काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी- १ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन्। गुल्मी- २ बाट भने सचिव गोकर्ण बिष्टसहित तीनजनाको नाम सिफारिस भएको छ।
क्षेत्र - २ मा भने पार्टी सचिव बिष्टका साथै प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमसहित तीनजना सिफारिस भएका छन्।
क्षेत्र- २ को 'क' प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लीराज भुसाल र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सीता भण्डारी, मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन्।
प्रदेश 'ख' मा केन्द्रीय सदस्य दिनेश पन्थी अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।