• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भः बीपी कोइरालाको १०९औं जन्मजयन्ती

लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा

64x64
डा विपिन अधिकारी शुक्रबार, भदौ २४, २०७९  १९:५६
1140x725

स्व. बीपी कोइराला बन्दी अवस्थामा हुँदा भएको स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बाको हत्या एउटा सन्सनीपूर्ण घटना थियो। उनको हत्याले बीपीलाई अत्यन्त उदास बनाएको देखिन्छ। बीपीसँगै सुन्दरीजलमा बन्दी अवस्थामा रहेका सबैको मनमा यस हत्याले ठूलो चोट पारेको र सबैलाई त्यो चोट व्यक्तिगत जस्तो गरी लागेको बीपीले जेल जर्नलमा उल्लेख गरेका छन् । उनको भनाइमा त्यो चोट कतिसम्म व्यक्तिगत लागेको थियो भने मानौं उनका साथीमध्ये नै कुनै एउटाको हत्या भएको होस्। ’हामी पनि कैदी भएकाले कांगोको कैदी प्रधानमन्त्री लुमुम्बाप्रति एउटा निकटतम भावना जागृत भएको छ’ – बीपी लेख्दछन्।

प्याट्रिस लुमुम्बा बीपीका समकक्षी कांगोली नेता थिए। बीपीभन्दा ११ वर्ष कान्छा भए पनि उनी त्यस क्षेत्रमा त्यत्ति नै प्रसिद्ध थिए, जति बीपी यस क्षेत्रमा प्रसिद्ध मानिन्थे। उनको लडाइँ प्रजातन्त्र प्राप्तिको लडाइँ मात्र थिएन। यो उपनिवेशवाद विरुद्धको लडाइँ पनि थियो। उनले बेल्जियमको एउटा उपनिवेशको रुपमा रहेको कांगोलाई एउटा स्वतन्त्र राज्यमा परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेका थिए। आफ्नो एजेण्डाप्रतिको दह्रो राजनीतिक समर्थनले गर्दा उनी सन् १९६० को जुनदेखि सेप्टेम्बरसम्म अफ्रिकाको कांगो गणराज्यका प्रधानमन्त्री भए। सम्पूर्ण अफ्रिकी जगतले उनीप्रति विश्वास र समर्थन देखाएको थियो। अतः वैचारिक रुपमा उनलाई अफ्रिकी राष्ट्रवादी पनि भनिन्छ। लुमुम्बा सन् १९५८ देखि जनवरी १९६१ मा उनको हत्या नहुञ्जेलसम्म कांगोली नेशनल मुभमेण्ट (एनएमसी) पार्टीका नेता थिए। यसको नेताकै रुपमा उनी प्रधानमन्त्री पनि भएका हुन्।

सुरुमा प्याट्रिस लुमुम्बा कांगोको औपनिवेशिक तन्त्र अन्तर्गत नै काम गरेका व्यक्ति हुन्। सन् १९५५ मा उनी स्टेनलेवीलेको सर्कल्स्को क्षेत्रीय प्रमुख पनि भए। त्यसपछि उनी बेल्जियमको लिबरल पार्टीमा सामेल हुन पुगे। उनले पार्टी साहित्यको सम्पादन तथा वितरण गरेको पनि देखिन्छ। सन् १९५६ मा बेल्जियमको एउटा अध्ययन भ्रमणपछि उनलाई हुलाकबाट २५०० डलर मोलाहिजा गरेको कसुरमा गिरफ्तार गरियो। उनलाई दोषी पाइयो र एक वर्षपछि १२ महिनाको कैद र जरिवानाको सजाय सुनाइयो। व्यक्तिका रुपमा लुमुम्बा उदार राजनीतिक प्रणालीका समर्थक मानिन्छन्। आफ्नो नियमित अध्ययनका अतिरिक्त लुमुम्बाले जीन–ज्याक्स रुसो र भोल्तेयरको ज्ञानोदयका आदर्शहरूमा रुचि लिएका थिए। उनी मोलियर र विक्टर ह्युगोका पनि पाठक थिए। उनले कविता लेखेका छन् र उनको कतिपय कार्यहरूमा साम्राज्यवाद विरोधी विषयहरू छन्। चर्को भाषण गर्ने तथा जनसमुदायलाई संगठनमा ल्याउने उनको कौशलले गर्दा साम्राज्यवाद विरुद्धको उनको आन्दोलन अघि बढ्न सकेको थियो।

लुमुम्बाको भाषणको तीक्ष्णताबाट त्यहाँ उपस्थित अधिकांश युरोपेली पत्रकारहरु स्तब्ध भएका थिए। पश्चिमी मिडियाले उनको भाषणको आलोचना गर्‍यो नै। टाइम पत्रिकाले उनको भाषणलाई ‘विषालु हमला’ पनि भन्यो।

