• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘स्वतन्त्र उम्मेदवार’ लाई पार्टी प्रवेशको हतारो!

64x64
किशोर दहाल शुक्रबार, असोज २१, २०७९  १२:०१
1140x725

काठमाडौं– वातावरणविद् डा अरनिको पाण्डेले गत साउन ५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत् घोषणा गरे- आउँदो संघीय चुनावमा ललितपुर- ३ बाट स्वतन्त्र उम्मेदवारी। सोही दिन उनले ‘अरनिकोको उम्मेदवारी किन?’ भन्दै ६ बुँदे अजेन्डा पनि अघि सारेका थिए। पाण्डेको चर्चा पनि सोहीअनुसार बढ्दै गयो।

डेढ महिना यसैगरी बित्यो। गत भदौ २३ गते उनले फेसबुकबाटै आफू रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको सार्वजनिक गरे। ‘तपाईंहरु कोहीलाई रविजी मन नपर्ला, उहाँको काम गर्ने शैली मन नपर्ला, वा सुरूमै व्यक्तिले पार्टी सुरु गरेको देखिएको मन नपर्ला,’ उनले फेसबुकमा लेखे, ‘तर म जस्तो, भर्खर राजनीतिमा छिरेको, पुराना पार्टीहरुमा परिवर्तन ल्याउने पदमा जान नसक्नेलाई रास्वपाले नै सबैभन्दा राम्रो मौका दिएको छ- एकातिर आफ्नो कुरा देशव्यापी रूपमा लैजान र अर्कोतिर नयाँ पार्टीको संरचना बनाउने क्रममा नै सहभागी हुन।’

लामिछानेको दर्शक तान्ने शक्तिलाई आफ्नो विचार र विश्लेषणसँग मेल गराउँदा आउने चुनावमा धेरै सफलता हासिल गर्न सकिन्छ भनेर आफू निर्धक्क रहेको उनको भनाइ छ। सोही स्टाटसअनुसार, रास्वपाको घोषणापत्र तयारी पाण्डेको जिम्मामा हुनेछ।

स्वतन्त्र उम्मेदवारको तयारी थालेका एक उम्मेदवारले एउटा पार्टी, जसका अजेन्डा प्रष्ट भइसकेका छैनन्, संविधानका प्रमुख प्रावधानदेखि जल्दोबल्दो पछिल्ला मुद्दाहरुमा उसका धारणा के हुन् भन्ने प्रष्ट छैनन्, त्यस्तो पार्टीलाई व्यापक ठानेको देखिन्छ।

पाण्डेको हकमा मात्रै होइन, धेरैलाई ‘निर्वाचन आउनु कहिलेकहिले, उम्मेदवार घोषणा अहिले’ भनेजस्तै भयो यसपटक। गत वैशाखको स्थानीय तहको निर्वाचनमा तीन प्रमुख पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारहरुले जित निकाले, काठमाडौंमा बालेन शाह, धरानमा हर्क साङ्पाङ र धनगढीमा गोपाल हमालले। त्यसपछि प्रतिनिधि सभालाई नै लक्षित गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको देखिन्छ। कतिपयले चुनाव घोषणा नहुँदै उम्मेदवारी घोषणा गरिसकेका थिए। तिनैमध्येका एक हुन्, पुकार बम। उज्ज्वल थापासँगै अभियन्ताको रुपमा अघि बढेका उनले जेठमै उम्मेदवारी घोषणा गरेका थिए। तर पछिल्लो समय उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्।

समाजमा कुनै न कुनै रुपमा चिनिएकाहरु प्रतिनिधि सभा सदस्य बन्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रम महिनौँ अघिदेखि आरम्भ भएको देखिन्थ्यो। त्यस्तो घोषणाको साझा विशेषता थियो, स्वतन्त्र उम्मेदवारी। कतिपयले सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई पनि तीव्र बनाए। धेरैले सकारात्मक प्रतिक्रिया र सहयोगको आश्वासन पनि पाए। कतिपय अझै स्वतन्त्र उम्मेदवार बन्ने प्रयत्नमै छन्, कैयौँ भने पाण्डे र बमको जस्तै उपाय अपनाएका छन्। 

स्वतन्त्र उम्मेदवारी घोषणाको लहरले एक किसिमको माहौल सिर्जना गरिरहेको अवस्थामा पूर्वपत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नै गठन गरे। स्वतन्त्र उम्मेदवारहरुलाई पार्टीमा जोड्ने र समानुपातिक मत एकीकृत गर्ने उनको लक्ष्य देखिन्छ। त्यसको प्रभाव पनि देखिँदै गएको छ।

