• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रामचन्द्र पौडेलले जेलभित्र राँगोको मासुका ३२ परिकार खाएको त्यो दशैं

64x64
नेपाल लाइभ शुक्रबार, असोज २५, २०८१  ११:००
1140x725

दशैंसँग जाडिएका नेताहरूको अनुभव सुन्नु थियो। यहीक्रममा हामी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास पुग्यौं। हामीलाई दिउँसो २ बजेको समय दिइएको थियो। हामी त्यहाँ पुग्दा १ बजेर ५३ मिनेट गएको थियो।

भर्खरै खाना खाएर आराम गरिरहेका रहेछन् उनी। केही समयको प्रतिक्षापछि उनी बैठक कोठामा झुल्किए। राजनीतिक व्यस्ततामा रहेका उनी हामीसँगको कुराकानी लगत्तै बैठकमा निस्किन खोजिरहेका थिए। औपचारिक पोसाकमै देखिए, जसरी बाहिर औपचारिक कार्यक्रममा देखिन्छन्। 

केही समयको अनौपचारिक कुराकानीपछि सुरु भयो उनको दशैं अनुभव। दशैंसँग जोडिएका झन्डै ७० अनुभव छन्। तीमध्ये उनले जेलजीवनको दशैं अनुभव छाने हामीलाई सुनाउन। अझ भनौं, जेलमा बस्दा मनाएको दशैं अनुभव उनको स्मृतिमा नाचिरहन्छ। विभिन्न समय गरी १३ वर्ष जेलजीवन बिताएका पौडेलले नख्खु जेलमा धेरैपल्ट दशैं मनाएका छन्।

‘नख्खु जेलमा त तीन वर्ष किसुनजी (कृष्णप्रसाद भट्टराई) कै हातबाट टिका लगाइयो। टिका लगाउँदा किसुनजीले उच्च स्वरमा संस्कृतका श्लोक पाठन गर्दै आशीर्वाद दिनुहुन्थ्यो। नख्खु जेलको दशैं त्यही रमाइलो थियो। त्यहाँ बसाइँ अलि लामो भयो। त्यहाँ अन्य साहित्यिक कार्यक्रम र प्रवचन पनि भयो,’ नेता पौडेल सम्झन्छन्, ‘रामहरि जोशी, रामराजप्रसाद सिंह, भीमबहादुर तामाङलगायत सिनियर नेता पनि त्यही हुनुहुन्थ्यो। उहाँहरुको पनि एक किसिमको अभिभावकीय भूमिका हुन्थ्यो। गिरिजाबाबुसँग पनि एक वर्षसँगै जेलमा दशैं मनायौं।’

जेलमा अरु दिन भन्दा दशैंमा अलि फरक र मीठो परिकार पाक्थ्यो। त्यसैले त्यो दिन साँच्चिकै दशैं लाग्थ्यो पौडेललाई। जेलभित्रका दशैंमध्ये पनि गाेर्खा जेलको दशैं त बिर्सनै नसकिने गरी उनको मन मष्तिष्कमा डेरा जमाएर बसेको छ। जब दशैं आउँछ, गोर्खाको जेलभित्र मनाएको दशैं अहिले पनि पुनःताजकीकरण भइदिन्छ, पौडेललाई। 

गोर्खाको जेलमा धेरै दशैं मनाउन पाएनन् उनले। एउटा दशैं त्यहीं परेको थियो। गोर्खाकै साथीहरुका परिवार र त्यहाँका महिला दिदीबहिनीहरु समूहमै जेलमा खानेकुरा ल्याएर आएको भर्खरै जस्तो लाग्छ। तिहारमा पनि टिका लगाइदिन आउँथे। गोर्खामा साथीहरुका आफन्त र त्यहाँका बासिन्दाले चाडपर्वमा नरमाइलो हुन दिएनन्। उनीहरुको मायाले दशैंलाई दशैं जस्तै बनाएको पौडेलको अनुभव छ। 

पोखरालगायत केही ठाउँका जेलमा भने दशैं ठिकै मनाइन्थ्यो। भद्रगोल जेलमा रहँदाको दशैं पनि त्यति स्मरणीय छैन। तर, केन्द्रीय कारागारमा मनाएको दशैं भने पौडेल कहिल्यै बिर्सन सक्दैनन्। किनभने उनले राँगाको मासुबाट बनेका ३२ परिकार चाखेकै केन्द्रीय कारागारको जेलमै थियो। 

Ncell 2
Ncell 2

काठमाडौंको नेवार समुदायका धेरै साथीहरु थिए उनका। साथीहरुको घरबाट विभिन्न परिकारका खानेकुरा जेलमै आउँथ्यो। मासु पनि ३२ परिकारका पकाउँछन् भनेको साथीहरुबाटै सुनेका थिए पौडेलले। साथीको संगतमा सबै परिकार खान पाएको उनी बताउँछन्। 

