धनुषा– मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट समानुपातिकतर्फ सिफारिस भएको छ।
नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिएका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।