काठमाडौं– नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाड-पर्व अफर’ सार्वजनिक गरेको छ। नेपालीहरुको महान चाड-पर्व दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रोसिरिज अर्थात चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रोर, टिग्गो ८ प्रोमा लागू हुनेछ।
चेरीका यी कार खरिद गर्दा ग्राहकले मोडल अनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्। यीवाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर छुट पाउनेछन्।
यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउनेछ। कुनैपनि पुरानो कारसँग चेरी कार एक्सचेञ्ज गर्दा एक लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा समेत प्राप्त हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।