• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भः बीपी कोइरालाको १०९औं जन्मजयन्ती

लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा

64x64
डा विपिन अधिकारी शुक्रबार, भदौ २४, २०७९  १९:५६
1140x725

स्व. बीपी कोइराला बन्दी अवस्थामा हुँदा भएको स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बाको हत्या एउटा सन्सनीपूर्ण घटना थियो। उनको हत्याले बीपीलाई अत्यन्त उदास बनाएको देखिन्छ। बीपीसँगै सुन्दरीजलमा बन्दी अवस्थामा रहेका सबैको मनमा यस हत्याले ठूलो चोट पारेको र सबैलाई त्यो चोट व्यक्तिगत जस्तो गरी लागेको बीपीले जेल जर्नलमा उल्लेख गरेका छन् । उनको भनाइमा त्यो चोट कतिसम्म व्यक्तिगत लागेको थियो भने मानौं उनका साथीमध्ये नै कुनै एउटाको हत्या भएको होस्। ’हामी पनि कैदी भएकाले कांगोको कैदी प्रधानमन्त्री लुमुम्बाप्रति एउटा निकटतम भावना जागृत भएको छ’ – बीपी लेख्दछन्।

प्याट्रिस लुमुम्बा बीपीका समकक्षी कांगोली नेता थिए। बीपीभन्दा ११ वर्ष कान्छा भए पनि उनी त्यस क्षेत्रमा त्यत्ति नै प्रसिद्ध थिए, जति बीपी यस क्षेत्रमा प्रसिद्ध मानिन्थे। उनको लडाइँ प्रजातन्त्र प्राप्तिको लडाइँ मात्र थिएन। यो उपनिवेशवाद विरुद्धको लडाइँ पनि थियो। उनले बेल्जियमको एउटा उपनिवेशको रुपमा रहेको कांगोलाई एउटा स्वतन्त्र राज्यमा परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेका थिए। आफ्नो एजेण्डाप्रतिको दह्रो राजनीतिक समर्थनले गर्दा उनी सन् १९६० को जुनदेखि सेप्टेम्बरसम्म अफ्रिकाको कांगो गणराज्यका प्रधानमन्त्री भए। सम्पूर्ण अफ्रिकी जगतले उनीप्रति विश्वास र समर्थन देखाएको थियो। अतः वैचारिक रुपमा उनलाई अफ्रिकी राष्ट्रवादी पनि भनिन्छ। लुमुम्बा सन् १९५८ देखि जनवरी १९६१ मा उनको हत्या नहुञ्जेलसम्म कांगोली नेशनल मुभमेण्ट (एनएमसी) पार्टीका नेता थिए। यसको नेताकै रुपमा उनी प्रधानमन्त्री पनि भएका हुन्।

सुरुमा प्याट्रिस लुमुम्बा कांगोको औपनिवेशिक तन्त्र अन्तर्गत नै काम गरेका व्यक्ति हुन्। सन् १९५५ मा उनी स्टेनलेवीलेको सर्कल्स्को क्षेत्रीय प्रमुख पनि भए। त्यसपछि उनी बेल्जियमको लिबरल पार्टीमा सामेल हुन पुगे। उनले पार्टी साहित्यको सम्पादन तथा वितरण गरेको पनि देखिन्छ। सन् १९५६ मा बेल्जियमको एउटा अध्ययन भ्रमणपछि उनलाई हुलाकबाट २५०० डलर मोलाहिजा गरेको कसुरमा गिरफ्तार गरियो। उनलाई दोषी पाइयो र एक वर्षपछि १२ महिनाको कैद र जरिवानाको सजाय सुनाइयो। व्यक्तिका रुपमा लुमुम्बा उदार राजनीतिक प्रणालीका समर्थक मानिन्छन्। आफ्नो नियमित अध्ययनका अतिरिक्त लुमुम्बाले जीन–ज्याक्स रुसो र भोल्तेयरको ज्ञानोदयका आदर्शहरूमा रुचि लिएका थिए। उनी मोलियर र विक्टर ह्युगोका पनि पाठक थिए। उनले कविता लेखेका छन् र उनको कतिपय कार्यहरूमा साम्राज्यवाद विरोधी विषयहरू छन्। चर्को भाषण गर्ने तथा जनसमुदायलाई संगठनमा ल्याउने उनको कौशलले गर्दा साम्राज्यवाद विरुद्धको उनको आन्दोलन अघि बढ्न सकेको थियो।

