• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकको बन्दसूची सच्याउने अन्तिम दिन सकसमा दलहरू 

64x64
नेपाल लाइभ आइतबार, असोज १६, २०७९  १०:२२
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सच्याउने आइतबार अन्तिम दिन हो। निर्वाचन आयोगले आइतबार बेलुका ५ बजेसम्म संशोधित सूची बुझाइसक्न भनेको छ। उक्त समयपछि आयोगले समानुपातिकतर्फ सूचीमा रहेका व्यक्तिहरुको नाम सार्वजनिक गर्ने छ।

समानुपातिक सूची प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नु अघि नै सार्वजनिक गर्ने आयोगको तयारी छ। निर्वाचन आयोगले यसअघि नै दलहरुलाई समय तोकेर दिएको थियो। 

सकसमा दलहरू
प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेसभित्र समानुपातिकको सूची मिलाउन सबैभन्दा सकस भएको छ। केही दिनदेखि लगातार बैठक बसेपनि मिल्न सकेको छैन। यसअघि पेस भएको सूचीमा शेखर कोइराला पक्षले आपत्ति प्रकट गर्दै सूची नसच्चिए पार्टीभित्र विद्रोह हुने चेतावनी दिएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निरन्तर मनाउने प्रयासमा छन्।

शेखर पक्षले ४० प्रतिशत हिस्सासहित प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र गृहमन्त्री पत्नी मञ्जु खाणको नाम फिर्ता लिनुपर्ने माग अघि सारेको छ। शनिबार दिनभर पनि प्रधानमन्त्री निवास बालुवाटारमा समानुपातिकको बन्दसूची सच्याउने भन्दै बैठक भएको थियो। तर, बैठक निष्कर्षमा पुग्न नसकेकाले आइतबार पुन: बस्ने शेखर पक्षीय नेता बन्द्री पाण्डेले बताए। 

नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेपछि विद्रोह सुरु भएको थियो। यसरी सूचीमा समावेश भएका  १३ जना पनि क्लष्टरको पुछारमा राखिएको भन्दै शेखर पक्षले आपत्ति जनाएको छ। 

एमालेको सूची मिलाउँदै ओली 
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई बन्दसूचीको अन्तिम निर्णय गर्ने अधिकार दिइसकेको छ। केही दिन पहिले बसेको सचिवालय बैठकमा बन्दसूचीमा रहने नामबारे धेरै छलफल भएको थियो। छलफलमा केही नामका बारेमा अन्तिम निर्णय गर्नुपर्ने देखिएकाले त्यसको निर्णय अध्यक्ष ओलीले गर्ने अनुमति बैठकले दिएको थियो। 

सचिवालयको निर्णय अनुसार ओलीले सूचीलाई अन्तिम रुप दिइरहेका छन्। ओलीलाई सूची मिलाउँदा पुराना नेता, १० बुँदे सहमतिपछि फर्केका नेताहरु र माओवादीबाट एमालेका गएका नेताहरु मिलाउनुपर्ने छ। त्यस्तै, प्रत्यक्षतर्फ केही क्षेत्रमा राप्रपा, लोसपा र अन्यसँग तालमेल हुनसक्ने भएकाले त्यहाँका आकांक्षीहरुलाई पनि मिलाउनुपर्ने भएकाले अन्तिम समयसम्म मिलाएर बुझाउने तयारीमा एमाले रहेको छ। 

माओवादी र एकीकृत समाजवादी पनि सूची मिलाउँदै 
सत्तापक्षका अन्य दलहरु नेकपा माओवादी र एकीकृत समाजवादी पनि आफ्नो समानुपातिक सूची मिलाइरहेका छन्। प्रत्यक्षतर्फ सिट बाँडफाँटको टुङ्गो नलाग्दा उनीहरुलाई सकस परेको छ। माओवादीभित्र प्रत्यक्षतर्फको आकांक्षी धेरै भएको र सत्ता गठवन्धनमा सिट बाँडफाँटको टुङ्गो पनि नलागेकाले अप्ठ्यारो भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्यक्षतर्फ उम्मेदवारको भाग नपाउने प्रभावशाली व्यक्तिहरुलाई समानुपातिकको सूचीमा राख्नुपर्ने माओवादीको बाध्यता रहेको छ। त्यस्तै, बाबुराम भट्टराई पक्षलाई पनि बन्दसूचीमा स्थान दिनुपर्ने छ। नयाँ र युवाहरुलाई स्थान दिएर लैजानुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सूची मिलाउन आन्तरिक छलफलमा रहेका छन्। 

यसपटक पूर्वसभामुख कृष्णबहादुर महरादेखि सभामुख अग्नि सापकोटासम्मलाई सिट मिलाउन माओवादीलाई समस्या भइरहेको छ। 

त्यस्तै, माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पनि छलफलमै छ। एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको पनि सत्ता गठबन्धनभित्र प्रत्यक्षतर्फको सिट नटुङ्गिदा समानुपातिकको बन्दसूची अन्तिम रुप दिन समस्यामा परेको छ। प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने प्रभावशाली नेताहरुलाई समानुपातिकको सूचीमा राखेर ल्याउनुपर्ने  छ। पार्टी अध्यक्ष नेपाल  बन्दसूची टुङ्ग्याउने अनौपचारिक छलफलमा छन्। 

लोसपा, जसपा र राप्रपा लगायत पनि छलफलमै 
त्यस्तै, जनता समाजवादी, राप्रपा र लोकतान्त्रिक समावादी पार्टी पनि बन्दसूची टुङ्ग्याउने अन्तिम कसरतमा छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रत्यक्षतर्फ सत्ता गठबन्धनभित्र भागबन्डा नमिल्ने संकेत गर्दै एक्लै निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

यस्तो अवस्थामा उनले समानुपातिकको सूचीलाई त्यही अनुकूल बनाउनुपर्ने छ। यदि सत्ता गठबन्धनसँग सिट बाँडफाँटको टुङ्गो लागेमा त्यही अनुसार मिलाउनुपर्ने हुन्छ। उनले दुवै विकल्पमा पार्टीभित्र छलफल गरिरहेका छन्। 

लोसपा पनि समानुपातिकको अन्तिम सूची तयार गरिरहेको छ। नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा रहेको लोसपाले वार्ता गरिरहेको छ भने सहमति हुन सकेको छैन। जसले गर्दा समानुपातिकको सूची मिलाउन समस्या भइरहेको छ। 

अर्को पार्टी राप्रपाभित्र पनि यही समस्या देखिएको छ। नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको भएपनि सहमति नहुँदा उसले उम्मेदवार तय गर्न सकेको छैन। समानुपातिकको सूची लगभग तयारी अवस्था छ तर केही स्थानमा नेकपा एमालेलाई सहयोग गर्दा छोड्नुपर्ने भएकाले केही परिर्वतन गर्ने कि नगर्ने भन्ने छलफलमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन रहेका छन्। 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १०:२२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्