• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक चीन नीतिमा प्रतिबद्धताको खोजी, बन्द नाका खोल्न नेपाली पक्षको माग

64x64
ईश्वर बराल मंगलबार, भदौ २८, २०७९  २२:५८
1140x725

काठमाडौं– सोमबार अपराह्न काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु मंगलबार साँझसम्म भेटघाटमा व्यस्त छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले काठमाडौं उत्रिएपछि ६ वटा महत्वपूर्ण उच्चस्तरीय भेट गरेका छन्।

लीसँगको भेटमा नेपाली पक्षले चीनले बन्द गरेको व्यापारिक नाका खोल्न र विकास परियोजनामा लगानी बढाउन आग्रह गरेको छ। जवाफमा नेता लीले नेपाली नेताहरूसँग 'एक चीन नीति' मा प्रतिवद्धता र नेपालमा बढ्दो पश्चिमा उपस्थितिबारे चासो राखेकाे भेटमा सहभागी नेताहरुले बताएका छन्।

सभामुख सापकोटाले हस्ताक्षर गरे ६ बुँदे समझदारी पत्रमा
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले भेटघाट कार्यक्रम पनि सभामुखबाटै शुरू गरे। दुई सभामुखको भेटमा ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा दुवै पक्षले आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्कोको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगालिक अखण्डताको सम्मान गर्नुका साथै एक अर्काका मुख्य हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिने विषयमा सहमत भएको उल्लेख गरिएको छ।

Agni-sapkota-and-chalnsu1662988640.jpg

त्यस्तै, दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदनप्रदान गर्ने विषय पनि समझदारीमा उल्लेख गरिएको छ। दुई सरकारकाबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारम्पारिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उक्त समझदारीमा भएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ। 

सभामुख सापकोटाले समकक्षी लीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिविधि गर्न नदिने विश्वास दिलाएको पनि सचिवालयले बताएको छ। जवाफमा लीले नेपालले चीनप्रति देखाएको उदारतालाई खुलेर प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता भएपछि लीको सम्मानमा राखिएको रात्रि भोजमा सरिक हुन लीको टोली होटल सोल्टी पुगेको थियो। 

भ्रमणको दास्रो दिन अध्यक्ष ली भ्रमण टोली मंगलबार बिहानबाटै उच्चस्तरीय भेटघाट कार्यक्रममा व्यस्त रह्यो। लीको भ्रमण कार्यकार्यक्रमले काठमाडौंमा सवारी आवागमन दिनभर नै प्रभावित बनेको थियो। उनले मंगलबार बिहानै बानेश्वर पुगेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गरे।

Ncell 2
Ncell 2

बन्द नाका खोल्न तिमिल्सिनाको माग
अध्यक्ष तिमिल्सिनाले चिनियाँ अध्यक्षसँग चीनको एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन्। लीसँगको भेट पछि जारी विज्ञप्तिमा तिमिल्सिनाको सचिवालयले उक्त कुरा उल्लेख गरेको छ।

ganesh timalsina-lee1663062127.jpg

‘अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिको पक्षमा रहेको र चीनकाे सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाएको र विगतमा भएको बिआरआई सम्झौता कार्यान्वयन, हिमाल वारपार केरुङ-काठमाडौ रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनःसंचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

जवाफमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले समर्थन गर्दै उक्त माग छिट्टै पुरा गर्ने आश्वासन दिएको पनि उल्लेख गरिएको छ।

ओलीलाई राष्ट्रपति सीको शुभकामना सन्देश, जवाफमा नेपालसँगका सम्झौता अघि बढाउन माग
राष्ट्र सभाका अध्यक्ष तिमिल्सिनासँगको भेटवार्तापछि लीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। भेटमा लीले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको व्यक्तिगत सु–स्वास्थ्यको शुभकामना सन्देश सुनाएका थिए। जवाफमा ओलीले पनि सीलाई सफलताको शुभकमाना पठाएको भेटमा सहभागी एमाले नेता विष्णु रिजालले नेपाल लाइभलाई बताए।

KPOLI_CHINSEDELEGATE_MEETING1663046760.jpg

‘चिनियाँ पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति सीको व्यक्तिगत शुभकामना सन्देश सुनाउनुभयो,’ रिजालले भने,‘त्यसका लागि अध्यक्षज्यूले सीलाई धन्यवाद दिंदै उहाँको सुस्वास्थ्य र सफलताको शुभकामना पठाउनु भएको छ।’

त्यस्तै ओलीले आफू प्रधानमन्त्री हुँदा चीनसँग अघि बढाइएका सम्झौताहरूको कार्यन्व्यन गर्न माग पनि गरेको रिजालले बताएका छन्। 