लुमुम्बाको भाषणको तीक्ष्णताबाट त्यहाँ उपस्थित अधिकांश युरोपेली पत्रकारहरु स्तब्ध भएका थिए। पश्चिमी मिडियाले उनको भाषणको आलोचना गर्‍यो नै। टाइम पत्रिकाले उनको भाषणलाई ‘विषालु हमला’ पनि भन्यो।

संसारमा स्वतन्त्रताको आन्दोलन सधैँ सकारात्मक रुपमा उपलब्धिपूर्ण भएको देखिँदैन। सन् १९६० मा कांगो स्वतन्त्र हुने बित्तिकै त्यहाँ पनि तुरुन्तै सैनिक विद्रोह सुरु हुन जान्छ। बल्लबल्ल औपनिवेशिकताबाट उन्मुक्ति पाएको गरिब मुलुक कांगोलाई संकटमय बनाउन त्यो काफी थियो। यो विद्रोहसँगै कांगोको एउटा क्षेत्र कटाङ्गन कांगोबाट छुट्टिन प्रभावशाली रुपमा अघि बढ्यो। लुमुम्बाले बेल्जियम समर्थित ती कटाङ्गन विखण्डनकारीहरूलाई दबाउनका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरे। यसका साथै उनले संयुक्त राष्ट्र संघलाई पनि यो समस्यासँग जुध्न कांगोलाई सहयोग गर्न अपिल गरेका थिए। तर यी दुवै पक्ष त्यस्तो अनुरोधका प्रति उदासीन देखिएका थिए। खासमा पश्चिमी मुलुकहरूबीच कांगोमा भइरहेको परिवर्तनका बारेमा मात्र नभइ लुमुम्बाका बारेमा पनि शंका थियो।

स्वतन्त्रताको लडाइँमा लुमुम्बाको नेतृत्व प्रभावकारी भए पनि अधिकांश पश्चिमी मुलुकहरूलाई लुमुम्बा स्पष्ट रुपमा साम्यवादी विचारका नेता लागेका थिए। कांगोको परिस्थिति निरन्तर बिग्रँदै थियो। यसपछि लुमुम्बाले सोभियत संघलाई सहयोगका लागि अनुरोध गरे। शीतयुद्धको उक्त विषम अवधिमा यस घटनाले गर्दा लुमुम्बालाई साम्यवादी भन्नलाई उनका विरोधी तथा अन्य पश्चिमी मुलुकलाई थप आधार प्राप्त भएको देखियो। अमेरिकी गुप्तचर संस्था सिआइएले कांगोमा भएको परिवर्तनलाई ’क्लासिक कम्युनिस्ट उपार्जन’ का रुपमा वर्णन गर्‍यो। यसका कारण राष्ट्रपति जोसेफ कासावुबु र चिफ अफ स्टाफ जोसेफ डेसिरे मोबुतुका साथै संयुक्त राज्य अमेरिका र बेल्जियमका बीच पनि मतभेद बढ्न गए।

