फाइल तस्बिर
हेटौंडा- राप्रपा नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नं. १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्लाको बैठकले पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।
जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकबाट नाम सिफारिस गरिने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।