• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्र शमशेर बयानको तेस्रो दिन- ‘संवैधानिक परिषद्‌मा सहभागी नहुन कांग्रेस र माओवादीबाट दबाब आयो’

रञ्जन कोइरालादेखि ५२ संवैधानिक नियुक्तिका मुद्दामा बचाउ
64x64
दुर्गा दुलाल आइतबार, भदौ १९, २०७९  २०:५५
1140x725

काठमाडौं– महाभियोगको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तेस्रो दिन, आइतबार संसदीय समितिमा उपस्थित भएर बयान दिएका छन्।

राणाले आइतबार महाभियोग सिफारिस समितिमा उपस्थित भएर पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा गरेको फैसलाको आधारमा आफूमाथि महाभियोग लाग्ने हो भने आफू तयार रहेको भन्दै समितिलाई चुनौती दिए। त्यस्तै उनले संवैधानिक नियुक्तिमा जानेर वा बदनियत राखेर कुनै पनि काम नगरेको दाबी गरे।

उनले प्रतिनिधि सभा विघटनसँग मुद्दा दायर भएको र विविध कारणले सुनुवाइ हुन नसकेकाले यसले महाभियोग पुष्टि नहुने दाबी गरे। उनले आफू हुँदा सुनुवाइ नभएको भनी आरोप लागेको तर अहिले साढे ६ महिनासम्म किन सुनुवाइ भएन भनी प्रश्न उठाए।

आइतबारको बयानका क्रममा पहिलो प्रश्न प्रधानन्यायाधीश असक्षम रहेको र पदीय जिम्मेवारीका साथै पदीय आचरणको काम गर्न नसकेको भनी समितिका सभापति रामबहादुर विष्टले प्रश्न गरेका छन्।  

न्याय प्रशासनको जिम्मेवारी प्रधानन्यायाधीशले लिँदा दुई प्रकारको दायित्व आउने भन्दै त्यसमा आफू कतै पनि नचुकेको उनले दाबी गरे। प्रशासनीय दायित्व र न्यायिक काममा आफू कतै पनि नचुकेको उनले बताए। 

राणाले न्यायिक काममा न्यायाधीशलाई तोक्ने कार्य गरेर कसरी अन्याय गरें भनी प्रश्न गरे। उनले आफूले मुद्दा तोक्दा कसलाई तोकें, कसलाई तोकिनँ त्यसको प्रमाण नभई आरोप लगाएको दाबी गरे।

उनले कुनै पनि मुद्दामा दबाब नदिएको भन्दै कहाँबाट दायित्वमा चुकेको हो भनी प्रश्न गरेका थिए। न्यायाधीशले भ्रष्टाचार गरेको कुरामा न्याय परिषदबाट कारबाही गर्दा कहाँ चुकेको छ, सैद्धान्तिक आधारमा मात्र प्रधानन्यायाधीशमाथि आरोप लगाउन नमिल्ने उनले दाबी गरे। सरुवा र काजमा पनि आफू कहीँनेर नचुकेको उनको भनाइ थियो।

न्यायपरिषदको संचरनामा प्रधानन्यायाधीश एक्लै नहुने भएकाले त्यसमा दोषी देखाउन नमिल्ने भन्दै उनले यसमा किन प्रधानन्यायाधीशलाई मात्र आरोप लागेको हो भनी उनले प्रश्न गरे। उनले आफू संविधानले तोकेको दायित्वबाट कतै पनि नचुकेको दाबी गरे। आरोप झुटो भएकाले महाभियोग नलाग्ने उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

सभापति विष्टले प्रश्न गर्दै न्याय निरुपण गर्ने कार्यमा कसैको निहित स्वार्थ पूर्तिका लागि काम गरेको आरोप भएकाले त्यसमा आफ्नो भनाइ राख्न आग्रह गरेका थिए। 

संवैधानिक परिषद्सम्बन्धी मुद्दामा उल्टै राणाको प्रश्न- म नहुदाँ साढे ६ महिनामा किन फैसला भएन? 
२०७८ मंसिर ३० र त्यसपछि सवैधानिक परिषद् बसेर नियुक्ति भएको र पुस ५ गते संसद् विघटन भएको भन्दै उनले संवैधानिक नियुक्तिको मुद्दा र विघटनको मुद्दा सँगै आएकोले यसमा सुनुवाइ सुरुमा हुन नसेकको भन्दै बचाउ गरे। सँगै आएको मुद्दामध्ये संसद् विघटनको मुद्दालाई प्राथमिकता दिँदै फागुन ११ गते फैसला गरेको उनले बताए।

