• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक चीन नीतिमा प्रतिबद्धताको खोजी, बन्द नाका खोल्न नेपाली पक्षको माग

64x64
ईश्वर बराल मंगलबार, भदौ २८, २०७९  २२:५८
1140x725

काठमाडौं– सोमबार अपराह्न काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु मंगलबार साँझसम्म भेटघाटमा व्यस्त छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले काठमाडौं उत्रिएपछि ६ वटा महत्वपूर्ण उच्चस्तरीय भेट गरेका छन्।

लीसँगको भेटमा नेपाली पक्षले चीनले बन्द गरेको व्यापारिक नाका खोल्न र विकास परियोजनामा लगानी बढाउन आग्रह गरेको छ। जवाफमा नेता लीले नेपाली नेताहरूसँग 'एक चीन नीति' मा प्रतिवद्धता र नेपालमा बढ्दो पश्चिमा उपस्थितिबारे चासो राखेकाे भेटमा सहभागी नेताहरुले बताएका छन्।

सभामुख सापकोटाले हस्ताक्षर गरे ६ बुँदे समझदारी पत्रमा
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले भेटघाट कार्यक्रम पनि सभामुखबाटै शुरू गरे। दुई सभामुखको भेटमा ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा दुवै पक्षले आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्कोको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगालिक अखण्डताको सम्मान गर्नुका साथै एक अर्काका मुख्य हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिने विषयमा सहमत भएको उल्लेख गरिएको छ।

Agni-sapkota-and-chalnsu1662988640.jpg

त्यस्तै, दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदनप्रदान गर्ने विषय पनि समझदारीमा उल्लेख गरिएको छ। दुई सरकारकाबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारम्पारिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उक्त समझदारीमा भएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ। 

सभामुख सापकोटाले समकक्षी लीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिविधि गर्न नदिने विश्वास दिलाएको पनि सचिवालयले बताएको छ। जवाफमा लीले नेपालले चीनप्रति देखाएको उदारतालाई खुलेर प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता भएपछि लीको सम्मानमा राखिएको रात्रि भोजमा सरिक हुन लीको टोली होटल सोल्टी पुगेको थियो। 

भ्रमणको दास्रो दिन अध्यक्ष ली भ्रमण टोली मंगलबार बिहानबाटै उच्चस्तरीय भेटघाट कार्यक्रममा व्यस्त रह्यो। लीको भ्रमण कार्यकार्यक्रमले काठमाडौंमा सवारी आवागमन दिनभर नै प्रभावित बनेको थियो। उनले मंगलबार बिहानै बानेश्वर पुगेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गरे।

Ncell 2
Ncell 2
nimb
nimb

बन्द नाका खोल्न तिमिल्सिनाको माग
अध्यक्ष तिमिल्सिनाले चिनियाँ अध्यक्षसँग चीनको एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन्। लीसँगको भेट पछि जारी विज्ञप्तिमा तिमिल्सिनाको सचिवालयले उक्त कुरा उल्लेख गरेको छ।

ganesh timalsina-lee1663062127.jpg

‘अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिको पक्षमा रहेको र चीनकाे सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाएको र विगतमा भएको बिआरआई सम्झौता कार्यान्वयन, हिमाल वारपार केरुङ-काठमाडौ रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनःसंचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

जवाफमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै उक्त माग छिट्टै पुरा गर्ने आश्वासन दिएको पनि उल्लेख गरिएको छ।

ओलीलाई राष्ट्रपति सीको शुभकामना सन्देश, जवाफमा नेपालसँगका सम्झौता अघि बढाउन माग
राष्ट्र सभाका अध्यक्ष तिमिल्सिनासँगको भेटवार्तापछि लीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। भेटमा लीले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको व्यक्तिगत सु–स्वास्थ्यको शुभकामना सन्देश सुनाएका थिए। जवाफमा ओलीले पनि सीलाई सफलताको शुभकमाना पठाएको भेटमा सहभागी एमाले नेता विष्णु रिजालले नेपाल लाइभलाई बताए।

KPOLI_CHINSEDELEGATE_MEETING1663046760.jpg

‘चिनियाँ पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति सीको व्यक्तिगत शुभकामना सन्देश सुनाउनुभयो,’ रिजालले भने,‘त्यसका लागि अध्यक्षज्यूले सीलाई धन्यवाद दिंदै उहाँको सुस्वास्थ्य र सफलताको शुभकामना पठाउनु भएको छ।’

