• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अनलाइन यौन हिंसा : फेसबुकबाट मात्रै ३९ प्रतिशत युवती हिंसाको सिकार

64x64
धनु विश्वकर्मा मंगलबार, भदौ २१, २०७९  २१:३५
1140x725

काठमाडौं- सुनिता परियार (नाम परिवर्तन) पद्मकन्या बुहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्ष अध्ययनरत विद्यार्थी हुन्। गाउँकै विद्यालयबाट १२ कक्षा पास गरेपछि उच्चशिक्षा अध्ययन तथा लोकसेवाको तयारी गर्न काठमाडौं आएकी सुनिता अहिले साथीसँग शंखमुलमा बस्दै आएकी छिन्।

लोकसेवा तयारीका क्रममा उनी फेसबुकमा बढी सक्रिय भइन्। तर म्यासेन्जरमा विभिन्नथरीका म्यासेज आउन थाले। आफूभन्दा बढी उमेरका मान्छेले समेत अनेक म्यासेज गरेर जिस्क्याउने गरेपछि हैरान भएर उनी अफलाइन बसेर फेसबुक चलाउन थालिन्।

तैपनि, म्यासेज आउन छाडेन। यतिसम्म कि, म्यासेन्जरमा आएका म्यासेज आफन्तले देख्लान् भन्ने डरले मोबाइलका सबै एपमा लक लगाइन्। विस्तारै उनलाई फेसबुकप्रति वितृष्णा जाग्न थाल्यो। सुनिता भन्छिन्, 'कति पटक त एकाउन्ट नै ब्लक गरें। आफ्नै कोठाभित्र बस्दा पनि हामीलाई सुरक्षा छैन।'

अहिले उनलाई फेसबुकबाट टाढा हुन मन लागेको छ। भन्छिन्, 'क्याम्पसमा कहिलेकाहीँ साथी-साथीबीच सामाजिक सञ्जालबाट हुने असुरक्षाका बारेमा बहस पनि हुन्छ।'

अनलाइन यौन हिंसामा फेसबुक पहिलो
प्लान इन्टरनेसनल नेपालले हालसालै सार्वजनिक गरेको एक सर्वेक्षणमा अनलाइन यौन हिंसा बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ। सर्वेमा प्लानले अधिकांश कमजोर आर्थिक अवस्था भएका महिलाहरु अनलाइन हिंसामा परेको निष्कर्ष निकालेको छ। 

अनलाइन यौन हिंसा हुने सामाजिक सञ्जालहरूमा सबैभन्दा धेरै फेसबुक ३९ प्रतिशत, इन्स्टाग्राम २३ प्रतिशत, ह्वाट्सएप १४ प्रतिशत, स्न्याप च्याट १० प्रतिशत, ट्वीटर ९ प्रतिशत र टिकटक ६ प्रतिशत रहेको सो प्रतिवेदनमा उल्लेख छ।

२२ देशका १५ देखि २५ उमेर समूहका १४ हजार महिलामा गरिएको सर्वेक्षणमा १९ प्रतिशत महिलाले सामाजिक सञ्जाल विस्तारै छोड्दै गएको भेटिएको छ। २२ प्रतिशत महिलाले सामाजिक सञ्जालले गर्दा डर पैदा गरेको तथ्यांक छ भने ४४ प्रतिशत महिलाले सामाजिक सञ्जाललाई सुरक्षित राख्न सुझाव दिएका छन्।

त्यस्तै १२ प्रतिशत महिलाले सामाजिक सञ्जाल चलाउने तरिका नै परिवर्तन गरेको देखाएको छ। यो सर्वेक्षण ब्राजिल, बेनिन, अमेरिका, भारत र दक्षिण एसियाका देशहरुमा गरिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्लान इन्टरनेसनलका सीईओ एनी बिर्गिट अल्ब्रेक्टसेन भन्छिन्, 'यो अनुसन्धान विभिन्न देशका १४ हजारभन्दा बढी किशोरीसँग कुराकानी गरेर गरिएको थियो। उनीहरूले उत्पीडन र भेदभावको समान अनुभव साटेका थिए।'

सामाजिक सञ्जालमा महिलामाथि हुने यस्ता आक्रमणले उनीहरुको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्दै लगेको उनले बताइन्। 'यसले बढ्दो डिजिटल संसारमा महिलालाई अनलाइन स्पेसबाट बाहिर निकाल्न खोज्दैछ। उनीहरूको हेर्ने, सुन्ने र नेता बन्ने क्षमतालाई हानि पुर्‍याउँदै लगेको छ,' अल्ब्रेक्टसेनले भनिन्।