संवैधानिक इजलास हप्तामा २ दिन मात्र बस्ने अनि कुनै एक जना न्यायाधीश नआउँदा रोकिने अवस्था रहेको भन्दै संवैधानिक परिषद्सम्बन्धी मुद्दा सुनुवाइ हुन नसकेको उनले स्वीकार गरे।  राणाले दोस्रो पटक विघटनको मुद्दा लगातार हेरिएको अनि कारोनाका कारण इजलास बन्द भएको भन्दै यस्ता कारणले सुनुवाइ हुन नसकेको दाबी गरे। 

‘संवैधानिक सुनुवाइमा इजलास तोकिएपछि प्रधानन्यायाधीशको स्वार्थ बाझिने भएकाले हेर्न नमिल्ने प्रश्न उठ्यो। लगत्तै मैले अरु न्यायाधीशसँग सल्लाह गरेर निर्णय गर्ने भनेको थिएँ,’ राणाले बयानमा भने, ‘प्रधानन्यायाधीशले २ दिन बिदा लिएर बसे मिल्छ भन्ने राय आयो अनि मैले समग्र विचार अनुसार ठिक छ भनेर इजलासमा यही कुरा सुनाएको थिएँ।’

Xtrem

Xtrem

तर, संविधानको व्यवस्थाका कारण यहाँनेर गम्भीर र जटिल अवस्था देखिएको उनले दाबी गरे। उनले यसमा केही पनि विवाद नभए पनि आफू विरुद्ध प्रचार मात्र भएको दाबी गरे।

'मलाई राजनीतिक दबाब आयो' 
राणाले संवैधानिक परिषदमा नजान आफूमाथि नेपाली कांग्रेस र माओवादी केन्द्रले दबाब दिएको आरोप लगाए। उनले संवैधानिक परिषदको बैठकमा नजानु भनी दुई राजनीतिक दलले विज्ञप्ति नै निकालेर संवैधानिक परिषदमा सहभागी नहुनु भनी आग्रह गरेको भन्दै यसबाट आफूलाई दबाब परेको बताए।

‘सर्वोच्च जनताको अदालत हो। यो संसदीय समिति पनि जनताकै हो। यहाँ मैले भन्नैपर्छ,’ उनले भावुक हुँदै भने, ‘ प्रधानन्यायाधीश कुनै राजनीतिक दलबाट नियुक्ति भएको हुँदैन। उसले कुनै पनि राजनीतिक दलको प्रतिनिधत्व पनि गर्दैन। तत्कालीन समयमा नेपाली कांग्रेस र माओवादीले सहभागी नहुनु भनेर विज्ञप्ति जारी गरेका छन्।’

दलको चाहनामा आफूले विचार गर्दा संविधानले उपस्थित हुने दायित्व दिएकाले यसमा चुक्न नहुने भन्दै गएको उनले बताए। राणाले प्रधानन्यायाधीश दलको कुरा मानेर नगएको आरोप लाग्ने देखेपछि आफू गएको भन्दै वचाउ गरे। उक्त बैठकमा प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष उपस्थित भएर नियुक्ति भएको उनले स्वीकार गरे।

‘त्यो नियुक्तिमा कोही अयोग्य छन् भन्ने छैन,’ उनले भने, ‘नियुक्तिको प्रश्नमा प्रश्न होला त्यसैले यसले महाभियोग लाग्न सक्दैन।’ 

लगत्तै नवौं प्रश्नमा पनि संवैधानिक परिषद्सम्बन्धी प्रश्न आएपछि राणाले यो कुरा शतप्रतिशत असत्य भएको दाबी गरे। उनले प्रधानन्यायाधीश आफ्नो दायित्ववाट चुक्न नसक्ने दाबी गरे। संसद् विघटन र संवैधानिक नियुक्तिसँगसँगै आएकाले र विघटनलाई प्राथमिकता दिएको उनले दाबी गरे। उनले त्यसपछि एकल इजलासको आदेशले रोकिएको दाबी गरे। तर आफू विरुद्ध गलत भ्रम फैलाएको भन्दै अहिले किन यो मुद्दा साढे ६ महिनामा कहाँ गयो भनी प्रश्न उठाए।

