काठमाडौं– नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने कार्ययोजना अगाडि बढाएको छ। बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि नियमावली २०६४ संशोधन गरेको छ।
नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले ३ अर्ब चुक्ता पुँजी रहने गरि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने गरि नियमावली संसोधन गरि अर्थ मन्त्रालय पठाएको हो। आगामी मन्त्रिपरिषद् बैठकमा पेस गरेर पास गर्ने तयारीसहित नियमावली अर्थ मन्त्रालय पुगेको हो।
बोर्ड बैठकले बिहीबार धितोपत्र बजार सञ्चानलन नियमावली, २०६४ संसोधन गरेर अर्थ मन्त्रालयमा पठाएको धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए।
अध्यक्ष हमालका अनुसार हाल १० करोडमा स्टक एक्सचेञ्ज खोल्न पाइने व्यवस्था थियो। नयाँ स्टक एक्सचेञ्जमा निजी कम्पनी तथा व्यक्तिहरुले समेत लगानी गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।