फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहकारीमार्फत नै अघि बढ्न सुझाव दिएका छन्।
समाजवादी सहकारी संगठनको उद्घाटन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टीको नामसँग नजोडिएकाहरु बजारमा किन्न नआउने जोखिम भएको बताए। उनले आफूले एमाले हुँदा देशभरिमा एउटै ब्राण्डको पसल खोल्ने सुरुवात गरेको स्मरण गरे।
उनल भने, त्यो पसलमा अन्य ग्राहक नआए पनि त्यो पसलमा एमालेका सदस्यहरुले किन्यो भने पनि गजबले चल्न। त्यही गएर मात्र खाजा खाना खाने, गुणस्तर पनि बढ्ने। राजनीतिक रुपमा कुनै आवरणमा नराख्ने र अरुलाई पनि स्वागत गर्ने नीति लिएका थियौं। जसले गर्दा पार्टी कार्यकर्ताको जीवनस्तर पनि धान्न सकिने, खर्चहरु उठाउन सक्ने बताए।
उनले अहिलेका सांसदहरु ५ वर्षसम्म कसैगरी जीवन चल्ने बताउँदै, सांसद गएको भोलिपल्ट रत्नप्रसाद शर्मा हुन पुग्ने बताए। उनले भने, ‘थाहा छ रत्नप्रसाद शर्मा, जाजरकोटबाट सांसदबाट हटेको भोलिपल्ट म:म पसल खोलेर बिक्री गर्नु परेको थियो। सांसद भइसकेको मान्छेले मम बेचेर गुजारा गर्नुपरेको स्मरण गर्दै उनले पूर्णकालीनरुपमा राजनीतिमा होमिएका कार्यकर्ताको जीवन कसरी चल्छ?’ भन्दै प्रश्न गरे।
यहि प्रश्नका कारण पार्टीमा जोडिएका नेताहरुको समूहका नेताले समाजवादी सहकारीको अवधारणा ल्याएको बताए। उनले भने, कमरेड हिजो त हामी होलटामइर थियौं। आम्दानीको केही पनि स्रोत छैन। ती सयौं करोडौंको मान्छेको दैनिकी कसरी चलाउने जस्ता प्रश्नका कारण समाजावदी सहकारीको सुरुवात गरिएको हो।
उनले यहि समस्याका कारण २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको पहिलो राष्ट्रिय परिषद् बैठकबाट आफूले प्रतिवेदन पेश गरेको स्मरण गरे। उनले एनजीओबाट जीवन सञ्चालन गर्ने, रोजगारीबाट संकलन गरेको पूँजीबाट जीवन परिचालन गर्ने, परिवारको कुनैपनि सदस्यलाई पार्टीले नै जोड लगाएर कहिँ न कहिँ रोजगारी लगाउने, एउटा परिवारको एउटा मान्छेले जीवन धान्नका लागि रोजगार पाउने र व्यवसायमा जोडिने भयाेभने त्यो सिंगो परिवारको समस्या एक हदसम्म त हल हुन सक्छ’ उनले भने।
त्यसैले अहिलेको सहकारीले पनि त्यो पक्षलाई समेट्ने बताए। हाम्रो पार्टीमा काम राम्रो गर्न सक्ने, समर्पित भएर जुट्न सक्ने कुराको ग्यारेन्टी हुनु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।