २२, २०७९  २१:१३
1140x725

काठमाडौं– सत्ता गठबन्धनले दिएको १६ सिटमा चित्त दुखाएर जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग तालमेल गर्न पुग्यो।

गठबन्धनको बिहीबारको बैठक नै छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गएका जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग १७ सिटमा सहमति गरे। 

प्रतिनिधि सभाको एक सिट मात्र बढी लिएर गठबन्धन तोडेर आखिर जसपा नेपाल किन नेकपा एमालेसँग मिल्न गयो भनेर यतिबेला राजनीतिक वृत्तामा चासोका रुपमा हेरिएको छ। 

डेढ वर्ष अघि फर्किँदा एमालेलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादकै कारण जसपा विभाजन भएको थियो। त्यसबेला जसपाका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई प्रतिगमनको मतियार भएको भन्दै गठबन्धनमा मिसिन गएका थिए। 

महन्थ ठाकुर पक्षले भने तत्कालीन एमाले मधेशको मुद्दामा समर्थन गर्न तयार भएको भन्दै एमालेसँग मिल्ने पक्षमा उभिएका थिए।  त्यही द्वन्द्वले अन्तत: एकीकरणको एक वर्षमै जसपा नेपाल पुन: फुट्यो। 

तर, पार्टी फुटेको ठिक एक वर्षपछि उपेन्द्र यादव गठबन्धनसँग अलग्गिएर एमालेसँग निर्वाचनमा तालमेल गर्न पुगेका छन्। सरकारमासमेत सहभागी भएको जसपाले गठबन्धनसँग अन्तिम समयमा आएर छुट्टिएर एमालेसँग तालमेल गरेको छ। 

जसपा नेता रामसहाय यादव गठबन्धनबाट जसपा अलग्गिनुको तीन कारण रहेको बताउँछन्। ‘पहिलो कुरा हामीलाई गठबन्धनमा कांग्रेसले हेपेको महसुस गर्‍यौं,’  गठबन्धनले बनाएको कार्यदल सदस्यसमेत रहेका नेता यादवले भने, ‘गठबन्धनमा मुख्यगरी कांग्रेसले मधेशमा हाम्रो अस्तित्व नै छैन भन्ने जसरी व्यवहार गरिराख्यो। दोस्रो मधेश प्रदेशमै हामी कमजोर बन्नेगरी सिट बाँडफाँटको कुरामा आयो। हामीले त्यो मान्न सकिने अवस्था नै थिएन। तेस्रो प्रतिनिधि सभामा हामीले पाउने सिटका कारण हामीले समानुपातिक मत पनि कम आउने देखियो।’

उनले एमालेसँग जाँदा मधेश प्रदेशमा प्रत्यक्षतर्फको ६४ मध्ये ४३ सिट पाएको र प्रतिनिधि सभामा मधेशमा ५० प्रतिशत सिट पाएको दाबी गरे। उनले भने, ‘एमालेसँग जाँदा हामीले मधेश प्रदेशको प्रत्यक्षतर्फको ६४ मध्ये ४२ सिट पाएका छौं। यस्तै प्रतिनिधि सभामा ५० प्रतिशत हाम्रो भागमा परेको छ। यसले हामीले केन्द्रदेखि प्रदेशसम्मको राजनीतिमा मद्दत पुगेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

जसपा प्रवक्ता मनिष सुमनले गठबन्धनले १६ सिटको कुरा सार्वजनिक बाहिर गरे पनि प्रतिनिधि सभामा १२/१३ सिट र मधेश प्रदेशमा २१ सिट मात्र तयार भएकाले आफुहरु एमालेसँग तालेमल गर्न बाध्य भएको बताए। 

अघिल्लो निर्वाचनपछिको पाँच वर्ष मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार विद्यमान छ। प्रदेश सरकारका लागि जसपाले सुरुमा तत्कालीन राजपा र पछि कांग्रेसहित माओवादीसँगको गठबन्धन बनाएको छ।

सत्ता गठबन्धनमा कांग्रेस मधेश प्रदेशमा बहुमत सिट दिन अन्य दलहरुलाई तयार छैन। कांग्रेसको मधेश प्रदेश समितिले ६० प्रतिशत सिट आफूसँग राख्न लगातार दबाब दिँदै आएको थियो। जसपालाई सबैभन्दा झस्काएको विषय नै यही हो। 

विगत पाँच वर्षको अविधमा केन्द्रमा १८ महिना मात्र अहिले जसपा सरकारमा रहे पनि मधेश प्रदेशको सरकारको लागातार पांच वर्ष नेतृत्व गरेको छ। एमालेसँगको तालमेलपछि जसपालाई स्थानीय नेता कार्यकर्ताको व्यवस्थापन गर्न धेरै सहज भएको देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आउंदो ४ मंसिरको निर्वाचनपछि पनि जसरी भए पनि जसपाले प्रदेश सरकार आफ्नै पोल्टामा पार्न कसरत गरेको देखिन्छ। जसपा मधेश प्रदेश कार्यसमितिका एक सदस्यका अनुसार एमालेले ४२ सिट प्रत्यक्षतर्फ प्रदेशमा लिएकाले जसपा यो पटक एक्लै बहुमत ल्याउने वा एमालेसँग मिलेर प्रदेश सरकार बनाउने तयारीमा देखिन्छ। 

‘केन्द्रमा हाम्रो आफ्नै सीमितताहरु छन्,’ जसपाका एक शीर्ष नेता भन्छन, ‘हामीले त्यही भएर प्रतिनिधि सभामा १७ सिट जित्ने गरी अघि बढेका हौं। तर हाम्रो मुख्य निशाना मधेश प्रदेश सरकारमा छ।’

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्