• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'बालेन आएपछि फुटपाथमा व्यापार गरेको हो र?'

64x64
धनु विश्वकर्मा बिहीबार, भदौ ३०, २०७९  २१:५९
1140x725

काठमाडौं- ‘कि रोजगार देउ कि स्वरोजगार हुन देउ, कि गरिखान देउ’ भन्दै चर्का नारा लगाएर बिहीबार काठमाडौं महानगरपालिकाको गेटमा आन्दोलन र धर्ना चल्यो। आन्दोलनमा फुटपाथमा व्यापार गर्दै आएका व्यवसायीहरु थिए। नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा उनीहरुले महानगरको ध्यानाकर्षण गर्दै काठमाडौं महानगरपालिका घेराउ गरेका छन्। 

के भन्छन्, फुटपाथ व्यवसायी ? 
रामेछाप स्थायी घर भएकी लक्ष्मी गौतम विगत एक दशकदेखि सुन्धारास्थित फुटपाथमा व्यवसायी गर्दै आएकी छन्। भक्तपुरमा परिवारसहित बस्छिन्। परिवारको जीविकोपार्जन गर्ने आधार भनेकै फुटपाथ व्यापार हो। त्यहि फुटपाथको व्यापारले दुई छोराछोरीको पढाई खर्च र बिरामी श्रीमानकाे उपचार गराउँदै आएकी छन्। उनी भन्छिन्, ‘यहि कमाइले बिरामी श्रीमान् आजसम्म बचाएको छु।’ 

फुटपाथमा लुगाफाटा बेच्दै आएकी थिइन् उनी। हाल काठमाडौं महानगरपालिकाले भटाभट सडक मिचेर व्यापार गर्नेलाई उठाइरहेको छ। नियमविपरीत सडकमा बनाइएका टहरा डोजर लगाएर भत्काइरहेकाे छ। फुटपाथमा व्यापार गर्नेलाई पनि रोक लगाएको छ। व्यवसाय रोकिएसँगै लक्ष्मीको व्यवसाय ठप्प भएको छ। 

‘गरिखान देउ’ भन्दै बिहीबार महानगरको कार्यालयमा आन्दोलनमा सहभागी हुन उनी पनि पुगिन्। उनी भन्छिन्– ‘चाडबाड आएकाे बेला गरिब जनतालाई मार्न खोजेको हो?’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले गरिबको चुलो निभाउन खोजेको आरोप लगाएकी छन्।’ 

सुन्धारा क्षेत्रमा धेरै महिलाहरुले सानोतिनो लगानीमा जीविकोपार्जन गर्ने गरेको बताएकी छन्। उनको माग छ बिहान र बेलुका गरी दुई-दुई घण्टा व्यापार गर्न पाउनुपर्यो। ‘हामी कोहि पनि बालेनविरुद्ध आएका होइनौं। राम्रो कामको लागि समर्थन छ’, उनले भनिन्। तर, हजारौंको गरिखाने बाटो बन्द भएकाले यसको सहि व्यवस्थापन हुनुपर्ने बताइन्। यदि माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिइन्। 

महानगरको गेटमा चर्का नारा

सुन्धारा क्षेत्रमै लामो समय फुटपाथ व्यापार गर्दै आएकी राधा डंगोल महानगरको गेटमा चर्का नारा लगाउँदैछन्। उनकाे परिवार पाल्ने आधार भनेको फुटपाथको व्यापार हो। असनको भित्री नेवारी वस्तीमा स्थायी बसाइ भएकी राधाले यो पेसा भने दुई पुस्तादेखि गर्दै आएकी छन्। असनको बासिन्दा भएपनि उनको घरजग्गा भने छैन्। उनी भन्छिन्, ‘हामी यहाँ स्थायी सडकवासी जस्ता हौं।’ उनको माग पनि दिनमा दुई घण्टासम्म व्यापार गर्न पाउनुपर्छ भन्नेछ। 