मोबुतुले सैन्य ’कू’ गरेपछि हतोत्साहित भएका प्याट्रिस लुमुम्बाले आफ्ना समर्थकहरूमा समावेश हुनका लागि कांगोको स्टेनलिविलबाट भाग्ने प्रयास गरे। उनले कांगोको मुक्त गणराज्य नामको एउटा नयाँ विरोधी मोबुतु प्रतिद्वन्द्वी राज्य स्थापना गर्ने प्रयास गरेका थिए। पछि उनलाई मोबुतु अन्तर्गत राज्यका शासकहरूले नै गिरफ्तार गरी नियन्त्रणमा लिए। यो कार्य कटाङ्गनका अधिकारीहरूको कमान अन्तर्गत एउटा फायरिङ स्क्वाडद्वारा सम्पादन गरिएको थियो। त्यसपछि उनको हत्या गरियो। यो हत्यापछि लुमुम्बालाई व्यापक रुपले प्यान–अफ्रिकी आन्दोलनका लागि एउटा सहिदका रुपमा हेर्न थालियो। धेरै पछि सन् २००२ मा आएर मात्र बेल्जियमले हत्यामा आफ्नो भूमिकाका लागि औपचारिक रुपमा माफी मागेको देखिन्छ।

LUMBA1662732669.png

nimb
nimb
Ncell 2
Ncell 2

कांगो स्वतन्त्र भएपछि जुन ३०, १९६० मा स्वतन्त्रता दिवसको एउटा समारोहको आयोजना गरिएको थियो। यसमा बेल्जियमका राजा बौदौइन समेत विभिन्न पदाधिकारीहरू आमन्त्रित थिए। सुरुमा लुमुम्बालाई बोल्ने मान्छेको सूचीमा राखिएको थिएन। तर उनले त्यहाँ भाषण गर्न पाए। लुमुम्बाको उक्त भाषणले के स्पष्ट ग¥यो भने कांगोको स्वतन्त्रता बेल्जियमले उदारतापूर्वक दिएको थिएन। त्यसमा उनको विचार के थियो भने कांगोले प्राप्त गरेको स्वतन्त्रता लडेरै जितिएको स्वतन्त्रता हो। यद्यपि बेल्जियमसँग सम्झौताका आधारमा उपरोक्त स्वतन्त्रताको घोषणा गरिएको थियो। कांगो र बेल्जियम आज समानताको आधारमा उभिएका छन्। तर कुनै पनि कांगोलीले यो स्वतन्त्रता लडेरै जितिएको हो भन्ने तथ्यलाई कहिल्यै पनि भुल्न सक्ने छैन। यो लडाइँ प्रतिदिनको लडाइँ थियो। यो लडाइँ उत्साही र आदर्शवादी लडाइँ पनि थियो। यो लडाइँ हामीले अभाव र पीडा दुवै खप्यौं । आफ्नो तागत र आफ्नो रगत मुलुकलाई दियौं। त्यसबाट स्वतन्त्रता प्राप्त भएको हो। अतः उनले भनेका थिए– ’यो एउटा महान र न्यायपूर्ण संघर्ष थियो र त्यो अपमानजनक दासतालाई समाप्त गर्न अपरिहार्य थियो, जो हामीउपर बलपूर्वक थोपरिएको थियो।’

लुमुम्बाको भाषणको तीक्ष्णताबाट त्यहाँ उपस्थित अधिकांश युरोपेली पत्रकारहरू स्तब्ध भएका थिए। पश्चिमी मिडियाले उनको भाषणको आलोचना गर्‍यो नै। टाइम पत्रिकाले उनको भाषणलाई ‘विषालु हमला’ पनि भन्यो। पश्चिमी मुलुकहरूमा कतिपय मान्छेलाई डर थियो कि लुमुम्बाको उक्त भाषण हतियारका लागि गरिएको आह्वान थियो, जसले बेल्जियम र कांगोको बीचको शत्रुतालाई पुनर्जीवित गर्नेछ र बेल्जियमको यो पूर्वउपनिवेशलाई अराजकतामा डुबाउने छ।