संसारमा स्वतन्त्रताको आन्दोलन सधैँ सकारात्मक रुपमा उपलब्धिपूर्ण भएको देखिँदैन। सन् १९६० मा कांगो स्वतन्त्र हुने बित्तिकै त्यहाँ पनि तुरुन्तै सैनिक विद्रोह सुरु हुन जान्छ। बल्लबल्ल औपनिवेशिकताबाट उन्मुक्ति पाएको गरिब मुलुक कांगोलाई संकटमय बनाउन त्यो काफी थियो। यो विद्रोहसँगै कांगोको एउटा क्षेत्र कटाङ्गन कांगोबाट छुट्टिन प्रभावशाली रुपमा अघि बढ्यो। लुमुम्बाले बेल्जियम समर्थित ती कटाङ्गन विखण्डनकारीहरूलाई दबाउनका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरे। यसका साथै उनले संयुक्त राष्ट्र संघलाई पनि यो समस्यासँग जुध्न कांगोलाई सहयोग गर्न अपिल गरेका थिए। तर यी दुवै पक्ष त्यस्तो अनुरोधका प्रति उदासीन देखिएका थिए। खासमा पश्चिमी मुलुकहरूबीच कांगोमा भइरहेको परिवर्तनका बारेमा मात्र नभइ लुमुम्बाका बारेमा पनि शंका थियो।

स्वतन्त्रताको लडाइँमा लुमुम्बाको नेतृत्व प्रभावकारी भए पनि अधिकांश पश्चिमी मुलुकहरूलाई लुमुम्बा स्पष्ट रुपमा साम्यवादी विचारका नेता लागेका थिए। कांगोको परिस्थिति निरन्तर बिग्रँदै थियो। यसपछि लुमुम्बाले सोभियत संघलाई सहयोगका लागि अनुरोध गरे। शीतयुद्धको उक्त विषम अवधिमा यस घटनाले गर्दा लुमुम्बालाई साम्यवादी भन्नलाई उनका विरोधी तथा अन्य पश्चिमी मुलुकलाई थप आधार प्राप्त भएको देखियो। अमेरिकी गुप्तचर संस्था सिआइएले कांगोमा भएको परिवर्तनलाई ’क्लासिक कम्युनिस्ट उपार्जन’ का रुपमा वर्णन गर्‍यो। यसका कारण राष्ट्रपति जोसेफ कासावुबु र चिफ अफ स्टाफ जोसेफ डेसिरे मोबुतुका साथै संयुक्त राज्य अमेरिका र बेल्जियमका बीच पनि मतभेद बढ्न गए।

मोबुतुले सैन्य ’कू’ गरेपछि हतोत्साहित भएका प्याट्रिस लुमुम्बाले आफ्ना समर्थकहरूमा समावेश हुनका लागि कांगोको स्टेनलिविलबाट भाग्ने प्रयास गरे। उनले कांगोको मुक्त गणराज्य नामको एउटा नयाँ विरोधी मोबुतु प्रतिद्वन्द्वी राज्य स्थापना गर्ने प्रयास गरेका थिए। पछि उनलाई मोबुतु अन्तर्गत राज्यका शासकहरूले नै गिरफ्तार गरी नियन्त्रणमा लिए। यो कार्य कटाङ्गनका अधिकारीहरूको कमान अन्तर्गत एउटा फायरिङ स्क्वाडद्वारा सम्पादन गरिएको थियो। त्यसपछि उनको हत्या गरियो। यो हत्यापछि लुमुम्बालाई व्यापक रुपले प्यान–अफ्रिकी आन्दोलनका लागि एउटा सहिदका रुपमा हेर्न थालियो। धेरै पछि सन् २००२ मा आएर मात्र बेल्जियमले हत्यामा आफ्नो भूमिकाका लागि औपचारिक रुपमा माफी मागेको देखिन्छ।

LUMBA1662732669.png

Ncell 2
Ncell 2
nimb
nimb

कांगो स्वतन्त्र भएपछि जुन ३०, १९६० मा स्वतन्त्रता दिवसको एउटा समारोहको आयोजना गरिएको थियो। यसमा बेल्जियमका राजा बौदौइन समेत विभिन्न पदाधिकारीहरू आमन्त्रित थिए। सुरुमा लुमुम्बालाई बोल्ने मान्छेको सूचीमा राखिएको थिएन। तर उनले त्यहाँ भाषण गर्न पाए। लुमुम्बाको उक्त भाषणले के स्पष्ट ग¥यो भने कांगोको स्वतन्त्रता बेल्जियमले उदारतापूर्वक दिएको थिएन। त्यसमा उनको विचार के थियो भने कांगोले प्राप्त गरेको स्वतन्त्रता लडेरै जितिएको स्वतन्त्रता हो। यद्यपि बेल्जियमसँग सम्झौताका आधारमा उपरोक्त स्वतन्त्रताको घोषणा गरिएको थियो। कांगो र बेल्जियम आज समानताको आधारमा उभिएका छन्। तर कुनै पनि कांगोलीले यो स्वतन्त्रता लडेरै जितिएको हो भन्ने तथ्यलाई कहिल्यै पनि भुल्न सक्ने छैन। यो लडाइँ प्रतिदिनको लडाइँ थियो। यो लडाइँ उत्साही र आदर्शवादी लडाइँ पनि थियो। यो लडाइँ हामीले अभाव र पीडा दुवै खप्यौं । आफ्नो तागत र आफ्नो रगत मुलुकलाई दियौं। त्यसबाट स्वतन्त्रता प्राप्त भएको हो। अतः उनले भनेका थिए– ’यो एउटा महान र न्यायपूर्ण संघर्ष थियो र त्यो अपमानजनक दासतालाई समाप्त गर्न अपरिहार्य थियो, जो हामीउपर बलपूर्वक थोपरिएको थियो।’