फुटपाथका व्यापारीलाई कुनै निश्चित ठाउँ तोकेर व्यापार गर्न दिन अनुरोध गरेकी छन्। ‘सडक पैदल यात्रीको हो, यहाँ यात्रु हिँड्छन्’, उनले भनिन्। आफुहरुले कार्यालय समय बाहेकका समयमा व्यापार गरेको बताएकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘व्यापारबाट सडकमा हिड्ने पैदल यात्रीलाई कहाँनेर असहज भएको छ र?’ उनले प्रश्न गरिन्। बेलुकाको समयको सदुपयोग गरेर मात्र फुटपाथ व्यापार गरिराखेकाे उनले बताइन्। उनका अनुसार सडकमा फुटपाथ व्यापारी नभए गुण्डागर्दी बढ्ने र पाकेटमारहरुको बिगबिगी हुनेछ। ‘हामी राति सडकका सुरक्षाकर्मी पनि भएका छौं’ उनी बताउँछिन्। 

‘गाउँमा राम्रो विद्यालय, कलकारखाना, स्वास्थ्य उपचार गर्न पाउने भए यहाँ को आएर बस्छ?’

पहिला पनि विभिन्न राजनीतिक दलका मान्छे आएको कुरा उनकाे स्मरणमै छ। तर त्यसको उचित व्यवस्थापन नगरिकन कसैले नउठाएको उनले बताइन्। अहिले स्वतन्त्र युवा मेयर भएर आएपछि हजारौं संख्याका फुटपाथ व्यापारीको पीडा बुझ्ने काम हुन नसकेको बताउँछिन्। ‘गरिब, दुःखीका कुरा बुझ्लान भनेको त उल्टै गाँसवास नै खोसे,’ उनको आरोप छ। 

‘दशै–तिहारजस्तो चाडबाड मुखैमा आएका छन्। छोराछोरीको शुल्क तिनुपर्छ। यसरी गरिबको मुखमा लाउने माड खोस्न मिल्छ र?’ उनले प्रश्न गरिन्। आफूहरु बिहान कमाएर बेलुका छाक टार्दै आइरहेका गरिब जनता भएकाे र अरु सुत्ने बेला आफूहरुको दैनिकी सुरु हुने गरेको उनी बताउँछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘के हामीलाई यो गर्न रहर छ र? सडकमा धुलोमैलो सहेर बस्न ? हामीले बालेनलाई भोट घरको चुलो निभाउनका लागि दिएको हो र ? हाम्रो व्यवस्थापन राज्यले गर्न दायित्व हो कि होइन ?’ उनको प्रश्न छ।

सबैले महंगो सटरमा भाडा तिर्न नसक्ने भन्दै आर्थिक अवस्था बलियो हुनेले वर्षका लागि सटर बुक गर्नेहरु सरह आफूहरुलाई नदाँज्न पनि उनले आग्रह गरिन्। ‘हामीलाई खानै पुग्दैन कसरी सटरकाे भाडा तिर्न सक्छौं’ उनले आक्रोश पोखिन्।

फुटपाथ व्यापारकाे व्यवस्थापन

तिर्थमान श्रेष्ठको माग पनि फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्नुपर्ने भन्नेछ। दिनमा दुई घण्टा फुटपाथको व्यापार गर्न पाउनुपर्ने उनको तर्क छ। सिन्धुपाल्चोक स्थायी घर भएका तिर्थमान कोटेश्वरमा फुटपाथमा व्यापार गर्छन्। दैनिकी निर्वाह गर्छन्। आफू बालेन शाहले गर्न खोजेको विकासमा बाधा पुर्याउन नआएको बरू राम्रो कदममा समर्थन र गलत कामको विरोधमा उभिने उनले बताए। सडकका व्यापारीको व्यवस्थापन हुनुपर्नेमा उनको जोड छ।