जुलाई २२, १९६० को एउटा अन्तरवार्तामा के तपाईं कम्युनिष्ट हो? भन्ने प्रश्नमा लुमुम्बाले भनेका थिए –’मप्रति लक्षित यो ‘प्रोपोगाण्डिस्ट ट्रिक’ हो। म कम्युनिष्ट होइन। साम्यवादीहरूले मुलुकभरि मविरुद्ध अभियान सञ्चालन गरेका छन्। म क्रान्तिवादी हुँ तथा उपनिवेशवादको अन्त्यको माग गर्दछु। जसले हाम्रो मानवीय आत्मसम्मानलाई उपेक्षा गरेको छ। उनीहरू मलाई कम्युनिस्टका रुपमा हेर्दछन्। किनकी मैले साम्राज्यवादीहरूको घुस खान अस्वीकार गरेको छु।’

लुमुम्बा आफूलाई राष्ट्रवादी भन्दथे। उनले आफूलाई न कम्युनिस्टका रुपमा स्वीकार गरे, न क्याथोलिक वा समाजवादीकै रुपमा। उनी सकारात्मक तटस्थताको सिद्धान्तमा विश्वास गर्दथे। मुलुक वा आफ्ना लागि के सही हो? त्यसबारे छनोट गर्ने अधिकार हामी आफैंसँग छ भन्ने मान्दथे।

प्याट्रिस लुमुम्बाको कटाङ्गामा भएको हत्या बीपीको भनाइमा– ’बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।’ पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्याकाण्ड गरिएको उल्लेख गरेका छन्। हत्याको जघन्यतालाई स्पष्ट गर्दै बीपी लेख्दछन्– ’मलाई व्यक्तिगत रुपले पनि हत्या अत्यन्त जघन्य कुरा जस्तो लाग्छ। लडाइँको मैदानमा या यस्तै कुनै क्षणिक आवेगमा जोशाजोशको परिणाम स्वरुप कसैको मृत्यु हुन्छ, अथवा कुनै आदर्शका लागि जानीजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो अकाल मृत्युले त झन् जीवनलाई बढी समृद्धशाली पनि तुल्याउँछ। त्यसमा हिंसा रहँदैन, केवल बलिदान रहन्छ। मनुष्य जीवन त्यस्तो बलिदानले सार्थक हुन्छ।’

’लुमुम्बाको मृत्यु– यो हत्या केवल हिंसा भावनाको पराकाष्ठा हो। यो हत्या निरर्थक मात्र नभएर यसले जीवनलाई अकिञ्चन बनाउँछ। आजको मानव जीवन मानौं विष–वाटिकामा हुर्कने प्रयत्न गरिरहेको छ। लुमुम्बाको हत्याले मानवताले फेर्ने वायुलाई दुषित पार्न यो विष–वाटिकामा अर्को विष वृक्ष रोपियो। यो अकल्याण छ मानव जातिका लागि। म उसको पत्नीलाई सम्झिन्छु। उसलाई मैले देख्या, न जान्या; तर उसको रोएको अनुहार राष्ट्र संघका प्रतिनिधि दयालसँग छ/सात माइल पैदल हिँडेर अस्तव्यस्त क्लान्त भएको शरीर मानवताको अहिलेको वर्तमान साकार मूर्ति जस्तो लाग्छ। मलाई सबैभन्दा ठूलो ममता बालक र स्त्रीका प्रति छ। लुमुम्बाकी पत्नीले यतिका लागि मात्र गुहार मागेकी छ, पतिको शव मैले पाउँ।’ यो भनाइलाई उद्धृत गरेर बीपीले निर्ममताको पराकाष्ठातर्फ इंगित गरेको देखिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा विपिन अधिकारी
लेखकबाट थप
लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन बिहीबार, वैशाख ३१, २०८३
नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामा खुम्च्याउनु संसदको अपमान: अर्जुननरसिंह केसी बिहीबार, वैशाख ३१, २०८३
सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिको जिम्मेवारी अरूलाई दिने गगन थापाको चेतावनी बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्