दाङ- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जनअधिकार प्राप्त गर्न निरन्तर लागि रहनुपर्ने बताएका छन्।
माओवादी केन्द्रको लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिन कार्यकर्तालाई सुझाव समेत दिए।
उनले आदिवासी जनजातिको हक अधिकारका लागि लामो समय संघर्ष गरेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलब्धि सफल भएको दाबी पनि गरे।
‘जनयुद्धकै कारण सीमान्तकृत समुदाय अधिकार प्राप्त गर्ने धेरै हदसम्म सफल भएका छन्। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष आवश्यक छ’, महराले भने।
जसपाकी केन्द्रीय सदस्य माओवादीमा
कार्यक्रममा जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी चौधरी माओवादी केन्द्रमा प्रवेश गरिन्। महराले उनलाई माओवादीमा स्वागत गरे। चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव हुन्। उनी भर्खरै जिल्ला भूमि आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन्।
पार्टी प्रवेश गर्दै लक्ष्मी चौधरीले माओवादीबाटै जनजाति अधिकारका लागि थप आन्दोलन गर्न सहज हुने र जनआन्दोलनमा माओवादीको भूमिका ठूलो भएको बताइन्।
माओवादी उपाध्यक्ष महराले उनलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए। जसपाबाट बाबुराम भट्टराई अलग भइसकेपछि उपेन्द्र यादवले लक्ष्मीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।