• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयकको अन्तिम डेटलाइन : राष्ट्रपति भण्डारीले के गर्छिन्, कस्ता छन् विकल्प?

64x64
दुर्गा दुलाल मंगलबार, असोज ४, २०७९  ०८:३५
1140x725

काठमाडौं– दोस्रोपटक संघीय संसद्‌बाट नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको १५ दिन पूरा भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक ‘होल्ड’ गर्न पाउने अन्तिम दिन भएकाले सर्वत्र यो विधेयक जारी होला कि नहोला भन्ने चासो देखिन्छ।

दोस्रोपटक संघीय संसद्‌बाट पारित हुँदै विधेयक भदौ २० गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि सिफारिस भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे टिप्पणी गरेको नागरिकता विधेयक संघीय संसद्को प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको थियो भने राष्ट्रिय सभाले समितिमा पुर्‍याएर बहुमतले पारित गरेको थियो।

आफूले गरेको टिप्पणीमा छलफल नै नगरी दुवै सदनबाट जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट छिन्। उनले उक्त असन्तुष्टि राजनीतिक दलका नेताहरुलाई बोलाएर पोख्ने गरेकी छन्। 

केही दिनअघि राष्ट्रपति भण्डारीले मधेश केन्द्रित दल जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका नेता राजेन्द्र महतोलाई भेटेकी थिइन्। भेटमा उनले नागरिकता विधेयक सत्ता गठबन्धनले निर्णय नै गरेर संशोधन नगरी पठाएकोमा आफ्नो अपमान सम्झेकी थिइन्।

नागरिकता विधेयक विवादरहित होस् भन्ने आफ्नो चाहना रहेको भन्दै केही समेट्नैपर्ने कुरामा टिप्पणी गरेको तर संसद्ले संवैधानिक रुपमा काम नै नगरेको उनको बुझाइ छ। 

अब राष्ट्रपतिसँग के विकल्प छ? 
राष्ट्रपतिसँग अब प्रमाणीकरणको मात्र विकल्प रहेको संवैधानिक कानुनका जानकारहरुको टिप्पणी छ। राष्ट्रपतिले संविधान अनुसार विधेयक १५ दिन ‘होल्ड’ गरिसकेकाले अब प्रमाणीकरण गर्नुपर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीको टिप्पणी छ।

‘संविधानले उहाँलाई सुरुमा फर्काउने अधिकार दिएको थियो, फर्काउनु भयो। त्यो संविधान अनुकूल नै थियो,’ केसीले भने, ‘तर अब उहाँलाई फर्काउने वा अरु कदम चाल्ने ठाउँ संविधानले दिएको छैन।’ 

संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा २ मा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासक्य चाँडो दुवै सदनलाई दिनुपर्ने भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैको उपधारा ३ मा पुनर्विचार आवश्यक छ भन्ने लागेमा १५ दिनभित्र फिर्ता पठाउन सक्ने भनिएको छ। यो पहिलोपटक मात्र गर्न सकिने संविधानमा स्पष्ट लेखिएको छ। नागरिकता विधेयकमा राष्ट्रपतिले यो अधिकार प्रयोग गरिसकेकी छन्।

संविधान अनुसार, पहिलोपटक सदनबाट पारित भइ प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपतिले १५ दिन ‘होल्ड’ मा राखेर सदनलाई फर्काउन सक्छिन्। दोस्रो पटक उनलाई १५ दिन ‘होल्ड’ गर्ने अधिकार त छ, फिर्ता पठाउने अधिकार छैन। 

सोही धाराको उपधारा ४ ले उक्त कुरामा राष्ट्रपतिलाई बाँधेको छ।  राष्ट्रपतिले दुई सातादेखि विचाराधीन राखेको विधेयक अब कता जान्छ भन्ने आम चासो छ। राष्ट्रपति भण्डारी आफूले टिप्पणी गरेर पठाएको विधेयक जस्ताको तस्तै ल्याएकोमा असन्तुष्ट छिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भदौ १६ गतेको बैठकमा पनि त्यही संकेत गरेकी थिइन्। सत्ता गठबन्धनका अर्का नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितको भेटमा भदौ २३ गते पनि उनले उक्त कुरा दोहोर्‍याएकी थिइन्। 

उनले नागरिकता ऐन छिट्टै बन्नुपर्ने पक्षमा आफू पनि रहेको तर सबै विषयमा राजनीतिक दलहरुकाबीचमा सहमति गरेर दीर्घकालीन हुने गरी जारी गर्नुपर्ने पक्षमा रहेको बताएकी थिइन्। 

