• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रामचन्द्र पौडेलले जेलभित्र राँगोको मासुका ३२ परिकार खाएको त्यो दशैं

64x64
नेपाल लाइभ शुक्रबार, असोज २५, २०८१  ११:००
1140x725

दशैंसँग जाडिएका नेताहरूको अनुभव सुन्नु थियो। यहीक्रममा हामी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास पुग्यौं। हामीलाई दिउँसो २ बजेको समय दिइएको थियो। हामी त्यहाँ पुग्दा १ बजेर ५३ मिनेट गएको थियो।

भर्खरै खाना खाएर आराम गरिरहेका रहेछन् उनी। केही समयको प्रतिक्षापछि उनी बैठक कोठामा झुल्किए। राजनीतिक व्यस्ततामा रहेका उनी हामीसँगको कुराकानी लगत्तै बैठकमा निस्किन खोजिरहेका थिए। औपचारिक पोसाकमै देखिए, जसरी बाहिर औपचारिक कार्यक्रममा देखिन्छन्। 

केही समयको अनौपचारिक कुराकानीपछि सुरु भयो उनको दशैं अनुभव। दशैंसँग जोडिएका झन्डै ७० अनुभव छन्। तीमध्ये उनले जेलजीवनको दशैं अनुभव छाने हामीलाई सुनाउन। अझ भनौं, जेलमा बस्दा मनाएको दशैं अनुभव उनको स्मृतिमा नाचिरहन्छ। विभिन्न समय गरी १३ वर्ष जेलजीवन बिताएका पौडेलले नख्खु जेलमा धेरैपल्ट दशैं मनाएका छन्।

‘नख्खु जेलमा त तीन वर्ष किसुनजी (कृष्णप्रसाद भट्टराई) कै हातबाट टिका लगाइयो। टिका लगाउँदा किसुनजीले उच्च स्वरमा संस्कृतका श्लोक पाठन गर्दै आशीर्वाद दिनुहुन्थ्यो। नख्खु जेलको दशैं त्यही रमाइलो थियो। त्यहाँ बसाइँ अलि लामो भयो। त्यहाँ अन्य साहित्यिक कार्यक्रम र प्रवचन पनि भयो,’ नेता पौडेल सम्झन्छन्, ‘रामहरि जोशी, रामराजप्रसाद सिंह, भीमबहादुर तामाङलगायत सिनियर नेता पनि त्यही हुनुहुन्थ्यो। उहाँहरुको पनि एक किसिमको अभिभावकीय भूमिका हुन्थ्यो। गिरिजाबाबुसँग पनि एक वर्षसँगै जेलमा दशैं मनायौं।’

जेलमा अरु दिन भन्दा दशैंमा अलि फरक र मीठो परिकार पाक्थ्यो। त्यसैले त्यो दिन साँच्चिकै दशैं लाग्थ्यो पौडेललाई। जेलभित्रका दशैंमध्ये पनि गाेर्खा जेलको दशैं त बिर्सनै नसकिने गरी उनको मन मष्तिष्कमा डेरा जमाएर बसेको छ। जब दशैं आउँछ, गोर्खाको जेलभित्र मनाएको दशैं अहिले पनि पुनःताजकीकरण भइदिन्छ, पौडेललाई। 

गोर्खाको जेलमा धेरै दशैं मनाउन पाएनन् उनले। एउटा दशैं त्यहीं परेको थियो। गोर्खाकै साथीहरुका परिवार र त्यहाँका महिला दिदीबहिनीहरु समूहमै जेलमा खानेकुरा ल्याएर आएको भर्खरै जस्तो लाग्छ। तिहारमा पनि टिका लगाइदिन आउँथे। गोर्खामा साथीहरुका आफन्त र त्यहाँका बासिन्दाले चाडपर्वमा नरमाइलो हुन दिएनन्। उनीहरुको मायाले दशैंलाई दशैं जस्तै बनाएको पौडेलको अनुभव छ। 

पोखरालगायत केही ठाउँका जेलमा भने दशैं ठिकै मनाइन्थ्यो। भद्रगोल जेलमा रहँदाको दशैं पनि त्यति स्मरणीय छैन। तर, केन्द्रीय कारागारमा मनाएको दशैं भने पौडेल कहिल्यै बिर्सन सक्दैनन्। किनभने उनले राँगाको मासुबाट बनेका ३२ परिकार चाखेकै केन्द्रीय कारागारको जेलमै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको नेवार समुदायका धेरै साथीहरु थिए उनका। साथीहरुको घरबाट विभिन्न परिकारका खानेकुरा जेलमै आउँथ्यो। मासु पनि ३२ परिकारका पकाउँछन् भनेको साथीहरुबाटै सुनेका थिए पौडेलले। साथीको संगतमा सबै परिकार खान पाएको उनी बताउँछन्। 

