• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कार्यकालको अन्त्यमा सभामुख सापकोटाले अध्यक्ष लीलाई बोलाउनुको अन्तर्य
64x64
ईश्वर बराल बुधबार, भदौ २९, २०७९  २१:००
1140x725

काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चानशुको नेपाल भ्रमणले काठमाडौंमा विभिन्न किसिमका चर्चाहरु चलिरहेका छन्।

सोमबार अपराह्न काठमाडौं उत्रिएका ली मंगलबार साँझसम्म उच्चस्तरीय भेटमा व्यस्त रहे भने बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे। सभामुख सापकोटाकै निमन्त्रणामा काठमाडौं आएका अध्यक्ष ली र सापकोटा बीच ६ बुँदे समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।

उक्त समझदारीमा दुवै पक्षले आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगाेलिक अखण्डताको सम्मान गर्ने, साथै एक अर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिने विषयमा सहमति भएको उल्लेख गरिएको छ।

त्यस्तै, दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदान गर्ने विषय पनि समझदारीमा उल्लेख गरिएको छ। दुई सरकारकाबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उक्त समझादारीमा भएको भेटपछि सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभामुखको चासो

६ बुँदा मध्ये पाचौँ नम्बरको बुँदामा बिआरआईलाई अगाडि बढाउन सहजीकरण गर्ने भन्ने सभामुखको चासोलाई भने अर्थपूर्णरुपले हेरिएको छ। चालु संसदको कार्यकालको आखिरी दिनमा सभामुखले बिआरआईको विषयलाई संसदको विषय बनाउनुले उनको राजनीतिक पक्षधरता देखिएको बताउँछन् सापकोटालाई नजिकबाट जानेका एक राजनीतिक विश्लेषक।

ती विश्लेषकका अनुसार ली को भ्रमण सापकोटाको जोडबलमा भएको हो। सापकोटाले जोडबल गर्नुमा संसदबाट एमसिसि पास हुनु हो। वास्तवमा सापकोटा एमसीसीलाई कुनै पनि हालतमा संसदबाट अनुमोदन हुन नदिने पक्षमा थिए। जब संसदमा एमसीसी पास हुने दिशा तर्फ गयो सापकोटाले उनको मन खाएका केहि बुद्धिजीविलाई आफ्नो निवासमा बोलाउँदै आफू जुनसुकै हदमा गएर एमसीसी रोक्ने धारणा राखेका सापकोटासँग भेट भएका एक बुद्धिजीविले बताए। 

साथै, सापकोटाले आफूले राष्ट्रियताको विषयमा हदैसम्म गएर भएपनि एमसीसी रोक्ने र त्यसमा आफ्नो पक्षमा बोल्न, लेख्न आग्रह गरेका थिए। तर आफ्नो माउ पार्टीका  अध्यक्ष प्रचण्डले जसरी भएपनि एमसीसी पास गर्न प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र लेखेको कुरा बाहिर आएपछि सापकोटाले बाध्य भएर संसदमा टेबुल भएको एमसीसी प्रक्रियामा लगेका थिए।

Ncell 2
Ncell 2

त्यस्तै, देउवाको नेतृत्वमा सरकार बनेपछि चीनसँग सम्झौता भएका केहि ठूला परियोजना खोसेर भारतलाई दिएपछि नेपाल भारत तथा पश्चिमाहरूको पक्षमा खुलेको चर्चा हुन थालेको छ। तर माओवादी संस्थापन पक्ष यसकाे विपक्षमा रहेको संसदमा व्यक्त माओवादी सांसदहरू लगायत महासचिव देव गुरुङका अभिव्यक्तिले पुस्टि गर्छन्। 

यस्तो राजनीतिक परिस्थितिमा माओवादी पृष्ठभूमीका सभामुख सापकोटाले चिनियाँ पक्षका तथा राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरियताका नेता ली लाई निमन्त्रणा गरेर नेपाल चीनको पक्षमा र चीनसँग साझेदारी गर्न प्रतिबद्ध रहेको पुष्टि गर्न खाेजेको सापकोटासँग भेट गरेका ती बुद्धिजीवि बताउँछन्। 

तर सभामुख निकट स्रोत भने लीको भ्रमणले नेपालको संसदीय व्यवस्थालाई नियालिरहेको चीनले संसदले खेलेको भूमिकालाई लिएर सम्बन्ध बढाउन खोजेको बताउँछ। चीनले नेपालको संसदबाट केहि नयाँ कुरा सिक्न चाहेकोले पनि चीनले सम्बन्ध अगाडि बढाउन चाहेको र यसलाई त्यसरीनै हेर्न उचित हुने दाबी गर्छ सापकोटा निकट स्रोत। 

चीन यो क्षेत्रको 'स्टेकहोल्डर'

यता, परराष्ट्रविद् निश्चलनाथ पाण्डे भने यो भ्रमणलाई चुनावसँग जोडेर हेर्न उपयुक्त हुने बताउँछन्। सभामुखसँग भएका समझदारीहरूलाई त्यति आश्चर्य मान्न नपर्ने नेपाल लाइभसँको कुराकानीमा पाण्डेले बताए।

उनी भन्छन्,‘चुनावको बेलामा सबै राष्ट्रहरुको नेपालमा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावपछि एउटै दलको एकमना सरकार बन्ने सम्भावना नरहेकोले चीनको यो दौडधुप बढेको हो। यसले चीन आफूपनि यो क्षेत्रको 'स्टेकहोल्डर' हो भन्ने पुष्टि गर्न खोजेको पनि देखिन्छ।’ 

एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने सापकोटाले आफ्नो क्षेत्राधिकार बाहिर गएर बिआरआईको विषयमा समझदारी गरेको बताउँछन्। सापकोटालाई संसदीय मूल्य मान्यता थाहानै नभएकाले जाँदाजाँदै के के गर्छन् त्यसमा खास टिप्पणी गरिरहन नपर्ने उनले बताए।

‘सभामुखलाई संसदको क्षेत्राधिकार बारे जानकारी छैन। के गर्ने के नगर्ने भन्ने थाहा नभएकोले के के सम्झौता गर्छन् त्यसमा टिप्पणी गर्न आवश्यक छैन,’ रिजालले नेपाल लाइभलाई बताए।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्