काठमाडौं– सत्ता गठनबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाका लागि २ सिटमा उम्मेदवार अघि सारेको छ।
जनमोर्चाको शनिबार बसेको बैठकले बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. र प्यूठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेद्वारको रूपमा अगाडि सार्ने बैठकले निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा जनमोर्चाले प्रदेश सभाको हकमा पछि निर्णय गर्ने उल्लेख गरेको छ।
२०७९ भाद्र १८ गते राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठकले २ सिटमा उम्मेद्वार सिफारिस गरेको हो । जनमोर्चाले सत्ता गठबन्धनमा २ सिट दाबी गर्दै आएको छ।
प्रदेश तथा केन्द्रका लागि उम्मेद्वारको रुपमा सिफारिस भई आएका कमरेडहरुका बारेमा आवश्यक निर्णयहरु भएका जुन क्रमशः सार्वजनिक गर्दै जाने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।