• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्र शमशेरको चौथो दिन : समितिलाई चेतावनी, मलाई छिटो महाभियोग लगाइयोस् 

लेटर प्याडमै दलले न्यायाधीश बनाउने पत्र पठाउँछन्
64x64
दुर्गा दुलाल आइतबार, भदौ २६, २०७९  २०:५०
1140x725

काठमाडौं- ६ महिनादेखि महाभियोग लागेर निलम्वनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयान चौथो दिन पनि ‘हेर्दाहेर्दै’मा रहेको छ। आइतबार बयान सक्ने भनिए पनि ३५ नम्बर प्रश्नमा पुगेर अड्केको छ।

मंगलबार ११ बजेका लागि छानबिन समितिको बैठक बोलाइएको छ। उक्त दिन बाँकी १३ प्रश्नमा जवाफ लिएर समितिले बयानलाई मैजारो गर्ने तयारी गरेको छ। समितिले सांसदहरुको प्रतिप्रश्न सक्दै प्रतिवेदन लेखेर संसदमा पठाउने तयारी गरेको छ। १२ औ प्रश्नबाट शुरु भएको जवाफमा न्यायाधीश नियुक्ति,संवैधानिक नियुक्ति, सर्वोच्च अदालतको भवन निर्माणसम्म जवाफ दिए । उनले न्यायाधीश नियुक्तिमा राजनीतिक हुनुमा आफ्नो नभई संरचनागत त्रुटीपूर्ण भएको दाबी गरे । उनले आफ्नो समयमा न्यायाधीशको नियुक्तिमा ढिला नभएको दाबी गरे । कहिले कहिले परिस्थिति त्यस्तै बनेका कारण ढिलाई भएको तर जानाजान नगरेको दाबी गरे । खुल्लारुपमा भन्दा कुरा बाहिर जान्छ भन्दै उनले हरेक नियुक्तिमा राजनीतिक भागबण्डा हुने बताए । उनले बारका पदाधिकारी र राजनीतिक चाहना परिषद्ले भोग्ने गरेको बताए। 

‘हरेक पार्टीले सिफारिस नै गरेर पठाएको हुन्छ । यो व्यक्तिलाई हाम्रो न्यायाधीश बनाउनुपर्छ भनेर । लेटर प्याडमा प्रधानन्यायाधीशलाई पठाएका कुरा कतै लुकेकै छैनन् । यसलाई किन लुकाउनु । यसले योग्य व्यक्ति नियुक्तिमा ढिलाई हुने गरेको हो ।’ उनले आरोप पुष्टि नहुने कुरा भएको जवाफ दिए ।

कांग्रेस र माओवादीको कुरा अस्वीकार गरेकाले संवैधानिक आयोगमा भागबण्डा लिएको आरोप 
संवैधानिक आयोगमा नियुक्ति गर्दा हिस्सा लिएको १४ नम्बरको प्रश्नमा उनले यसलाई पनि प्रष्ट राख्ने भन्दै जवाफ सुरु गरे । उनले शपथ लिएको भन्दा आँच आउने कुनैपनि काम नगरेको दाबी गरे । नेपाली कांग्रेसले निर्णय नै गरेर र माओवादी केन्द्रले उपस्थित नहुनु भनी विज्ञप्ति जारी गरेको अवस्थामा आफू पुगेकाले आरोप लागेको जवाफ दिए । उनले संविधानको शपथ खाएर प्रधानन्यायाधीश भएको तर दुई दलले प्रधानन्यायाधीश अनुपस्थित होस् भनी विज्ञप्ति निकाल्दैमा नजाने नहुने दाबी गरे । ‘माओवादी वा कांग्रेस भएर प्रधानन्यायाधीश जाने वा नजाने गर्न सक्दैन’ उनले भने ‘संविधानको सपथ लिएकाले त्यही अनुसार उपस्थित भएको हो । यो अपराध हो र ? प्रधानन्यायाधीश राजनीति गर्ने पद हो र ?’ उनले फलानो पार्टीले नआउनु भनेको छ आउँदिन भन्ने हो कि आवश्यक छैन भने संशोधन गरेर हटाउने हो भनी प्रश्न उठाए । 

प्रधानन्यायाधीशको मानिस परेको आरोपमात्र भएको भन्दै त्यहाँको प्रक्रिया बुझेर वुझ पचाएको जवाफ दिए । उनले कतिपय मुद्दा प्रधानन्यायाधीश आफैले पनि हेर्नुपर्ने र गोलाले अनिश्चिता हुने भएकाले मेरो गोलामा सहमत छैन भनेको उनले बताए । उनले गोलाले न्यायालयको छबि धरातलमा पु¥याउँछ भनेर आफूले बोलेको स्वीकार गर्दै उनले यसका धेरै नराम्रा पक्ष भएकाले अदालतको नेतृत्वमा भएका कारण यस्तो टिप्पणी गरेको बताए । उनले दलहरुले न्यायलय समाप्त पार्न चाहेका कारण आफूविरुद्ध महाभियोग दायर भएको दाबी पनि गरे । सर्वोच्च अदालतको विकृतिविहीन प्रतिवेदन आफूले सार्वजनिक गरेको दाबी गरे । उनले यो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता आफूले गरेको बताए । उनले उक्त प्रतिवेदन फुलकोर्टमा लगेर छलफल पनि गराएको उनले बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

