• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

ऋण तिर्ने सपना बोकेर साउदी पुगेका युवा जो उल्टै ऋण बोकेर फर्किए

सुरेन्द्र बजगाईं/कल्पना घिमेरे सोमबार, असोज ३, २०७९  ०८:३८
1140x725

काठमाडौं– विकेश मुखियाको ३ वर्ष अगाडिसम्म जीवन ठिकठाक चलिरहेको थियो। उनी काठमाडौंका बडेमान ‘बिल्डिङ’हरूमा रङ्ग लगाउँदै सर्लाहीमा रहेको आफ्नो झिँगटीले छाएको घर सजाउँदै थिए।

तर, कोरोनाका कारण उनको काम ठप्प भयो। उनी खाली हात नै सर्लाही फर्किए। वर्षौं राजधानीमा बसेर काम गर्दा पनि घरको छानो फेर्न नसकेका उनलाई अब गाउँमै बस्नका लागि उनका बाबु र श्रीमतीले कर गरे। विकेशका बाबुले उनलाई गाउँमा नै राख्नको लागि २ लाख ऋण गरेर अटो रिक्सा किनिदिए। तर, कोरोनाका कारण रिक्सा किन्दा लागेको ऋण तिर्न त परको कुरा ब्याजसमेत समयमा तिर्न सकेनन्। 

saudi (1)1663555810.png

काठमाडौंका बिल्डिङहरूमा रङ्ग लगाएर आफ्नो घर सजाउने सपना कोरोनाले बिथोल्यो। आफ्नै गाउँमा उद्यम गरेर परिवारसँगै बस्ने सपना तुहियो। अनि उनले ऋण तिर्न विदेश जाने सोचले पासपोर्ट बनाए। गाउँकै एक जनाले काठमाडौंमा भएको म्यानपावरहरूसँग सम्पर्क गराए।

म्यानपावरले उनलाई साउदी जान सल्लाह दियो। म्यानपावरका एक कर्मचारीले देखाएको आश्वासन सुनाउँदै विकेश भन्छन्, ‘उनले मलाई साउदीमा अहिले निकै राम्रो काम र सेवा सुविधा छ। मासिक एक हजार रियाल कमाई, हप्तामा ६ दिन काम त्यो पनि दैनिक ८ घण्टा मात्रै काम गरे हुन्छ। त्यसैले नेपालबाट धेरै मानिसहरू त्यहीँ गएका छन्। तिमी पनि राम्रो काममा जाने हो भने एक लाख २० हजार लागत लाग्छ।’ 

उनलाई परिवारको ऋणले च्यापेको थियो। त्यसैले उनी थप ऋण लिएर नै भए पनि साउदी जानको लागि राजी भए। साउदी जानका लागि आफूले थप दुई लाख ऋण लिएको सुनाउँछन् उनी।

saudi (9)1663555810.png

‘म विदेश गएपछि कमाएर ऋण तिर्ने ठूलो सपना बोकेर काठमाडौं आएँ। विदेश जान सबै प्रक्रिया पूरा गरेँ। दुई लाख २० हजार खर्च गरेर साउदी गएँ’, मुखियाले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

उनीसँगै साउदी जानेमा सर्लाही कै कृष्णनन्दन पनि एक हुन्। पारिवारिक समस्याको कारण पढाइभन्दा काममा नै ध्यान दिनुपर्ने भयो। उनी प्राय बाबुसँग ज्याला गर्न अरूकै खेतमा काम गर्न जान्थे। कहिले काँही त आफू भारतमासमेत खेतको काम गर्नको लागि जाने गरेको उनी सुनाउँछन्। 

आफ्नो खेत नभएका कारण पनि जिविका चलाउन अरुकै खेतमा काम गर्न जानुपर्ने बाध्यता थियो। आफ्नो खेत नभएपछि उनका बाबुले ऋण नै गरेर भए पनि जग्गा जोड्ने निधो गरे।

‘२ लाख खर्चेर गाउँमा नै जमिन किन्यौं। तर, त्यसको आम्दानीले जग्गा किन्न लागेको ऋण तिर्न सकिएन। त्यही ऋणले विदेश जानुपर्ने अवस्था आयो,’ उनले भने, ‘विदेश जाँदा फेरि २ लाख २० हजार ऋण थपियो।’

saudi (4)1663555809.png

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै सर्लाही कै गोपी महतोको कथा पनि उस्तै छ। घरको ऋण तिर्न ऋण नै लिएर साउदी उडे। 
०००
यी तीनै जना काठमाडौंको सिनामंगलमा भएको अन्नपूर्ण म्यानपावरबाट वैदेशिक रोजगारीका लागि गत पुस १९ साउदी पुगेका थिए। तीनै जनालाई म्यानपावरले ‘स्काफोल्डिङ’ को काम हुने बताएको थियो।

