काठमाडौं– देशको संघीय राजधानी काठमाडौंका सपिङ सेन्टर आजकल रङ्गिन छन्। दशैं, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो।
शहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएको छ। बजारमा डमी पिड, लट्टाइले सजिएको छ। साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरि बजारमा झिलिमिली बत्ती बालिएको छ।
आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ। लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएर बसेका छन्।
दशैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ। काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ।
उपत्यकाबाट दशैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दशैं मनाउन आउनेहरू पनि छन्। आज शनिबारको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरू :
1664602867.jpg)
1664602867.jpg)
1664602867.jpg)
1664602867.jpg)
1664602868.jpg)
1664602868.jpg)
1664602868.jpg)
1664602869.jpg)
1664602869.jpg)
1664602869.jpg)
1664602868.jpg)
1664602869.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।