‘एमालेले चीनसँग नेपाल र चीन बीचमा भएका बिआरआइ लगायतका समझदारीहरू, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण र राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सम्झौताको कार्यन्व्यनको अपेक्षा गरेको छ,’ रिजालले भने, ‘नेपाल चीनको सम्बन्ध रणनीतिक साझेदारमा विकास गर्ने भन्ने जुन सहमति गरेका थियौं त्यो अनुकुलताका विकास तथा आयोजनाहरु कार्यान्व्यन हुने अपेक्षा गरेका छौं। नेपाल त्यो पक्षमा प्रतिवद्ध रहेको जानकारी दिएका छौं।’

छलफल भएको विषयलाई उदृत गर्दै रिजालले भने,‘चिनियाँ पक्षले पनि त्यो सम्झौता कार्यन्वयन गर्नेमा प्रतिवद्धता व्यक्त गर्‍याे।’

अध्यक्ष ओलीले नेपालले एक चीन नीतिमा प्रतिवद्ध रहेको चिनियाँ भ्रमण टोलीलाई विश्वास दिलाएको रिजालले बताएका छन्। त्यस्तै, नेपालमा चाडवाड आउन लागेकोले बन्द रहेको नेपाल-चीन नाका खोल्न पनि ओलीले आग्रह गरेको रिजालले बताए। जवाफमा अध्यक्ष लीको भ्रमण दलले नेपालले लिने अहस्तक्षेपको नीतिलाई चीनले सरहाना गर्ने बताउँदै नेपाल–चीन नाकाको विषयलाई तत्काल हल गर्न पहल गर्ने बताएको रिजालले जानकारी दिए।

बन्द रहेका चिनियाँ नाका खोल्न प्रचण्डको आग्रह
नेता ओलीसँगको भेट पछि लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा प्रचण्डले अरु नेताहरुले जस्तै बन्द रहेका चिनियाँ नाका खोल्न आग्रह गरेका थिए। 

‘अध्यक्ष प्रचण्डले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गर्नुभयो,’ प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने प्रचण्डले चिनियाँ पक्षसँग माग गर्नुभयो।’

Prachanda-lee1663092632.jpg

भ्रमणमा रहेका अध्यक्ष लीले जवाफमा नेपाल-चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि आवश्यक पहल गर्ने बताएको सचिवालयले बताएको छ।

त्यस्तै प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेको प्रचण्ड सचिवालयले बताएको छ। छलफलमा प्रचण्डले बीआरआई लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उल्लेख गरिएको छ। 

जवाफमा अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको पनि प्रचण्ड सचिवालयले जनाएको छ।

आपसी चासोको विषयमा परराष्ट्र मन्त्रीसँग छलफल
सरकारी पक्षसँग भने लीले मंगलबार अपराह्नमात्र भेट गरे। प्रचण्डसँगको भेटपछि लीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरे। उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बताएको छ।

narayan-lee1663092632.jpg

एक महिनाअघि चीनको औपचारिक भ्रमण गरेका मन्त्री खड्काले नेपाल–चीन बीचका समस्याका विषयमा पुन: चीनको उच्च नेतृत्वलाई जानकारी गराएका छन्। लीले सीमा लगायतका विषयमा आफू गम्भीर रहेको परराष्ट्रले बताएको छ।

सरकार प्रमुखको तर्फबाट पनि 'एक चीन नीति' मा प्रतिबद्धता
मंगलबारको भेटघाट शृखंलाको अन्तिम भेट भने लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका छन्। सिंहदरबारमा भएको भेटमा देउवाले एक चीन नीतिमा प्रतिवद्धता जनाएको र जवाफमा लीले नेपालले लिएको नीतिको खुलेर प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

चार दिने भ्रमणमा काठमाडौं आएका ली बुधबार भने अलिक फुर्सदिला रहेका छन्। बुधबार बिहान केहि पर्यटकीयस्थलको भ्रमण गर्ने र अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ। ली नेतृत्वको ६७ सदस्य टोली बिहीबार बिहान दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाक... मंगलबार, माघ १३, २०८२
पुराना सहकर्मीहरुलाई एकतामा आउन प्रचण्डको आह्वान, नयाँ दल विचारभन्दा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको टिप्पणी क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अब पनि एक्ला एक्लै हिँडेर नहुने बताए। मंगलबार, माघ १३, २०८२
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत मंगलबार, माघ १३, २०८२
पुराना सहकर्मीहरुलाई एकतामा आउन प्रचण्डको आह्वान, नयाँ दल विचारभन्दा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको टिप्पणी मंगलबार, माघ १३, २०८२
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध मंगलबार, माघ १३, २०८२
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्