तर, त्यहाँ पुगेपछि आफूहरूसँग म्यानपावरले सम्झौता अनुरूपको काम नदिएको उनीहरूको गुनासो छ। उक्त श्रम सम्झौता पत्रमा विकेशले २ वर्षको अवधि परीक्षण काल, काम गरेवापतको मासिक तलब एक हजार रियाल, काम दैनिक आठ घण्टा उल्लेख गरेका छन्। त्यस्तै खाजा, खाना, स्वास्थ्य परीक्षण, व्यवस्था, हवाई टिकट कम्पनीले दिने भनी उल्लेख गरेका छन्। तर, उनीहरूले त्यो सम्झौता अनुरूप न काम पाए न सुविधा नै।

 

‘हामीलाई साउदीको  दमामस्थित रफ्गा कम्पनीमा काममा लगाइयो। आठ घण्टा काम भनेर सम्झौता गरेको तर कुनै दिन त १२ घण्टासम्म काम गर्न बाध्य भयौं,’ उनीहरू भन्छन्, ‘मासिक तलब १ हजार रियाल भनेकोमा पनि कम्पनीले आठ सय रियfल मात्र दियो। सम्झौता अनुसार सुविधा नभए पनि काम गर्नु हाम्रो बाध्यता थियो। त्यत्रो ऋण लिएर गएको त्यसै फर्कन पनि त भएन।’

saudi (2)1663555809.png

उनीहरूलाई उक्त कम्पनीले तीन महिनासम्म त तलब दियो। चौथो महिनादेखि तलब दिन छाड्यो। त्यसपछि उनीहरूले नेपालबाट आफूलाई साउदी पठाउने म्यानपावरमा फोन गरे। तर, म्यानपावरवालाले उल्टै ‘तिमिलाई कामको मतलब छ कि पैसाको’ भन्दै उल्टै झपार्‍यो। 

बुझ्दै जाँदा त आफूहरूले काम गरेको कम्पनी २ वर्षदेखि ‘रेड लिस्ट’ मा भएको पाए। ‘काम नभएको ४ महिनापछि हामीलाई जस्ता पाताले छाएको छाप्रोमा लगेर राखिदियो। ४५ डिग्री सेल्सियस घाममा न फ्यान थियो न त एसी न पानी नै,’ पीडितमध्येका एकले आफूले पाएको दु:ख सुनाउँदै भने, ‘त्यसरी बस्ने हामी मात्रै थिएनौं। अरू नेपाली पनि थिए। उनीहरूलाई पनि नेपालबाट नै हामीलाई जस्तै ठगेर पठाएको रहेछ।’

saudi (5)1663555809.png

यतिसम्म कि उनीहरूले पेटभरी खानासमेत खान पाएनन्। महिनामा एक बोरा चामल, केही केजी दाल र नुनको भरमा साउदीमा ९ महिना समय बिताए।

‘एक जना साथी बिरामी पर्दा उपचार गराउन अकामाको म्याद सकिएको थियो। त्यो साथीको उपचार गराउन पनि मिलेन,’ विकेशले भने, ‘आकामाको म्याद थप गर्न पनि २५ सय रियाल लाग्ने हुँदा थपसमेत गरेनन्।’

नेपालबाट साउदी पुगेका म्यानपावरका कर्मचारीले एउटा पेपरमा हस्ताक्षर गर्न लगाए। तर, काम भने केही नभएको उनीहरूको गुनासो छ। ‘म्यानपावरमा ती मानिसले हामीलाई दुई दिनमै नेपाल फर्काउने आश्वासन दिए। तर, हामी ९ महिनासम्म त्यहाँ ट्वाइलेटमा रात बिताउन बाध्य भयौं। कम्पनीले केही गर्ने छाँट नदेखेपछि हामी घरबाट फेरि ऋण लिएर फर्कन बाध्य भयौं,’ उनीहरू भन्छन्, ‘हामी ऋण तिर्न भनेर विदेशिएका थियौं। तर, उल्टो ऋण लिएर फर्कन बाध्य भयौं।’

saudi (8)1663555810.png

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:३८
  • #वैदेशिक-राेजगार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्