काठमाडौं– मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनको लागि हुम्ला जिल्लाबाट प्रत्यक्षतर्फ नेकपा (एमाले)बाट दल रावल सर्वसम्मत उम्मेद्वार सिफारिस भएका छन्। उनकाे नाम एकल रुपमा सिफारिस भएकाे हाे ।
यस्तै एमाले हुम्लाले हुम्ला जिल्लाबाट समानुतिक निर्वाचनका लागि पनि उम्मेद्वारहरुको नाम टुंगो लगाएको छ। जसअनुसार समानुपातिकतर्फ गोर्खबहादुर बोगटी, बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजबिर बुढा रहेका छन्।
यस्तै जिल्लाको प्रदेश (क) प्रत्यक्षतर्फ दल फडेरा, र पूर्णप्रसाद ढकाल तथा सोही प्रदेशमा समानुपातिकतर्फ सुरेन्द कार्की, कलबहादुर हमाल, धनन्जय परियार र मञ्जु रावलको नाम टुंगो लगाएको छ।
यस्तै प्रदेश (ख) प्रत्यक्षतर्फ छिमिदोर्जे लामा, कमल बोहोरा, डबल रावत र उत्तम लामा तथा सोही प्रदेशमा समानुपातिकतर्फ रूपा शाही (पिछडिएको महिला), प्रकाश सुनार (दलित), छबिचन्द लामा र नोरजाङग तामाङ (जनजाति) सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।