काठमाडौं– नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू वामपन्थी रहेकोले विभिन्न समूहबीच द्वन्द्व बढेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले उक्त कुरा बताएका हुन्।
‘विश्वविद्यालयमा तीनवटै पदाधिकारीहरू वामपन्थी विचारधाराको हुनुहुन्छ। त्यसैका कारण प्राध्यापक र पदाधिकारीका बीचमा, विद्यार्थी र प्राध्यापकका बीचमा, विद्यार्थी र पदाधिकारीका बीचमा द्वन्द्व चलेको छ,’ प्रधानले भने, ‘विश्वविद्यालयका पदाधिकारीले राजनीतिक पूर्वाग्रह राखेका कारण विश्वविद्यालय बिग्रेको छ। त्यसको समाधानका लागि राजनीतिक तहबाटै समाधान गर्नुपर्छ।’
यस्तै, प्रधानले २०५१ मा बनेको एमालेको सरकारको पालामा त्रिविमा राजनीति पसेको आरोप लगाए। तत्कालीन सरकारले त्यो समयका उपकुलपति केदारभक्त माथेमालाई राजीनामा गर्न लाएर राजनीति भित्र्याएको प्रधानको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।