‘कुनै जेलमा बाहिरबाट भेट्नै पुगेकाहरुले टिका लगाइदिन्थ्ये। कहि साथी–साथी मिलेर पनि टिका लगाउँथ्यौं। कहीँ त कैदीहरु नै टिका लगाउन आउँथे। तिनीहरुसँगै दशैं मनाउथ्यौँ,’ पौडेल मुस्कुराउँदै सुनाउँछन्।

त्यस्तै, बाल्यकालमा मनाएको दशैं अनुभव सुनाउँदा पनि उत्तिकै रोमाञ्चित देखिन्छन्, पौडेल। दशैंमा सबैभन्दा रमाइलो अनुभव बाल्यकालकै हो। बाल्यकालमा टिका लगाउन आफन्तका घरमा जानुको रमाइलो।  टिका लगाएपछि काका, ठूलोबुबा, दाइहरुको घरमा मीठो परिकार खानुको आनन्द। र, मावली, ससुराली नाता पर्नेको घरमा गएपछि टिका र दक्षिणा पाउनुको खुशी। निधारमा टिका र जमरा राख्न टोपी नै लगाउने गरेको विगत। ती सबै अनुभव पौडेलको सम्झनामा उस्तै छन्।

‘सप्तमीको दिन फूलपाती भित्र्याउनमै व्यस्त हुन्थ्यौं। अष्टमीको दिनमा खसी, बोका काट्ने दिन भएकाले त्यो दिन खानपान र पकाउनमै व्यस्त। अष्टमी र दशमी निकै व्यस्त रहने दिन हुन्थ्यो। नवमीको दिन अलि फुर्सदिलो दिन हुन्थ्यो। बिहानै भेट्नो सहितको घिरौलो टिपेर, त्यसलाई बलि दिने गरिन्थ्यो। बिहानको समय पूजापाठ गरिसकेपछि दिउँसोको समय भेटघाटमै जान्थ्यो,’ पौडेलले स्मृति पत्रहरु उप्काएँदै गए, ‘हाम्रो घर तल बेंसीमा। नवमीको दिन वारिपारि डाँडा र खोला वारिपारी गाउँका मान्छेहरु बेँसीमै जम्मा हुन्थ्यो। दशैं मिलन समारोह पनि हुन्थ्यो, उमेर अलि ठूलो भएपछि। विदेश र टाढाबाट आएका मान्छेहरुसँग पनि नवमीकै दिन भेटघाट हुन्थ्यो। त्यसैले नवमी फुर्सद र भेटघाटको दिन हुन्थ्यो। अष्टमीको दिन खसी काट्ने, पकाउने र खानेमै सकिन्थ्यो। दशमीको दिन बिहानदेखि बेलुकासम्म टिका लगाउनमै व्यस्त हुन्थ्यौं।’ 

गण्डकी अञ्चल र मुख्यतः तनहुँमा दशमीको दिन मात्र टिका लगाउने चलन भएको पौडेल बताउँछन्। टिकाको दिन टाढा रहेका इष्टमित्र, छोरी बहिनीको धेरै टाढा विवाह भएको छ भने पनि आफ्नो घरको टिका सकेर त्यही दिन राति माइत आइपुगेको सम्झना छ, उनलाई। तर, दशमीदेखि पूर्णिमासम्म टिका लगाउने चलनबारे काठमाडौं आइसकेपछि मात्र थाहा भएको पौडेल बताउँछन्। 

‘घटस्थापनादेखि दशमीसम्म चण्डी पाठ, दुर्गा पूजा र पञ्च देवाताको पूजा बिहान सधैं गर्दै आएको छु। हाम्रो संस्कृतिलाई उच्च महत्वका साथ मनाउँदै आएको छु,’ पौडेल थप्छन्।

विशेषतः मान्यजनको हातबाट टिका र आशीर्वाद ग्रहण गर्नु नै दशैंको महत्व हो। दशैंमा जस्तै रिस उठेको मानिसलाई पनि राम्रो वचन, राम्रो आशीर्वादसँगै कल्याण कामना दिने दशैंको सांस्कृतिक विशेषता भएको उनको बुझाइ छ। त्यसैले यसलाई पारिवारिक, सामाजिक मिलनको पर्व पनि मानिने गरेको पौडेल बताउँछन्। 

जीवनको सामिप्यता बढी राजनीतिमै केन्द्रीत भएकाले जेलभित्र बसेर दशैंलगायत चाडपर्व मनाउँदा पनि दुःखी नहुने गरेको उनको भनाइ छ। 

पौडेल मन्द मुस्कानसहित गर्वका साथ सुनाउँछन्, ‘आस्थाको राजनीति गरेपछि धेरै कुरा बिर्सिंदो रहेछ, आफ्नो आदर्श र सिद्धान्तका लागि। जेलमा थुनिदा मानिसहरुले पीडाको अनुभूति गर्छन्। तर, राजनीतिको नसाले अरु पीडा बिर्साइदिन्छ।’ 


नेपाल लाइभ अर्काइभबाट। अमिल्दा प्रसंगहरु हटाइएको तथा परिवर्तन गरिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:००
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा शुक्रबार, मंसिर २६, २०८२
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्