• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राजनीतिक दलहरुको केन्द्रमा मधेस

64x64
नवीन झा बुधबार, असोज १२, २०७९  २०:५६
1140x725

जनकपुरधाम- सत्ता गठबन्धनलाई सिट बाडफाँटमा परेको सकसको केन्द्रमा छ, मधेस प्रदेश। एमालेले चलाइरहेको पार्टी प्रवेशको लहरको केन्द्रमा पनि मधेस नै छ। राप्रपादेखि नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीसम्मले पनि मधेसमै गतिविधि बढाइरहेका छन्। यसरी सत्ता पक्षदेखि प्रमुख प्रतिपक्षीसम्मको ध्यान मधेसमै केन्द्रित भएको देखिन्छ।

विभिन्न पार्टीहरुले मधेसमा आफ्नो प्रभाव बढाउन प्रयत्न गरिरहँदा मधेस केन्द्रित दलहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि आफ्नो राजनीतिको आधार क्षेत्र बचाउन प्रयत्नशील नै देखिन्छन्।

एमाले अध्यक्ष केपी ओली अघिल्लो शनिबार जनकपुर–जयनगर रेल नै चढेर धनुषा- २ मा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए। त्यसअघि उनी जनकपुर उपमहानगरमै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी भएका थिए।

यता सत्ता गठबन्धन पनि पछिल्लो समयमा मधेसमा अल्झेको देखिन्छ। प्रत्यक्षतर्फका  १ सय ६५ सिटको बाँडफाँट गर्न केन्द्रित छलफलहरुको गाँठो मधेस प्रदेशको ३२ सिटमा आएर अडकिएको देखिन्छ। मधेसमा कांग्रेस र जसपाले धेरै सिटमा दोहोरो दाबी प्रस्तुत गरिरहेका छन्। जसकारण गठबन्धनको बैठक अघिल्लो हप्ता प्रभावित भएका थिए।

कांग्रेसको मधेस प्रदेश समितिले औपचारिक बैठक नै गरेर प्रतिनिधि सभा र प्रदेश सभामा ६० प्रतिशत सिट आफूसँग राखेर मात्र तालमेल गर्न पार्टी नेतृत्वलाई सुझाएको थियो। यद्यपि पार्टी नेतृत्व आफूहरुले सुझावमा अडिग रहनेमा स्थानीय कांग्रेस नेताहरु ढुक्क छैनन्।

Ncell 2
Ncell 2

पार्टी महाधिवेशनपछि संगठन चलायमान रहेकाले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशको पहिलो दल भएको थियो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस एक्लैले बहुमत ल्याउन अवस्था रहेको स्थानीय नेताहरु बताउँछन्। पार्टी केन्द्रलाई त्यसको जानकारी पटकपटक गराइएको पनि उनीहरुको भनाइ छ।
 
तर गठबन्धनमा जसपाले मधेस प्रदेशमा बहुमत ल्याउने गरी र प्रतिनिधिसभामा सबैभन्दा बढी सिट पाउनुपर्ने अडान लिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसमा आफूलाई सबै भन्दा बढी सिट नदिइए निर्वाचनमा तालमेल नै हुन नसक्ने अडान राखिरहेका छन्। त्यही अडान स्वरुप अघिल्लो हप्ता बसेको गठबन्धनको दुइटा बैठक नै बहिष्कार गरेका थिए।

जनकपुरका बस्ने विश्लेषक तथा लेखक मनोज साहले दलहरुको बीचमा मधेसमा को बलियो भन्न्ने होडबाजी देखिएको टिप्पणी गरे। साहले अघिल्लो निर्वाचनमा मधेसमा प्रचार समेत गर्न आउन नसकेका एमाले अध्यक्ष ओली अहिले मधेसका गाउँ गाउँ पुगेर पार्टी प्रवेशमार्फत् त्यही सन्देश दिन खोजीरहेको बताए।

मधेसलाई आफ्नो आधारभूमी दाबी गर्ने कांग्रेस पनि मधेस आन्दोलनपछि पहिलो पटक यहाँ आफूलाई बलियो महसुस गरिरहेको साहको भनाइ छ। उनी भन्छन, 'मधेसमा स्थानीय कांग्रेसीहरु धेरै पछि आफूलाई बलियो ठानिरहेको अवस्था छ। त्यसको मुख्य कारण विगत पाँच बर्षमा मधेस केन्द्रित दलहरुले संगठनमा ध्यान नदिनु हो।' मधेसमा काग्रेस र एमालेको संगठन अवस्थामा पछिल्लो समय व्यापक सुधार देखिएको भन्दै साहले त्यसको प्रभाव निर्वाचनमा पर्ने बताए।

एमाले नेता सत्यनारायण मण्डलले पनि आफूहरु मधेसमा पहिलो शक्ति बन्ने दाबी गरे। नेपाल लाइभसँग कुरा गर्दै उनले संगठन र विचार दुवैको हिसाबले आफूहरु मधेसमा सबल रहेको उनको दाबी छ। उनले अघिल्लो निर्वाचनको बेला आफूहरुको विरुद्धमा फैलाइएको भ्रम चिरिएको उनको भनाइ छ।

यस्तै दाबी कांग्रेसको मधेस प्रदेश समितिका अध्यक्ष कृष्ण यादवको पनि छ। यादवले मधेसमा कांग्रेस सधै बलियो रहेको र आज पनि एक्लै पहिलो पार्टी बन्ने ल्याकत राख्ने दाबी गरे। तर यादवले केन्द्रीय निर्णय अनुसार गठबन्धनमै जाने र गठबन्धनलाई नै जिताउने गरी अघि बढेको बताए।

मधेसमा कांग्रेसको शक्तिसँग कसैले पनि भिड्ने अवस्था नरहेको यादवको दाबी छ। उनले मधेस सधैँ काग्रेसको पक्षमा रहेको र अहिले पनि मधेसमा कांग्रेसको त्यही अनुसार चहलपहल देखिएको बताए। 'गठबन्धनमा पनि यो कुरा सबैले स्वीकार गरेकै छन', यादवले नेपाल लाइभसँग भने, 'तर सबैको चित्त बुझाएर नै हामी अगाडि बढ्ने सोचमा छौँ।'  
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २०:५६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहको वार्ता बालुवाटारमा जारी मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्