काठमाडौं– राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको उक्त विधेयकलाई सर्वसम्मत स्वीकृत गरिएको हो।
विधेयकको विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राखेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिनिधि सभाको आर्थिक समितिमा सरोकारवालासँग छलफल भई पारित भएको र प्रतिनिधि सभाले पनि पारित गरेको यो विधेयकलाई बढी व्यवहारिक र समयसापेक्ष बनाउने गरी ल्याइएको दाबी गरे।
उनले सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले देशको द्रुत आर्थिक विकास, आर्थिक स्थायित्व कायम गर्नका लागि सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा म्रौद्रिक नीतिबीच समञ्जस्यता कायम गर्न विधेयक ल्याइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।