त्यस्तै उनले नागरिकता विधेयकमा सत्तापक्षले जस्ताको तस्तै पारित गर्ने भनि दलगत रुपमा छलफल गरेकोप्रति असन्तुष्टि जनाएकी थिइन्। यादवसँग उनले नागरिकता विधेयक दोस्रो पटक आए पनि आफू खुरुक्क छाप लगाउने पक्षमा नरहेको संकेत गरेको भेटमा सहभागी एक नेताले बताए। 

राष्ट्रपतिसँग भएको कुराबारे यादवले सत्तापक्षको बैठकमा पनि सुनाएका थिए। राष्ट्रपतिले एकपछि अर्को व्यक्तिलाई भेटेर नागरिकता विधेयकमा आफू विकल्प खोजिरहेको संकेत दिएकी थिइन्। तर, सरकार भने उनीसँग विकल्प नभएकाले प्रमाणीकरण हुनुपर्ने बताउँदै आएको छ। 

प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दा पनि सत्ता पक्षका नेताहरुले नागरिकता विधेयक जारी हुने टिप्पणी गरिरहेका थिए भने नेकपा एमाले सत्ता पक्षले गलत विधेयक पठाएर राष्ट्रपतिलाई विवादमा तानिरहेको आरोप लगाइरहेको थियो। 

तर, संवैधानिक कानुनका जानकारहरुले राष्ट्रपतिसँग कुनै पनि विकल्प नभएकोले मंगलबार नै प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। 

प्रमाणीकरणको विकल्प छैन : संविधानविद्
राष्ट्रपति भण्डारीसँग भएको सहज विकल्प भनेको विधेयक प्रमाणीकरण गर्नु हो। संविधान अनुसार थप राख्ने वा अस्वीकार गर्ने अधिकार नभएकाले उनले प्रमाणीकरण गर्नुपर्ने संविधानविद्हरुको भनाइ छ। 

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा विपिन अधिकारीले संवैधानिक हिसाबले आएको विधेयक प्रमाणीकरण गरी पठाउनुबाहेक अरु विकल्प नभएको बताए। पहिलोपटक संविधानले पुनर्विचार गर्न फर्काउन सक्ने अधिकार दिएको र राष्ट्रपतिले त्यसलाई प्रयोग गरेकाले अब प्रमाणीकरण गर्नुपर्ने र त्यसको जस/अपसज अब संसद्ले नै बोक्ने उनको तर्क छ।   

‘तर उहाँका इस्यूहरु छन्। उहाँले केही टिप्पणी गर्नु भएको थियो। तर, त्यसलाई सरकारसँग कुनै माध्यमले उहाँले राख्नुसक्नुहुन्छ। सार्वजनिक रुपमा टिप्पणी गर्ने अधिकार संविधानमा देखिँदैन।’ 

संसदीय अभ्यासमा प्रधानमन्त्री कार्यकारी हुने र राष्ट्रपतिलाई सरकारको निर्णयमा हस्तक्षेप गर्ने अधिकार नभएकाले अब अरु विकल्प राष्ट्रपतिसँग नभएको उनको भनाइ छ। 

वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले दोस्रोपटक प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्दिनँ भन्न पाउने संवैधानिक व्यवस्था नभएको बताए। 

‘विधेयक सही या गलत छ, त्यसको फैसला जनताले मंसिर ४ मा गर्लान् तर राष्ट्रपतिबाट संविधानको उल्लंघन भयो भने निर्वाचनबाट पनि सच्याउन सकिने छैन,’ उनले भने, ‘यदाकदा संवैधानिक मर्यादाका कारण आफूलाई लागेको कुरा पनि गर्न पाइँदैन।’ 

अर्का वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि राष्ट्रपतिसँग अब विकल्प नभएको बताए। ‘राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्तो पारित भयो, त्यस्तै प्रमाणीकरण गर्नुपर्छ। त्यो संवैधानिक बाध्यता हो’, ज्ञवालीले भने, ‘संविधान उल्लंघन नै भयो भने पनि उहाँले ‘नो’ भन्न पाउनुहुन्नँ।’ 

प्रमाणीकरण भएको विधेयकको जस र अपजस लिने काम सरकार र संसद्को हुने उनको भनाइ छ। ‘भोलि निष्पक्ष भएन, संविधानको गम्भीर उल्लंघन भयो भनेर रिट दायर भएमा सरकार र संसद्लाई न्यायिक पुनरावलोकन लाग्नेछ। तर राष्ट्रपतिलाई मुद्दा लाग्दैन’, उनले भने। 