भवन निर्माणमा लिए ओली र पौडेलको नाम 
सर्वोच्च अदालतको भवन निर्माणमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा र अर्थमन्त्री विष्णु पौडेलको नाम लिएका छन् । महाभियोग छानबिन समितिमा सोधिएको सर्वोच्चको भवन ठेक्का दिन सेटिङ भएको प्रश्नमा उनले उनीहरुको नाम लिएका हुन् । ५ अर्बको भवनमा राणाले आफ्नै नेतृत्वमा भवन निर्माण समिति ल्याउँदै टेण्डरकर्ता चारमध्ये तीन जनालाई आयोग्य घोषणा गर्दै विनापुरी–कालिका समानान्तर जेभीले पाएको थियो । उक्त कम्पनीले बिनाप्रतिस्पर्धा ठेक्का पाउँदै राज्यकोषको करिव १ अर्ब पैसा धेरै सेटिङमा दिइएको थियो । उक्त कुराको खुलासा नेपाल लाइभले गरेको थियो । महाभियोग समितिले उक्त कुरा प्रश्न नम्बर २३ मा समावेश गरेर राणालाई जिज्ञासा राखेको थियो । 

सर्वोच्च अदालतको भवन निर्माणमा धेरै मेहनत परेको उनले दाबी गरे । उनले विष्णु पौडेलतिर देखाउँदै तत्कालीन अर्थमन्त्रीले सहयोग गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोग गरेको उनले बताए । उनले कोभिडको समयमा सर्वोच्चको भवन बन्नु पर्ने भनेर तत्कालीन समयमा बजेट निकालेर दिएका कारण यो भवन निर्माणको काम आफूले थालेको उनले बताए । उनले अदालतको भवन व्यवस्थापन समितिले नीतिगत निर्णय गरेको उनले बताए । उनले भवन निर्माणमा पाएको सहयोगका लागि तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगको आफूले आभार व्यक्त गरेको उनले बताए । भवन निर्माणस्थलमा सेनाको क्यावलरी र पुरातत्व विभागको जग्गा परेकाले त्यो उपलब्ध गराउन आफूले निकै सहयोग पाएको उनले बताए । 

उनले आफूविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर हुनुमा न्यायाधीश नबनाएको दाबी गरे । उनले ओमप्रकाश अर्यालकी श्रीमतीलाई पटकपटक न्यायाधीश बनाउन सिफारिस गरेको तर आफूले अस्वीकार गरेका कारण सम्पत्ति शुद्धिकरणमा उजुरी गरेको उनले दाबी गरे । उनले अर्यालको क्यारेक्टर गम्भीर भएको भन्दै श्रीमतीलाई न्यायाधीश बनाउन नपाएपछि सम्पत्ति शुद्धीकरणको उजुरी दिएको तर अहिले विभागले उक्त निर्णयको औचित्य नभएको भनी निर्णय गरेको दाबी समेत गरे ।

उनले केही ठालु कानुन व्यवसायीहरुको सेटिङ भत्काएका कारण आफूविरुद्ध महाभियोग लागेको दाबी गरे । उनले पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठको अगुवाईमा महाभियोग दायर भएको उनले दाबी गरे । उनले पत्रकार र सञ्चार माध्यममाथि पनि प्रश्न उठाए । उनले ‘ठूला सञ्चार माध्यमले ठूला वकिलहरुको सम्पत्ति शुद्धिकरणमा जान पर्दैन ?’ भनी प्रश्न गरे । उनले आफूविरुद्ध घेराबन्दी गरेर राजीनामा दियोस् भनी चाहेको तर आफूबाट त्यो संभव नभएको दाबी गरे । उनले आफ्नो सबै परिवारको सम्पत्ति छानबिन गर्न माग गरे । उनले प्रधानन्यायाधीशकोे सम्पत्ति मात्र नभई सञ्चार माध्यमको पनि सम्पत्ति छानबिन गर्न माग गरे । उनले ‘पत्रकारलाई न्यायाधीश बनाए हुन्छ ?’ भनेर प्रश्न गरे ।

आफूलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन र महाभियोग फिर्ता लिन प्रस्ताव गरेको उनले सुनाए । उनले आफ्नो क्वाटरमा प्रचण्ड र शेरबहादुरसँग सल्लाह गरेर आएको तपाईँले राजीनामा दिनुपर्छ, महाभियोग हामी मिलाएर गर्छौं भनेको उनले व्यक्त गरे । उनले आफूमाथि गरेको निलम्वन पनि गैरकानुनी भएको जिकिर गरे। सभामुखले आग्रह गर्ने अनि महासचिवले तपाईँलाई निलम्वन गरिएको छ भनी पत्र लेखेको उनले दाबी गरे । प्रधानन्यायाधीशप्रति गठबन्धनले अविश्वास र षडयन्त्र गरेको भन्दै सर्वोच्चका न्यायाधीश फसेको र बारलाई परिचालन गरेको आरोप उनले लगाए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्