• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

[कथा] दशैं र देवकी काकी

64x64
दुर्गा दुलाल बुधबार, असोज १९, २०७९  १३:२२
1140x725

यादको कुनै तालिका हुँदैन। चाहेर या नचाहेर यादहरु बल्झिइरहन्छन्। कुनै यादले ओठमा मुस्कान उमार्छ,कुनैले गह भरिदिँदो रहेछ।

देवकी काकी यादको भेलमा यसरी नै बहँदैबहँदै आइरहेकी छन्, विगत तीन वर्षदेखि। 

दशैंतिहार र अघिपछि केही फरक हुँदैन उनको दैनिकीमा।उही घरव्यवहार र व्यस्तता। न कसैको आस छ न कसैको भरोसा। घरखेती अनि तीन छोरीको स्याहार।दैनिकी यसैमा बितिरहेछ। तर दशैंमा भने उनको मन एक तमासको भारी भएर आउँछ। तीन वर्षअघिसम्पर्कविहीन पतिको यादले छिमेकमा भएको रमझम र उत्साह सेलाएर आइदिन्छ। उनी एकाएक विरक्तिन्छिन्।

न लुकाउन सक्छिन् न त छाती खोलेरै देखाउन नै सक्छिन्।आफ्नो पीडामा पटकपटक पिल्लिसएकी छन् उनी। अघिल्लो दशैंमा उनलाई पति टुप्लुक्क आउँछन् भन्ने आस थियो। परार पनि थियो। तर यो वर्ष उनलाई त्यो आसछैन। धन कमाउन भनि परदेशिएको निठुरी पतिले उनको खोजीनीति नगरेपछि उनीमात्र कसरी सम्झना गर्न सकून्।

कान्छी छोरी तीन महिनाको हुँदादेखि उनले पतिसुख गुमाइन्। घर गृहस्थी चलाउन पैसा कमाउन सल्लाहले नै लाहुर गएका पति देवनारायण आजसम्म बेपत्ता छन्। उनीसँगै गएकाहरुले लाखका बिटा बोकेर घर फर्के। नयाँ घर बनाए। भैंसी किने। रमाएर घर गृहस्थी चलाए। तर देवनारायणले एक कल फोनसमेत गरेनन्। उनले ती पतिका साथीहरुसंग सोधीखोजी नगरेकी पनि होइनन् तर त्यहाँबाट उनले आशालाग्दो जवाफ पाइनन्। सँगै काम गर्ने क्याम्पबाट छुटेर अन्तै बसेको भन्ने जवाफपछि उनले दोहोर्‍याएर त्यस विषयमा चासो राखिनन्।

बाबुको घर छोडेर सात जुनीसम्म सँगै बाँच्ने कसम खुवाएपछि सिन्दुर लगाएर ल्याएको उनैको कुनै वास्ता नभएपछि आफूमात्र चासो राख्नेहरु बेलाबेला देवकी काकीलाई यस्तै लाग्ने गरेको छ। तर चाडपर्व आउँदा मन कुँडिने रहेछ। फेरि यसपाला पनि उनको मन नमिठोगरी कुँडिएको छ। पर्व आउँदा र टोल छिमेकमा रमझम हुन्छ। घर चिरिच्याट्ट पारेर सिँगारिएका हुन्छन्। तर देवकी काकीलाई दशैंले खुसी लिएर आउँदैन। उही पर्खाइ। उस्तै पीडा। नटुंगिने अभावको सिलसिला। 

साना नानीहरू र एक्ली आइमाईलाई समाजले हेला गर्दा उनलाई धेरै पटक जीवन त्याग्ने मन नभएको होइन। तर छोरीहरूको मुख हेरेर जीवनदेखि हार खान सकिनन्।

यही कमजोरीलाई बाँच्ने हतियार बनाएकी देवकी काकी हरेक वर्ष नयाँ लुगा किन्न नसकेपछि दु:खजिलो गरेरै दशैं टार्दै आएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पोहोरको दशैंमा बद्रीले मासु किन्दा लगाएको वचन अझै गढिरहेको छ उनको मनमा। ‘लोग्ने छैन। कसरी कमाएर तिरौली खै देवकी काकी। नदिऊँ भने साना नानीहरुको माया लाग्छ।’ बद्रीको यो वचन हरेक दशैंमा बल्झिएर आउँछ।