त्यस्तै ओलीले आफू प्रधानमन्त्री हुँदा चीनसँग अघि बढाइएका सम्झौताहरूको कार्यन्व्यन गर्न माग पनि गरेको रिजालले बताएका छन्। 

‘एमालेले चीनसँग नेपाल र चीन बीचमा भएका बिआरआइ लगायतका समझदारीहरू, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण र राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सम्झौताको कार्यन्व्यनको अपेक्षा गरेको छ,’ रिजालले भने, ‘नेपाल चीनको सम्बन्ध रणनीतिक साझेदारमा विकास गर्ने भन्ने जुन सहमति गरेका थियौं त्यो अनुकुलताका विकास तथा आयोजनाहरु कार्यान्व्यन हुने अपेक्षा गरेका छौं। नेपाल त्यो पक्षमा प्रतिवद्ध रहेको जानकारी दिएका छौं।’

छलफल भएको विषयलाई उदृत गर्दै रिजालले भने,‘चिनियाँ पक्षले पनि त्यो सम्झौता कार्यन्वयन गर्नेमा प्रतिवद्धता व्यक्त गर्‍याे।’

अध्यक्ष ओलीले नेपालले एक चीन नीतिमा प्रतिवद्ध रहेको चिनियाँ भ्रमण टोलीलाई विश्वास दिलाएको रिजालले बताएका छन्। त्यस्तै, नेपालमा चाडवाड आउन लागेकोले बन्द रहेको नेपाल-चीन नाका खोल्न पनि ओलीले आग्रह गरेको रिजालले बताए। जवाफमा अध्यक्ष लीको भ्रमण दलले नेपालले लिने अहस्तक्षेपको नीतिलाई चीनले सरहाना गर्ने बताउँदै नेपाल–चीन नाकाको विषयलाई तत्काल हल गर्न पहल गर्ने बताएको रिजालले जानकारी दिए।

बन्द रहेका चिनियाँ नाका खोल्न प्रचण्डको आग्रह
नेता ओलीसँगको भेट पछि लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा प्रचण्डले अरु नेताहरुले जस्तै बन्द रहेका चिनियाँ नाका खोल्न आग्रह गरेका थिए। 

‘अध्यक्ष प्रचण्डले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गर्नुभयो,’ प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने प्रचण्डले चिनियाँ पक्षसँग माग गर्नुभयो।’

Prachanda-lee1663092632.jpg

भ्रमणमा रहेका अध्यक्ष लीले जवाफमा नेपाल-चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि आवश्यक पहल गर्ने बताएको सचिवालयले बताएको छ।

त्यस्तै प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेको प्रचण्ड सचिवालयले बताएको छ। छलफलमा प्रचण्डले बीआरआई लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उल्लेख गरिएको छ। 

जवाफमा अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको पनि प्रचण्ड सचिवालयले जनाएको छ।

आपसी चासोको विषयमा परराष्ट्र मन्त्रीसँग छलफल
सरकारी पक्षसँग भने लीले मंगलबार अपराह्नमात्र भेट गरे। प्रचण्डसँगको भेटपछि लीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरे। उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बताएको छ।

narayan-lee1663092632.jpg

एक महिनाअघि चीनको औपचारिक भ्रमण गरेका मन्त्री खड्काले नेपाल–चीन बीचका समस्याका विषयमा पुन: चीनको उच्च नेतृत्वलाई जानकारी गराएका छन्। लीले सीमा लगायतका विषयमा आफू गम्भीर रहेको परराष्ट्रले बताएको छ।

सरकार प्रमुखको तर्फबाट पनि 'एक चीन नीति' मा प्रतिबद्धता
मंगलबारको भेटघाट शृखंलाको अन्तिम भेट भने लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका छन्। सिंहदरबारमा भएको भेटमा देउवाले एक चीन नीतिमा प्रतिवद्धता जनाएको र जवाफमा लीले नेपालले लिएको नीतिको खुलेर प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

चार दिने भ्रमणमा काठमाडौं आएका ली बुधबार भने अलिक फुर्सदिला रहेका छन्। बुधबार बिहान केहि पर्यटकीयस्थलको भ्रमण गर्ने र अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ। ली नेतृत्वको ६७ सदस्य टोली बिहीबार बिहान दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्