‘कुनै जेलमा बाहिरबाट भेट्नै पुगेकाहरुले टिका लगाइदिन्थ्ये। कहि साथी–साथी मिलेर पनि टिका लगाउँथ्यौं। कहीँ त कैदीहरु नै टिका लगाउन आउँथे। तिनीहरुसँगै दशैं मनाउथ्यौँ,’ पौडेल मुस्कुराउँदै सुनाउँछन्।

त्यस्तै, बाल्यकालमा मनाएको दशैं अनुभव सुनाउँदा पनि उत्तिकै रोमाञ्चित देखिन्छन्, पौडेल। दशैंमा सबैभन्दा रमाइलो अनुभव बाल्यकालकै हो। बाल्यकालमा टिका लगाउन आफन्तका घरमा जानुको रमाइलो।  टिका लगाएपछि काका, ठूलोबुबा, दाइहरुको घरमा मीठो परिकार खानुको आनन्द। र, मावली, ससुराली नाता पर्नेको घरमा गएपछि टिका र दक्षिणा पाउनुको खुशी। निधारमा टिका र जमरा राख्न टोपी नै लगाउने गरेको विगत। ती सबै अनुभव पौडेलको सम्झनामा उस्तै छन्।

‘सप्तमीको दिन फूलपाती भित्र्याउनमै व्यस्त हुन्थ्यौं। अष्टमीको दिनमा खसी, बोका काट्ने दिन भएकाले त्यो दिन खानपान र पकाउनमै व्यस्त। अष्टमी र दशमी निकै व्यस्त रहने दिन हुन्थ्यो। नवमीको दिन अलि फुर्सदिलो दिन हुन्थ्यो। बिहानै भेट्नो सहितको घिरौलो टिपेर, त्यसलाई बलि दिने गरिन्थ्यो। बिहानको समय पूजापाठ गरिसकेपछि दिउँसोको समय भेटघाटमै जान्थ्यो,’ पौडेलले स्मृति पत्रहरु उप्काएँदै गए, ‘हाम्रो घर तल बेंसीमा। नवमीको दिन वारिपारि डाँडा र खोला वारिपारी गाउँका मान्छेहरु बेँसीमै जम्मा हुन्थ्यो। दशैं मिलन समारोह पनि हुन्थ्यो, उमेर अलि ठूलो भएपछि। विदेश र टाढाबाट आएका मान्छेहरुसँग पनि नवमीकै दिन भेटघाट हुन्थ्यो। त्यसैले नवमी फुर्सद र भेटघाटको दिन हुन्थ्यो। अष्टमीको दिन खसी काट्ने, पकाउने र खानेमै सकिन्थ्यो। दशमीको दिन बिहानदेखि बेलुकासम्म टिका लगाउनमै व्यस्त हुन्थ्यौं।’ 

Xtrem

Xtrem

गण्डकी अञ्चल र मुख्यतः तनहुँमा दशमीको दिन मात्र टिका लगाउने चलन भएको पौडेल बताउँछन्। टिकाको दिन टाढा रहेका इष्टमित्र, छोरी बहिनीको धेरै टाढा विवाह भएको छ भने पनि आफ्नो घरको टिका सकेर त्यही दिन राति माइत आइपुगेको सम्झना छ, उनलाई। तर, दशमीदेखि पूर्णिमासम्म टिका लगाउने चलनबारे काठमाडौं आइसकेपछि मात्र थाहा भएको पौडेल बताउँछन्। 

‘घटस्थापनादेखि दशमीसम्म चण्डी पाठ, दुर्गा पूजा र पञ्च देवाताको पूजा बिहान सधैं गर्दै आएको छु। हाम्रो संस्कृतिलाई उच्च महत्वका साथ मनाउँदै आएको छु,’ पौडेल थप्छन्।

विशेषतः मान्यजनको हातबाट टिका र आशीर्वाद ग्रहण गर्नु नै दशैंको महत्व हो। दशैंमा जस्तै रिस उठेको मानिसलाई पनि राम्रो वचन, राम्रो आशीर्वादसँगै कल्याण कामना दिने दशैंको सांस्कृतिक विशेषता भएको उनको बुझाइ छ। त्यसैले यसलाई पारिवारिक, सामाजिक मिलनको पर्व पनि मानिने गरेको पौडेल बताउँछन्। 

जीवनको सामिप्यता बढी राजनीतिमै केन्द्रीत भएकाले जेलभित्र बसेर दशैंलगायत चाडपर्व मनाउँदा पनि दुःखी नहुने गरेको उनको भनाइ छ। 

पौडेल मन्द मुस्कानसहित गर्वका साथ सुनाउँछन्, ‘आस्थाको राजनीति गरेपछि धेरै कुरा बिर्सिंदो रहेछ, आफ्नो आदर्श र सिद्धान्तका लागि। जेलमा थुनिदा मानिसहरुले पीडाको अनुभूति गर्छन्। तर, राजनीतिको नसाले अरु पीडा बिर्साइदिन्छ।’ 


नेपाल लाइभ अर्काइभबाट। अमिल्दा प्रसंगहरु हटाइएको तथा परिवर्तन गरिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:००
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्