उनी भन्छन्, ‘बेलुका दुई घण्टा व्यापार गरेर म मेरो परिवार पाल्छु। अहिले त्यो पनि रोकिएको छ। मेरो यति महंगो शहरमा बाँच्ने आधार रोकिएको छ।’ उनले आफू छोराछोरीको उज्ज्वल भविष्यकालागि काठमाडौं आएको बताए। वृद्ध आमाबुबाको संरक्षणकाे आधार नै फुटपाथ व्यापार बनेको उनको भनाइ छ। ‘मेरो सिंगो परिवारको बाँच्ने आधार खोसिएको छ। त्यसैले यहाँ आएर आन्दोनमा आएको हुँ,’ उनले भने। 

निश्चित ठाउँभन्दा बाहिर गएर कतै व्यापार गरे कडा कारबाही गर्न, तर कुनै ठाउँ दिएर बरु चिन्ह लगाउन आग्रह गरे। चाडबाडको मुखमा विल्लीबाठ नबनाउन आग्रह गरे।

‘फुटपाथका व्यापारीलाई कुनै ठाउँ निर्धारण गरेर उठाउन सकिंदैन र ? गरिबको पेटमा डोजर लाउँदैमा विकास भएको मानिन्छ र ?’ आन्दोलनकारीहरुको निरन्तर प्रश्न छ। आश्वासन दिने तर काम नगर्ने राज्य भएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताए। विद्यालयले शुल्क भोलि दिउँला भन्दा मान्छ ? घरबेटीले अर्को महिना भाडा दिन्छु भन्दा मान्छन् ? घरमा अब भोकै बसौँ भन्न मिल्छ ?’ श्रेष्ठले प्रश्न गरे। 

बेरोजगारीलाई स्वरोजगारी सिजर्ना गरेर खानेलाई रोक लगाएर अझै गरिबीमा देश धकेल्न काम राज्यले गरेको आरोप लगाए। उनी भन्छन्, ‘यहाँका फुटपाथका व्यापारी चाहिं नेपाली नागरिक होइनन्?’ राज्यले व्यवस्थापन गर्न नसकेर फुटपाथ अस्तव्यस्त बनाएको पनि आरोप लगाए। उनले फुटपाथको व्यापार नेपाल मात्र नभएर अन्य विकसित मुलुकमा समेत रहेको बताउँछन्।

लगनटोलमा बस्दै आएकी सरस्वती ढकाल पनि महानरपालिकाको कार्यालय घेराउमा सहभागी भएकी छन्। उनका बुवाआमा पनि सुन्धारामा यसरी फुटपाथको व्यापार गर्थे। बुझ्न सक्ने भएपछि फुटपाथको व्यापार सुरु गरेको बताउँछिन्। विहेपछि त्यहि नै गर्दै आएकी छन् उनले। 

‘लगानी लाउन सक्ने भए किन सडकमा घामपानी नभनेर काम गर्न कसलाई रहर छ ?’ उनले प्रश्न गरिन्। बाँच्नका लागि भएपनि फुटपाथ व्यापार गर्न बाध्य रहेको उनले बताइन्। दिनमा दुई घण्टा भएपनि कुनै निश्चित ठाउँ तोकेर व्यापार गर्न पाउनुपर्ने उनको माग छ।

रौतहटका भरत तिमिल्सेना नयाँ बसपार्कस्थित २०५० सालदेखि फुटपाथ व्यापार गर्दै आएका छन्। फुटपाथमा कपडाको व्यापार गर्छन्। सुन्धारा र रत्नपार्कमा पनि लामो समय फुटपाथ व्यापार गरे। 

महानगरपालिकाले फुटपाथमा व्यापार गर्नमा रोक लगाएपछि उनको व्यापार पनि ठप्प भएको छ। थोरै लगानीमा नितान्त सडकपेटी र पुलपुलेसा छेउछाउमा व्यापार गर्दै आएका जनताको खाने आधार खोसिएको बताएका छन्। आफैँले स्वरोजगार सिर्जना गरेर खानु पनि राज्यका लागि सुखद पक्ष भएको उनीहरू बताउंछन्। स्थानीय  सरकारले विकल्प नै नखोजी  श्रमजीवि वर्गलाई वामदेव, बाबुरामदेखि बालेनसम्मले दमन गरेको आरोप लगाएका छन्। 

