काठमाडौं- प्रधानमन्त्री देउवाले दिगो विकासको लक्ष हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन्।
उनले दिगो विकास लक्ष्य हासिल गर्न ९० अर्ब डलर लगानी आवश्यक पर्ने र त्यसका लागि सरकार र निजिक्षेत्रबिच सहकार्य आवश्यक रहेको समेत बताएका हुन्।
लगानी बोर्ड नेपालले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमले बुधबार सोल्टी होटलमा गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लगानी वृद्धिका लागि सार्वजनिक निजी साझेदारी अनिवार्य रहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।