विवेकशील साझा पार्टीका अब्दुस मियाले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवार बन्ने भन्दै तयारी थालेका थिए, प्रचार पनि गरिरहेका थिए। तर, असोज ६ गते एमाले प्रवेश गरे।

Ncell 2
Ncell 2
nimb
nimb

पाण्डेदेखि मियासम्मको उदाहरणले स्वतन्त्र उम्मेदवारको राजनीतिको कमजोर सुझबुझ र उच्च महत्त्वाकांक्षा देखाउँछ। जसले उनीहरुको स्वतन्त्र उम्मेदवारी घोषणा केवल चर्चामा आउने रणनीति मात्रै हो भन्ने देखाउँछ। त्यस्तो चर्चाले अन्य पार्टी प्रवेशमा सहज भइरहेको आकलन गर्न सकिन्छ।

स्वतन्त्रको लहर किन?
निर्वाचनका बेलामा फाट्टफुट्ट स्वतन्त्र उम्मेदवार उठ्ने क्रम पहिल्यैदेखि हो। पछिल्ला निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारहरुको संख्यामा बढोत्तरी आएको पाइन्छ। किन त? राजनीतिक विश्लेषकहरुले यसलाई विभिन्न पाटाबाट विश्लेषण गर्ने गरेका छन्।

राजनीतिलाई धेरै ‘ग्लामरस’ बनाइएका कारण पनि विभिन्न पेसा र व्यवसायमा रहेर पैसा कमाएका मान्छेहरुको प्रवेश बढेको बताउँछन्, राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल। ‘विभिन्न तरिकाले पैसा कमाएका मान्छेहरुलाई आफ्नो व्यवसायिक ग्लामरभन्दा राजनीतिको ग्लामर माथिको हो भन्ने लाग्छ,’ उनले भने।

आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका र राजनीतिसँग जोडिन चाहनेहरुलाई पार्टीले सहजै पत्याउने र उम्मेदवार बनाउने प्रचलन छैन। त्यहीमाथि अहिले गठबन्धन र तालमेलका विषय पनि छन्। अर्को पार्टीबाट आफ्नोमा भित्र्याउने र टिकट दिने रणनीतिले पनि तीव्रता पाएको छ। जसले गर्दा पार्टीका पुरानै नेता/कार्यकर्ताले नै टिकट पाउने सम्भावना कम हुन्छ, अन्यलाई झन् कठिन हुने भइहाल्यो।

‘आफैं लागेको पार्टीमा पनि सीमित सिटमा मात्रै उठ्न पाउने व्यवस्था भयो। जस्तो अहिले गठबन्धनका दलबीच तालमेल हुँदैछ। प्रतिनिधि सभाका १६५ सिटमध्ये दलहरुले केही सीमिति सिटमा मात्रै उम्मेदवारी दिने परिस्थिति बनेको छ। स्पेस नपाएपछि के गर्ने त? यही सन्दर्भमा पनि स्वतन्त्र उम्मेदवारको चर्चा सुनिएको छ,’ प्याकुरेल भन्छन्, ‘अहिले जिल्लातिर हिजो कुनै न कुनै रुपले राजनीतिसँग जोडिएका र राजनीतिलाई कर्म बनाउँछु भन्नेहरु नै स्वतन्त्रको रुपमा आएका छन्।’

अर्कोतिर, विभिन्न पेशामा रहेर वर्षौंसम्म समाजमा घुलमिल भएको र आर्थिक रुपमा पनि सम्पन्न भएकाहरुले पनि राजनीतिलाई सुरक्षित भविष्य देखेको पाइन्छ। यसमा वैध तरिकाले काम गरेकाहरु मात्रै होइन, अवैध तरिकाले काम गरेर हैसियत बढाएका, तर त्यसप्रति असुरक्षा महसुस गरेकाहरु पनि पर्छन्। बदनाम, तर प्रभावशाली व्यक्तिहरु पनि पर्छन्। त्यस्ताको पहिलो रोजाइ प्रभावशाली पार्टी प्रवेश नै हुने गरेको छ। जसले विभिन्न कोणबाट सुरक्षा दिने गर्छ। नभए पनि राजनीतिमा छिर्ने बाटोको रुपमा स्वतन्त्र उम्मेदवारीलाई लिने गरेको देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्