अनलाइन हिंसाले महिलाको आत्मविश्वासमा गहिरो प्रभाव पारेको उनले बताइन्। 'कोभिड-१९ महामारीले मानव जीवनलाई अनलाइनतर्फ बढाइरहेको छ। तर महिलामाथि हुने अनलाइन हिंसा जारी छ। डिजिटल प्लेटफर्महरूले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा गर्ने समय आएको छ,' उनी भन्छिन्। 

अनुसन्धानबाट सबैभन्दा सामान्य प्रकारको आक्रमण अपमानजनक भाषाको प्रयोग भएको भेटिएको छ। सो अनुसन्धानका क्रममा ५९ प्रतिशत किशोरीले आफूहरु डिजिटल हिंसाबाट पीडित भएको बताएका थिए। यस्तै उद्देश्यपूर्ण अपमान ४१ प्रतिशत, शरीर श्रम र यौन हिंसाको धम्की दुवै ३९ प्रतिशत रहेको रिपोर्टले देखाएको छ। 

एक तिहाइभन्दा बढी (३७ प्रतिशत) युवती जो एक जातीय अल्पसंख्यक हुन् र उनीहरुले अनलाइनबाट दुर्व्यवहार भोगेका छन्। जबकी आधाभन्दा बढी ३७ प्रतिशत जो एलजिबिटिक्यु+ भनेर चिनिन्छन् उनीहरू आफूहरुमाथि उत्पीडन भएको बताउँछन्। लैङ्गिक पहिचान वा यौन झुकावका उनीहरु पीडित भएको रिपोर्टमा उल्लेख छ। 

महिला तथा युवतीको अनलाइन अनुभवमा सामाजिक सञ्जाल युवाहरूको जीवनको महत्त्वपूर्ण भाग रहेको देखाएको छ। सक्रियता, मनोरञ्जन, साथीहरू र परिवारसँग सम्पर्कमा रहन अनलाइनको प्रयोग व्यापक रूपमा गरिन्छ।

सर्वेक्षणमा सहभागीमध्ये तीन चौथाई (७४ प्रतिशत) ले कोभिडका बेलामा बारम्बार वा धेरै पटक सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको बताएका छन्। त्यतिबेला घरभित्रै रहनुपर्ने अवस्थाका कारण डिजिटल प्लेटफर्मको प्रयोग ज्यादा गर्नुपरेको उनीहरुको अनुभव थियो।

नेपालकी १८ वर्षीया एक युवती भन्छिन्, 'आजका दिनमा सामाजिक सञ्जाल निकै महत्त्वपूर्ण छ। र, म प्रायः दिनको तीनदेखि चार घण्टासम्म प्रयोग गरिरहेकी छु।' यद्यपि, सामाजिक सञ्जालको अधिक प्रयोगले युवतीहरूलाई असुरक्षित बनाइरहेको छ।' सडक उत्पीडनभन्दा अनलाइन उत्पीडन कहालीलाग्दो रहेको ती युवतीले बताएकी छन्।

यो अनुसन्धान गर्ल्स गेट इक्वल, प्लान इन्टरनेसनलको विश्वव्यापी अभियानको एक भागको रूपमा गरिएको थियो जहाँ युवतीहरू नेता बन्ने र वरपरको संसारलाई आकार दिने शक्ति हुन सक्ने दावी गरिएको छ। 

अभियानमा सहभागी विश्वभरका युवतीहरुले फेसबुक, इन्स्टाग्राम, टिकटक र ट्विटरमा खुला पत्र लेखेका छन्। सो पत्रमा उनीहरूमाथि हुने दुर्व्यवहार र उत्पीडनको रिपोर्ट गर्न बलियो र प्रभावकारी तरिकाहरू सिर्जना गर्न आह्वान गरिएको छ। 

प्लान इन्टरनेसनलले विश्वभरका सरकारहरूलाई अनलाइनमार्फत हुने लिङ्गमा आधारित हिंसासँग लड्न र पीडित बालिकाहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न विशेष कानुनहरू लागू गर्न पनि आग्रह गरिरहेको छ।

सामाजिक मिडिया कम्पनीहरुले हानिकारक व्यवहारको सामना गर्न र आफ्ना प्लेटफर्महरू सुरक्षित वातावरण हो भनी सुनिश्चित गर्न आवश्यक छ। जसले युवती, एलजिबिटिक्यु+ युवा र उत्पीडनको जोखिममा रहेका अन्य समूहलाई आफूलाई पूर्ण रूपमा अभिव्यक्त गर्न र आधुनिक संसारलाई आकार दिन आफ्नो सही भूमिका खेल्न पनि उक्त अभियानमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ... शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद प्रहरीका अनुसार उक्त विभिन्न कम्पनीका हुक्काका फ्लेभरहरु चावहिल र कपन क्षेत्रबाट बरामद गरिएको हो । शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले लामो निगरानीपछि सुनसहित भारतीय नागरिक मणिक दासलाई समातेको हो । उनीबाट १ किलो ४ सय ग्राम सुन... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्