• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हरेक वर्षात्‌मा सडकमै बित्छन् रात!

64x64
शेरबहादुर ऐर आइतबार, असोज ९, २०७९  १८:१५
1140x725

धनगढी– त्रिपालभित्र काठको खटिया छ। खटियाभित्र केही थान लत्ताकपडा, छेउछाउमा घरभित्र पाल्न राखेका कुखुरा, बाख्रा छन्। दिउँसोको समयमा केटाकेटीहरुलाई कापी समात्न लगाएर पढ्न अह्राइरहेकी थिइन् भजनी नगरपालिका–५ की रितादेवी कामी।

बालबच्चाका शरीरभरी कपडा पनि थिएनन्। आफ्ना बालबच्चाको स्वास्थ्यका लागि चिन्तित छिन् रिता। वर्षातका बेला तराईमा कालाजार, मलेरिया, डेंगुलगायतका किटजन्य रोगको संक्रमण हुने जोखिम हुन्छ। यस्ता रोगबाट बच्न झुल अत्यावश्यक हो। तर, रितासँग आफ्ना सन्तान र आफू स्वयंलाई सुरक्षित राख्न झुलसमेत छैन। 

‘त्रिपालभित्र सुत्दा राति लामखुट्टेले सताउँछन्,’ उनी भन्छिन्, ‘सडकमा बस्दा खानाको व्यवस्था गर्न त समस्या रहेको छ। झुल कहाँबाट ल्याउनु?’ 

यसपाली बाढी आएपछि मात्र होइन, यस क्षेत्रका अधिकांश परिवार बर्खा लाग्नेबित्तिकै सडकमा पुग्छन्। हरेक वर्ष सामान्य वर्षा हुँदासमेत घरभित्र पानी पस्ने र बस्न नमिल्ने भएका कारण सडक छेउमा त्रिपाल टाँगेर बस्नुपर्ने रितादेवी बताउँछिन्। 

बस्तीमा पानी जम्दा सुरक्षित बसोबासका लागि वर्षा नसकिएसम्म हुलाकी सडकमै बस्ने गरेको उनको भनाइ छ। ‘सडक उच्च छ। पारीबाट कान्द्रा नदी बस्तीमा पस्छ,’ उनले भनिन् ‘सामान्य वर्षाले पनि बस्तीमा बसोबास गरिरहेका मानिसको उठिबास गराउँछ। अनि यही सडक सारथी बन्छ।’

असार १ गतेदेखि सडकमै बसिरहेकी उनी असोज महिना नसकिएसम्म घरभित्र बस्न सक्ने अवस्था नरहेको बताउँछिन्। डोटीको बर्छेनबाट उनका बाजेहरु बाढीबाट विस्थापित भइ उक्त स्थानमा आएर बसोबास गर्दै आएका थिए। 

उनले भनिन्, ‘बाजेहरु डोटीमा वर्षातकै कारण आएको पहिरोले विस्थापित भएपछि यहाँ आएर बसोबास गरेका हुन्। यहाँ पनि वर्षातमा घरभित्र बस्न सक्ने अवस्था भएन।’ उनले हरेक वर्ष सरकारका प्रतिनिधि, संघ÷संस्थाहरु गुनासो सुन्नका लागि मात्र आउने गरेको बताइन्।

308336131_776818113434107_4409644555654761534_n1664108812.jpg

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनिन्, ‘झन्डै सात वर्षदेखि हामीले वर्षातमा यही त्रिपालमा बस्नुपर्ने बाध्यता छ। सरकारका निकायहरु अनुगमन गर्न आउँछन्। गुनासो सुन्छन्। तर, समस्याको समाधानतर्फ पहल कसैले गर्दैनन्।’

भदौ ३० देखि असोज १ गतेसम्म परेको अविरल वर्षाले उनको घर डुबानमा परेको थियो। शुक्रबारसम्म सो घरभित्र गएर बस्न सक्ने अवस्था थिएन। उनले भनिन्, ‘तीन महिनादेखि हामी सडकमा आएर बसिरहेका छौं। घरभित्र राखेका अन्नपात सबै बाढीले सखाप पारेको छ।’

हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ। यो वर्ष पनि बस्ती पूर्णरुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर बस्न थालेको लालबहादुर विक बताउँछन्। उनी भन्छन्, ‘त्रिपाल लगाएर सडकमा बस्न कसलाई मन हुन्छ र? सामान्य वर्षा हुँदा पनि घर डुबानमा पर्छ। बालबच्चाको हेरचाह गर्न पनि समस्या हुन्छ।’

बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको उनले दुखेसो पोखे। उनले सडकमा बस्दा स्वच्छ खानेपानी, खाद्यान्नलगायतको अभाव झेल्नु परेको बताए। उनी भन्छन्, ‘खुला सडक छेउमा वन्यजन्तुको त्रास छ। बत्ती नहुँदा स्कुले बालबालिकालाई पढ्न समस्या भइरहेको छ। हामीलाई सुरक्षित स्थानमा बसोबास गराउन कसैले ध्यान दिएका छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

असार १ गतेदेखि नै वर्षा सुरु हुन थालेपछि सडकमा बस्न थालेको रतन कामी बताउँछन्। हरेक वर्ष तीन महिनाजति सडकमै बित्ने गरेको उनको भनाइ छ। ‘थोरै वर्षा हुँदा पनि घर छाड्नुपर्छ। तीन महिनादेखि सडकमै छौं,’ उनी भन्छन्, ‘हामी बस्तीलाई बाढीबाट सुरक्षित बनाउन कसैले ध्यान दिएका छैनन्। कति ठाउँमा गुनासो गरिसक्यौं।’ 

बाढी पस्दा यसपाली उक्त गाउँका १५ परिवारका एक सयभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। बस्ती डुबानमा परेपछि आफूहरु ज्यान जोगाउन पशुवस्तु, अन्नपात र कुखुरा घरमै छाडेर सडकमा आएको रतन कामीले बताए। 
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको स्थानीय परुली कामी बताउँछिन्। १२ वर्षदेखि डोटी र दैलेख जिल्लाबाट बसाइ सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ।

आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन्। बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ।

यस्तै भजनी नगरपालिका–९ कि सिर्जना बम तीन दिनसम्म खुला आकाशमुनि सामुदायिक वनभित्र बालबच्चासहित बसिन्। असोज ५ गते नेपाल रेडक्रस सोसाईटी कैलालीले उनलाई त्रिपाल वितरण गरेपछि वनभित्र सोही त्रिपाल लगाएर बसेकी छिन्। ‘घरभित्र नदी पसेको छ। खुला आकाशभन्दा शीर लुकाउन त्रिपाल सुरक्षित बनेको छ,’ उनी भन्छिन्, ‘तर, यहाँ पनि लामखुट्टे र किराले हैरान पार्छन्। त्यसैमाथि जंगली जनावरको त्रास उस्तै छ।’

308278044_3369579823300250_7173816881378186862_n1664108839.jpg

यतिबेला भजनी नगरपालिकामा बाढीबाट प्रभावित परिवारहरु जंगल, विद्यालय र सडकमा त्रिपालको सहारामा बसिरहेका छन्। 

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन। बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ।

भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ। शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरलो छ। 
उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहतको पर्खाइमा छ। 

केही रात खुला आकाशमुनि बिताएका उनीहरुले ओत लाग्न त्रिपाल पाए पनि आधारभूत सेवाः स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाइ किट र झुलजस्ता वस्तु पाएका छैनन्। जसका कारण बाढी प्रभावितहरु बसिरहेको क्षेत्रमा किटजन्य रोगको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै कार्यालयमा मौज्दात रहेका झूललगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए। तर, सबै ठाउँमा नपुगेपछि प्रदेश सरकारसँग माग गरिएको उनको भनाइ छ। उनले भने, ‘हामीले कुनै पनि रोगको संक्रमण बाढी प्रभावित क्षेत्रमा फैलन नदिने गरी काम गरिरहेका छौं।’

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्