• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिमालय शमशेर जबराको अनुभव– अहिले त परिवारभित्रै खुम्चियो दशैं

64x64
नेपाल लाइभ सोमबार, असोज १७, २०७९  १८:०२
1140x725

काठमाडौं– प्रसंग २०७५ सालको दशैंको हो। असोजको मध्य ढल्किसकेको त्यो समय काठमाडौंमा चिसो सुरु भइसकेको थियो। मलमासका कारण अघिल्ला वर्षहरुको भन्दा यस वर्ष चाडबाडहरुको तिथिमिति केही पछाडि धकेलिएको थियो।

अघिल्ला दिनहरु भन्दा केही चिसो अनुभव भएको थियो। त्यही आर्द्रताबीच हामी भने पुराना दशैं अनुभव सुन्न नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरालाई भेट्न निस्कियौं।

‘जाडो बढ्दै गरेको बिहान, लामो छुट्टिको समय, बागमतीको सफा अनि कलकल बगिरहेको पानी, साथीभाइसँग मिलेर प्रत्येक दिन बागमतीमा गई झ्याम्म हाम फाल्नुको बेग्लै अनुभूति हुन्थ्यो’, सुरुवातमै रोमाञ्चक मोडमा देखिएका पूर्व गभर्नर जबराले दशैंका पुराना दिन सम्झिन सुरु गरे। एकै वाक्यमा पुराना दिनमा फर्किएका जबराको अनुहारको भावभंगीमा हेर्दा यस्तो लाग्थ्यो उनीभित्र अनुभूतिको अपार खजाना छ। जो हतारहतार बाहिर आउन खोजिरहेछ।

Himalaya_Shamsher1664185621.jpg

आफू बालक छँदा दुर्गा लागेसँगै प्रत्येक दिन फरक–फरक देवीका मन्दिर तथा शक्तिपीठहरुमा पुगेको संझना उनमा ताजै छ। भने, ‘दसै दिन देवीका मन्दिरहरुमा पुग्थ्यौं। हिँड्दै भद्रकाली, शोभाभगवती लगायतका मन्दिरमा पुगेको अझै याद आउँछ।’

केही नोस्टाल्जिक देखिएका उनलाई राणा शासनको बेलामा बुवाआमासँग प्रत्येक आफन्तको घर–घरमा गएर टिका लगाउँदाको दशैं सबैभन्दा रमाइलो दशैं लाग्दो रहेछ। तर, हिजोआज त्यस्तो परम्परा हराउँदै गएको त्यति चित्त बुझ्दैन उनलाई। ‘परिवार–परिवारको मिलन हुने त्यो परम्पराको अहिले अन्त्य नै भइसक्यो,’ केहीबेर हामीतीरबाट ध्यान हटाएका उनी पुनः सम्वादमा जोडिए, ‘नमजा लाग्छ, कि अहिले त दशैं आफ्नो परिवार भित्रै खुम्चिएको छ।’

उमेरले ९४* पुगेका जबरालाई अहिले दशैं नजिकिएको प्रष्ट थाहा छ। गाउँघर, सहरबजारमा चहलपहल बढेको पनि हेक्का रोखेका छन्। तर, यसको संस्कृतिक महत्व दिन प्रतिदिन घट्दै गएकोमा उनमा तीव्र असन्तुष्टि रहेछ। ‘पहिले दशैंलाई सांस्कृतिक रुपमा निकै महत्वका साथ हेरिन्थ्यो। अहिले मान्छेहरुले आफ्नो सभ्यता, संस्कृति भुल्दै जान थाले। दशैं त अचेल देखावटी र बजारिया भएको छ।’

पछिल्ला दशैं रमाइलो नबन्नुमा उनले मानिसको जीवनशैली र बजारका अलावा केही फरक खालको तर्क पेस गरे। त्यो हो मूलुक धर्म निरपेक्ष बन्नु। ‘मूलुक धर्म निरपेक्ष हुँदा पहिलेको भन्दा हामीबीचमा आपसी सद्भाव हराएको हो कि भन्ने लाग्छ। यसले गर्दा पनि हाम्रा सम्पदा र संस्कृतिमा आवश्यक हेरचाह पुगेको देखिँदैन।’

Ncell 2
Ncell 2

himalaya_Samsher_41664185620.jpg

कुराकानीको लामो समय पछिल्ला दशैं मनाउने शैलीमा आएको भिन्नतामा अलमलिएका जबरा यस बीचमा दिइने बिदालाई निकै महत्वपूर्ण ठान्छन्। ‘चाहे विद्यार्थी, जागिरे वा लाहुरे नै किन नहुन्, सबैलाई दशैंको बिदाले निकै महत्व राख्छ,’ उनी फेरि पुराना दिनमै फर्किए, ‘वर्षा सकिएर हिँउदको सुरुवाती यो समय घुम्न, रमाइलो गर्न बडो आनन्द मिल्छ। हामी स्कुल छुट्टि हुने बित्तिकै यो बेला घरमा बासै हुन्थेन। साथीभाइसँग खेल्न निस्किहाल्थ्यौं। त्यसमाथि यतिबेला गाउँघरको वातावरण त निकै मनमोहक हुन्छ।’

तर, दशैं लगायत धेरै चाडपर्वमा दिइने बिदामा सरकारले यसपटकदेखि कटौती गरेको छ। यसले गर्दा पनि यसपटकको दशैं ‘हतारको दशैं’ हुने उनले टिप्पणी गरे। ‘पहिला दशैं बिदा लामो समयसम्म हुथ्यो। सबैजना आफ्नो जन्मथलो जान्थे। परिवार, आफन्तसँग भेटघाट हुन्थ्यो, सम्बन्ध नवीकरण गर्न यथेष्ट समय मिल्थ्यो। तर, अहिले त बिदा पनि घट्यो, दशैंको महत्व पनि घट्यो।’

दशैंको सांस्कृतिक महत्व घटेसँगै जबरालाई दशैं मनाउनेको संख्या पनि घटेझैं लाग्दो रहेछ। काठमाडौंमा दशैंका बेला हुने चहलपहलले दशैं मनाउनेको संख्या बढेको मान्न नसकिने उनको तर्क छ। भन्छन्, ‘पहिले–पहिले दशैंमा सुनसानजस्तै हुने काठमाडौंमा हिजोआज चहलपहल बढेको देखिन्छ। तर, यसले दशैं मनाउनेको संख्या बढेको पुष्टि गर्दैन।’

himalaya_Samsher_31664185620.jpg


नेपाल लाइभ अर्काइभबाट। *केही विषयहरु हटाइएको तथा सम्पादन गरिएको छ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १८:०२
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता मंगलबार, मंसिर २, २०८२
मतदाता नामावलीसम्बन्धी सूचना सुरक्षित रहेको निर्वाचन आयोगको दाबी मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्