• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन पटक समानुपातिक सांसद् बनेकी मीनाक्षी झा भन्छिन्- मलाई पुग्यो, अब संसद्‌मा आउन मन छैन

64x64
धनु विश्वकर्मा मंगलबार, असोज ४, २०७९  ०६:५५
1140x725

काठमाडौं- २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिक सांसद् बन्ने ३३५ जनामध्ये एक थिइन्, मीनाक्षी झा। पछिल्ला तीन वटै निर्वाचनमा समानुपातिक प्रणाली अपनाउँदा लाभ लिए एक मात्र सांसद् हुन् उनी। उनको पार्टी कांग्रेसले उनलाई तीन पटकसम्म सो अवसर दिएको हो।

१५ वर्षसम्म उही प्रणालीबाट सांसद बनेकी झा आफ्नो चाहनाले नभई पार्टीको चाहनाले गर्दा सांसद हुनुपरेको बताउँछिन्। ‘मैले मात्र हुन्छु भनेर भएको होइन। पार्टीले बनाएपछि पछि हट्ने कुरा पनि आएन।’

पार्टीको चाहनाले गर्दा १५ वर्षसम्म निरन्तर सांसद बन्नुपरेको भए पनि पार्टीले चाहना नराखेकैले अन्य पद नपाएको उनको तर्क छ। ‘मलाई राज्यमन्त्री, मन्त्री हुन पनि मन थियो नि। तर, पार्टीले नचाहेकाले भइनँ’, उनले भनिन्, 'व्यक्तिको चाहनाभन्दा पार्टीको चाहनाले पदमा पुगिन्छ।'

पहिलो पटक सांसद बन्न भने आफूले पनि ईच्छा राखेको झाले खुलाइन्। तर आफू कोही सासु-ससुरा वा श्रीमान्‌को विरासत बोकेर नआएकोमा गर्व गर्छिन्। त्यसैले आफू विरासतका कारण अवसर पाएको भन्नेप्रति उनको कटाक्ष छ।

दोस्रो पटक संविधान सभा सदस्य बन्दा आफूले कतै करकाप नगरेको उनको दाबी छ। ‘दोस्रो पटक पनि मैले करकाप गरेको होइन। जिल्लाले नै सिफारिस गरेपछि मैले के गर्ने?’', उनको प्रश्न छ।

Ncell 2
Ncell 2
nimb
nimb

सभासद्/सांसद्को रुपमा पहिलो र दोस्रो कार्यकालमा निकै राम्रो अनुभव हासिल गरेको उनको अनुभव छ। पहिलो पटक संसदमा छिर्दा धेरै जना नयाँ थिए। संविधान निर्माण गर्नुपर्ने जिम्मेवारी थियो। तर पहिलो संविधान सभाले संविधान बनाउन सकेन। पहिलो पटक उठाएको संविधान निर्माणको मुद्दा दोस्रो पटक कार्यान्वयन गरिएको उनको भनाइ छ।

तेस्रो पटक चाहिँ आफूलाई समानुपातिकतिर जान मन नभएको उनको भनाइ छ। प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने योजना बनाएको तर पार्टीले समानुपातिकतिर राखिदिएको उनले बताए। २०७४ को सो निर्वाचनमा जिल्ला र प्रदेशले चित्रलेखा यादव र सीतादेवी यादवसँगै आफूलाई पनि सिफारिस गरिदिएको र सोही अनुसार सांसद बनेको उनले बताइन्।

यसरी तीन-तीन पटक समानुपातिक प्रणालीबाट सांसद बन्दा पनि आफ्ना अगाडि कसैले पनि असन्तुष्टि नपोखेको उनी बताउँछिन्। 'अब यो मेरो अन्तिम संसदीय यात्रा हो। मलाई पुग्यो। अब पार्टी राजनीति बाहेक संसद्‌मा आउन मन छैन। समानुपातिकबाट सांसद बन्ने अवसर अरु उत्पीडित महिलाले उपयोग गरुन्', उनले भनाइ छ।

२०१६ सालमा जनकपुरमा जन्मिएकी झा २०२९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन्। र विद्यालय तहदेखि नै राजनीतिमा संक्रिय रुपमा सहभागी बनिन्। विद्यार्थी राजनीतिपछि नेपाली कांग्रेसबाट पार्टी राजनीति सुरु गरिन्। पटकपटक गिरफ्तार परेकी झा अहिले पार्टीको केन्द्रीय सदस्य छिन्।

(नेपालको सम्पूर्ण विविधतालाई सदनमा प्रतिबिम्बित गर्न सकियोस् र सम्बन्धित समुदाय स्वयंको उपस्थिति सुनिश्चित होस् भनेर पहिलो संविधान सभादेखि समानुपातिक निर्वाचन प्रणाली पनि अपनाउन थालिएको थियो। तर, त्यसयताको शृंखला हेर्ने हो भने, केही सीमित नेताहरुको 'कब्जा'मा परिणत हुने आशंका बढेको छ। नेपाल लाइभको यस शृंखलामा हामी समानुपातिक निर्वाचन प्रणालीको पटकपटक फाइदा लिएका नेताहरुको चर्चा गर्नेछौँ।)‍

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०६:५५
  • #समानुपातिकमा पटक–पटक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। सोमबार, भदौ २९, २०८३
कार्टुन सोमबार, भदौ २९, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्