आफू त महाभियोग लागेर निलम्बनमा रहेको तर किन यसको सुनुवाइ भएर फैसला भएन भनी प्रश्न गरे। उनले प्रधानन्यायाधीशले मन लाग्दैमा तानेर एक नम्बरमा पेसी तोकेर काम हुन नसक्ने बताए। ‘मैले कहाँ लुकाउने अनि नहेर्ने काम गरें। यो आरोप कहाँ पुष्टि हुन्छ,’ उनले भने, ‘मैले रोकेको भए अहिले साढे ६ महिनासम्म किन फैसला भएन। कतिपय सांसदका निर्वाचनसम्बन्धी मुद्दा अहिले पनि संवैधानिक इजलासमा विचाराधीन छन्। यति हलुका तरिकाले कसरी मुद्दा सुनुवाइ हुन्छ?’ 

'रञ्जन कोइरालाको मुद्दामा दुई वटा बच्चालाई हेरेर न्यायिक मन प्रयोग गरेको हुँ'
लगत्तै सभापतिले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा प्रश्न गरे। जवाफमा राणाले भ्रम राख्न नहुने भन्दै जवाफ दिन सुरु गरे। ‘यो फैसलालाई भ्रममा लगियो। दु:खका साथ भन्नुपर्छ,’ उनले भने, ‘को संलग्न छ भनेर आफूहरुले नहेर्ने कर्तव्य ज्यानको मुद्दाको रुपमा मात्र हेर्न हो। मुद्दाको पक्ष र विपक्षलाई हैन तथ्यलाई हेरेर फैसला गर्छौं। उनले रञ्जनालाई उल्ट्याएर कम सजाय गरेको कुरा शतप्रतिशत गलत हो।’ 

रञ्जन कोइरालाले कर्तव्य गरी ज्यान लिएकोले कसुरदार कायम नै गरेको उनले दाबी गरे। उहाँलाई जन्मकैद भएकोमा २० वर्ष हुनुपर्नेमा न्यायाधीशलाई विवेक प्रयोग गरी सजायमा राय लगाउन पाउने व्यवस्था भएकाले त्यसैमा आधार लिएको दाबी गरे। उनले मिसिलबाट कसुर पारिवारिक भएको देखिएको, दुई वटा छोराहरुले मानवीय तरिकाले बकपत्र गरेकाले त्यो आधारबाट बच्चाहरुलाई हेरेर आफूले कैद घटाएको दाबी गरे।

कोइरालाले साढे ८ वर्ष र केही अवधि कैद सजाय भोगेकाले दुई वटा बच्चाको बकपत्र हेर्दा अभिभावक नगुमोस् मनसाय राखेर सजाय घटाएको उनले बताए। ‘अरु इजलासबाट पनि राय लगाउने अभ्यास भएको छ,’ उनले भने, ‘यसमा प्रश्न उठाइएकोमा मलाई दु:ख लागेको छ। यसमा गल्ती भएको छ । यसैबाट महाभियोग लगाउनुपर्ने छ भने मलाई स्वीकार छ।’

'विजय गच्छदारलाई धरौटीमा रिहा गरेपछि विशेषमा कारबाही गरिएको हो'
११औं प्रश्नमा राणालाई विशेष अदालतमा महिनौंदेखि पदपूर्ति नगरेको भन्ने प्रश्न सभापति विष्टले सोधेपछि राणाले यसमा कुनै नियत नभएको र आफ्नो कारणले नभएको दाबी गरे। 

'०७८ असार २८ परमादेशबाट सरकार निर्माण भएपछि भ्रष्टाचार मुद्दामा एउटा प्रतिवादी उपस्थित हुनुभयो, उहाँलाई मात्र तारेखमा राखियो,' उनले विजयकुमार गच्छादारको मुद्दातिर संकेत गर्दै भने, 'भोलिपल्टैबाट विवाद भएपछि अन्यत्र सरुवा गरिएको हो।'

त्यस लगत्तै आएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही समय दिन नसक्ने भएपछि रोकिएको दाबी उनले गरे। राणाले कात्तिक ८ गतेदेखि आफू विरुद्ध नै आन्दोलन सुरु भएपछि पनि बैठक बोलाएको तर कोही पनि नआएका कारण विशेष अदालतमा न्यायाधीश नियुक्ति गर्न नसकेको दाबी गरे।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्