फुटपाथको व्यापारीमाथि गरिएको दमनकै कारण न्यायका निम्ति एकजुट हुन २०५९ पुस २५ गते नेपाल स्वरोजगार श्रमिक व्यापार संघ स्थापना गरिएको जानकारी दिएका छन्। केशव स्थापित मेयर हुँदाखेरि नै फुटपाथका व्यापारीको व्यवस्थापनका लागि भनेर पटकपटक ध्यानाकर्षण गराउँदै आएको तर कसैले गम्भीर रुपमा नलिएको उनीहरू बताउंछन्। विभिन्न समयमा फुटपाथका व्यापारका विषयमा निश्चित व्यक्तिले मात्र लाभ लिएर यसको दीर्घकालीन समाधान नभएको गुनासो गरेका छन्। तिमिल्सेना भन्छन्, ‘सीमित मान्छेले चुनावी अजेण्डा बनाउँछन्।’ महानगरले सडकमा व्यापार गर्नेलाई पटकपटक सामाग्री खोस्ने, दुःख दिने गरेको उनी बताउँछन्। 

‘युवा पुस्ता आयो, अब त केहि मात्रामा समस्या निवारण होला भन्दा उल्टै दमन भएको छ,’ सरस्वती ढकालले दुःख व्यक्त गरिन्। पाँच सयको लुगाका लागि लाखौंको सामान महानगरले जफत् गर्दै आएको छ। हामी कर तिर्न तयार छौं। हाम्रो सहि व्यवस्थापन हुनुपर्छ,’ उनको भनाइ छ।

'राज्यले आफैँ रोजगारी उत्पादन गरेको खै?'

'सडकपेटी पैदल यात्रीको हो हामी जानकार छौं। त्यो भन्दै गर्दा राज्यले आफैँ रोजगारी उत्पादन गरेको खै ? राज्यले नागरिकलाई के दियो?' उनले प्रश्न गरिन्, ‘देश आफै परनिर्भरतामा बाँचेको छ। अहिले देशको ढुकुटी बैदेशिक रोजगारीले धानेको छ। उनी भन्छिन्, ‘आफै रोजगारी सिर्जना गरेर खानेको गला च्याप्न पाइन्छ?’

नेपाल स्वरोजगार श्रमिक व्यापार संघका केन्द्रीय सदस्य बद्री देवकोटा अहिले काठमाडौंका मेयर बालेन शाह आएर मात्र व्यापार गर्न सुरु नगरेको बताउँछन्। उनी भन्छन्, ‘हिजो चुनाव जितेर आएका बालेन शाह आएपछि हामी सडकमा व्यापार गरेको होइन।’ कतिपय व्यवसायी दुइ पुस्तादेखि फुटपाथ व्यापार गरेर जीविकोपार्जन गर्दै आएको बताउंछन्। गाउँमा खेतबारी बाँझो राखेर किन शहर आएका भन्नेलाई उनले यहाँ रहरले आएका होइनौं भन्ने जवाफ दिए।

‘गाउँमा राम्रो विद्यालय, कलकारखाना, स्वास्थ्य उपचार गर्न पाउने भए यहाँ को आएर बस्छ?’ उनले भने। सटरमा सबै खालका व्यापारीले व्यापार गर्ने खाले व्यवस्था राज्यले निर्माण गरे त्यो सटरमा व्यापार गर्न तयार रहेको उनले बताए। ‘व्यवस्थापन पनि नगर्ने अनि एकोहोरो तरिकाले गरिबको पेटमा लात हानेर हुन्छ?' उनले भने। दैनिक दुई घण्टा फुटपाथमा व्यापार गर्न नदिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो उनले पार्टी र राज्यका निकायले गर्ने छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका हुन्। मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्