आफू निर्धो र सहाराविहीन भएको अनुभूतिले उनको गह भरिन्छ। तर भित्रभित्रै लुकाउने प्रयत्न गर्छिन्। समाज र आफन्तले कसरी हेप्छन् भन्ने देवकी काकीले यही समाजबाट सिकेकी छन्। त्यो पनि भित्तामा टाँसिएको नमेटिने रङले पोतिएको चित्रझैं भएर। तर पनि उनले हिम्मत हारेकी छैनन्। आश त छ, पति फर्केर आउलान् कुनै दिन।

अझै मनमा उनको तस्बिर साँचेकी छन्। कुनै विपत्तिमा परेका हुन् कि भनी उनीप्रतिको प्रेम झनै उर्लिएर आउँछ। बाबा खोइ भनेर पटकपटक छोरीहरूले प्रश्न गरिरहँदा उनी जवाफ दिन सक्दिनन्। छिट्टै आउने आश्वासन दिएर टारिदिन्छन्।

यो दशैंमा छोरीहरुले दिनहुँजसो यो प्रश्न दोहोर्याइरहेका छन्। पैसा कमाउन जानुभएको छ। एकदिन आउनुहुन्छ तिमेर्लाई नयाँ कपडा र खानेकुरा ल्याएर। देवकी काकी रेडिमेड जवाफ दिएर चुप लगाउँछिन्। तर मनको कुनै कुनामा पति आउने कुराले छोएको छैन।

Xtrem

Xtrem

गतवर्ष छिमेकीको वचनलाई ख्याल गर्दै यो वर्ष उनले आफैं खसी पालेकी छन्। उनको दु:खलाई हेरेर घरको बाख्राले पोहोर दुई वटा पाठा जन्मायो। एउटालाई उनले फूलपातीमै बेचेर छोरीहरुलाई नयाँ कपडा र घरायसी खर्चको जोहो गरेकी छन्। अर्को खसीले दशैं मनाउने योजना छ। मन खुसी भएर मनाउनु र देखावटी रमाइलो फरक हुँदो रहेछ। उनी मुटु थिचेर भए पनि छोरीहरुका लागि दशैं मान्न विवश छिन्।

सँगैका दौंतरीझैं पतिसँगै सजिएर माइतजान नपाए पनि यस पटक छोरीहरूलाई मामाघर लैजाने सोच बनाएकी छन् उनले। झन्डै चार वर्ष पुग्यो माइती नटेकेको।

माइतीघर छाडेर निस्कँदा भर्खर १४ टेकेर १५ वर्ष पुगेकी थिइन् उनी। साथीभाइ दौंतरीसँग विद्यालय जान नपाएपनि घाँस काट्न जाने र आमालाई चुलोचौकोमा सघाउने भएकी थिइन्।

एकदिन उनलाई पनि दिदीलाई झैं माग्नका लागि कुटुम्बहरु आए। उनलाई एक वचनपनि नसोधी बाबुले बिहेको कुरा छिनेका थिए। जिन्दगी सँगै बिताउने मान्छेलाई एक पटक राम्ररी नदेख्दै उनको बिहे पक्का भयो।

नामै नसुनेको अर्कै गाउँमा उनी हेर्दाहेर्दै बेहुली बनेर भित्रिइन्। अपरिचित परिवार, आफन्त र दुनियाँमाझ उनले आफूलाई अभ्यस्त गराउन बाध्य भइन्। त्यसलाई उनले आफ्नो भाग्यको लेखान्त सम्झेर दिनरात आँसु निकाल्दै काटिन्।

एकदुई दिन हुँदै तीन वर्ष पुग्यो। धन्न तीन छोरी साथमा छन्। बर्सेनि छोरी जन्माउँदा उनी कमजोर मात्र भइनन् शरीर पनि फिराउन सकिनन्।

एक–दुई दिन हुँदै उनले जन्मघर बिर्सिंदै पतिको घरलाई आफ्नो मानिन्। नयाँ संसारको सिर्जना गरिन्। थोरै खुसीहरुजोडेर उनले आफू र परिवारलाई सन्तुष्ट राख्ने चेष्टा गरिन्। तर यो तीन वर्षले ती खुसीहरू खोसेर लगिदियो। अभाव र वियोग एकातिर। तीन छोरीको अभिभावकत्व अर्कातिर। 

देवकी काकी जसोतसो दशैंलाई चाँडै बिदा गर्ने तरखरमा छिन्, किनकि हरेक वर्ष दशैं खल्लो बनेर आइदिन्छ। मन अमिलो बनाउँदै बिदा हुन्छ।

(नेपाल लाइभ अर्काइभबाट। यो कथा नेपाल लाइभमा पहिलोपटक २०७६ असोज १८ गते प्रकाशित भएको हो। )

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्