विधेयकमा मौन बस्ने 
राष्ट्रपति भण्डारीसँग संविधानले स्पष्ट रुपमा विकल्प नदिएपछि उनी मौन बस्न सक्ने टिप्पणी हुन थालेको छ। संविधानले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने भनेको र त्यसपछि निष्क्रिय हुने परिकल्पना गरेकाले असोज ४ गतेपछि मौन बस्नसक्ने विकल्प देखिन्छ।

अहिले राष्ट्रपतिविरुद्ध कुनै पनि कदम चाल्नका लागि प्रतिनिधि सभा बाँकी नरहेकाले उनी नागरिकता विधेयकमा मौन बस्न सक्ने देखिन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले भने यो पनि उपयुक्त विकल्प नभएको बताए।

संविधानले आफूकहाँ प्रमाणीकरणका लागि आएको विधेयकमा मौन बस्ने कुरा उल्लेख नगरेकाले यो झन् विवादास्पद हुने उनको बुझाइ छ। सर्वोच्चका पूर्व न्यायाधीशहरुले पनि यो विकल्पले गलत अभ्यासको सुरुआत हुने बताए। 

आफूलाई मन लागेको विधेयकमात्र प्रमाणीकरण गर्ने अरु नगर्ने अधिकार संविधानले नदिएकाले यस्तो अभ्यास गर्दा भविष्यमा खतरा हुने उनीहरुको टिप्पणी छ। 

राजीनामाको विकल्प
राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला केही समय पहिले जोडदार रुपमा चलेको थियो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभन्दा  असोज ४ गते राजीनामा दिने हल्ला फेरि चलेको छ। तर, यो विकल्प पनि सहज भने देखिँदैन। 

राष्ट्रपतिले राजीनामा दिए पनि उपराष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न सक्ने भएकाले यो उपयुक्त विकल्प नभएको वरिष्ठ अधिवक्ता अधिकारीले पनि स्वीकार गरे। ‘राष्ट्रपतिले कुनै विवादास्पद विषय आफूलाई लाग्यो भन्दैमा राजीनामा दिन सम्भव हुँदैन,’ उनले भने, ‘संविधानको सीमा र मर्यादाले पनि त्यस्तो गर्न दिँदैन।’ 

‘राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण नगरी तुहाएमा के हुन्छ भन्ने अहिले चर्चा छ। यो संविधानविरुद्ध हुनजान्छ,’ उनले थपे, ‘राजीनामा दिने वा अस्वीकार गर्ने राम्रो विकल्प होइन।’ 

राष्ट्रपतिले सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने उनले बताए। राजीनामा दिएर समाधान नहुने र राष्ट्रपतिले प्रमाणीकरण नगरे उपराष्ट्रपतिले गर्न सक्ने भएकाले यस्तो नहुने उनको बुझाइ छ। 

राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टिका ढकालले नागरिकता विधेयक के हुन्छ भन्ने बारेमा अहिले नै टिप्पणी गर्न नमिल्ने बताए। मंगलबारसम्म संविधानले दिएको समय सीमा भएकाले उक्त समयपछि संविधान भित्रबाटै उचित निर्णय लिने उनले बताए।

‘जे कदम राष्ट्रपतिले चाल्नुहुन्छ संविधानभित्रबाटै हुन्छ,’ उनले भने, ‘तर, अहिले आफ्नो जिम्मेवारी न संसद्, न सरकार कसैले पूरा नगर्ने अनि राष्ट्रपति कार्यालयमा ल्याएर दोष थुपार्ने काम भएको छ।’

 राजीनामा दिने, मौन बस्ने वा अन्य विकल्प के हुन्छ? भन्दै सोधिएको प्रश्नमा उनले भने, ‘बजार हल्लाको पछि लाग्नेभन्दा पनि संविधानमा विश्वास गर्नुपर्छ। संविधानबाटै निकास निस्कन्छ।’

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति... बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास... बिहीबार, भदौ १८, २०८३
बाढी आएको एक सातापछि सरकारले कूटनीतिक तथा दाता समुदायलाई ब्रिफिङ गर्दै भोटेकोशी बाढी आएको एक सातापछि सरकारले बिहीबार काठमाडौंस्थित कूटनीतिक तथा दाता समुदायलाई बाढीपछिको पछिल्लो अवस्थाबारे जानकारी गराउने... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्