लुमुम्बाको भाषणको तीक्ष्णताबाट त्यहाँ उपस्थित अधिकांश युरोपेली पत्रकारहरू स्तब्ध भएका थिए। पश्चिमी मिडियाले उनको भाषणको आलोचना गर्‍यो नै। टाइम पत्रिकाले उनको भाषणलाई ‘विषालु हमला’ पनि भन्यो। पश्चिमी मुलुकहरूमा कतिपय मान्छेलाई डर थियो कि लुमुम्बाको उक्त भाषण हतियारका लागि गरिएको आह्वान थियो, जसले बेल्जियम र कांगोको बीचको शत्रुतालाई पुनर्जीवित गर्नेछ र बेल्जियमको यो पूर्वउपनिवेशलाई अराजकतामा डुबाउने छ।

जुलाई २२, १९६० को एउटा अन्तरवार्तामा के तपाईं कम्युनिष्ट हो? भन्ने प्रश्नमा लुमुम्बाले भनेका थिए –’मप्रति लक्षित यो ‘प्रोपोगाण्डिस्ट ट्रिक’ हो। म कम्युनिष्ट होइन। साम्यवादीहरूले मुलुकभरि मविरुद्ध अभियान सञ्चालन गरेका छन्। म क्रान्तिवादी हुँ तथा उपनिवेशवादको अन्त्यको माग गर्दछु। जसले हाम्रो मानवीय आत्मसम्मानलाई उपेक्षा गरेको छ। उनीहरू मलाई कम्युनिस्टका रुपमा हेर्दछन्। किनकी मैले साम्राज्यवादीहरूको घुस खान अस्वीकार गरेको छु।’

लुमुम्बा आफूलाई राष्ट्रवादी भन्दथे। उनले आफूलाई न कम्युनिस्टका रुपमा स्वीकार गरे, न क्याथोलिक वा समाजवादीकै रुपमा। उनी सकारात्मक तटस्थताको सिद्धान्तमा विश्वास गर्दथे। मुलुक वा आफ्ना लागि के सही हो? त्यसबारे छनोट गर्ने अधिकार हामी आफैंसँग छ भन्ने मान्दथे।

प्याट्रिस लुमुम्बाको कटाङ्गामा भएको हत्या बीपीको भनाइमा– ’बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।’ पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्याकाण्ड गरिएको उल्लेख गरेका छन्। हत्याको जघन्यतालाई स्पष्ट गर्दै बीपी लेख्दछन्– ’मलाई व्यक्तिगत रुपले पनि हत्या अत्यन्त जघन्य कुरा जस्तो लाग्छ। लडाइँको मैदानमा या यस्तै कुनै क्षणिक आवेगमा जोशाजोशको परिणाम स्वरुप कसैको मृत्यु हुन्छ, अथवा कुनै आदर्शका लागि जानीजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो अकाल मृत्युले त झन् जीवनलाई बढी समृद्धशाली पनि तुल्याउँछ। त्यसमा हिंसा रहँदैन, केवल बलिदान रहन्छ। मनुष्य जीवन त्यस्तो बलिदानले सार्थक हुन्छ।’

’लुमुम्बाको मृत्यु– यो हत्या केवल हिंसा भावनाको पराकाष्ठा हो। यो हत्या निरर्थक मात्र नभएर यसले जीवनलाई अकिञ्चन बनाउँछ। आजको मानव जीवन मानौं विष–वाटिकामा हुर्कने प्रयत्न गरिरहेको छ। लुमुम्बाको हत्याले मानवताले फेर्ने वायुलाई दुषित पार्न यो विष–वाटिकामा अर्को विष वृक्ष रोपियो। यो अकल्याण छ मानव जातिका लागि। म उसको पत्नीलाई सम्झिन्छु। उसलाई मैले देख्या, न जान्या; तर उसको रोएको अनुहार राष्ट्र संघका प्रतिनिधि दयालसँग छ/सात माइल पैदल हिँडेर अस्तव्यस्त क्लान्त भएको शरीर मानवताको अहिलेको वर्तमान साकार मूर्ति जस्तो लाग्छ। मलाई सबैभन्दा ठूलो ममता बालक र स्त्रीका प्रति छ। लुमुम्बाकी पत्नीले यतिका लागि मात्र गुहार मागेकी छ, पतिको शव मैले पाउँ।’ यो भनाइलाई उद्धृत गरेर बीपीले निर्ममताको पराकाष्ठातर्फ इंगित गरेको देखिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा विपिन अधिकारी
लेखकबाट थप
लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्