• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्रको बयानले उदाङ्गो पारेको न्यायालयको तस्बिर

सल्लाहकार समितिको बैठक बोलाउने बारको तयारी 
64x64
दुर्गा दुलाल शनिबार, भदौ १८, २०७९  १९:५५
1140x725

काठमाडौं- महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबार र बिहीबार संसदीय समितिमा दिएको बयानले न्यायालयलाई थप विवादित बनाएको छ। राणाले सहकर्मी न्यायाधीश, नेपाल बार र राजनीतिक दलहरुले मुद्दामा हस्तक्षेप गर्छन भनि आफ्नो बचाउमा तर्क गरेपछि फेरि एकपटक न्यायालय राजनीतिक धुव्रीकरणतिर लम्केको देखिएको छ। महाभियोग समितिमा राणाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसहित प्रतिनिधि सभा विघटनको पछिल्लो फैसला गर्ने पाँचै जनामाथि महाभियोग दायर गर्न आग्रह गरेको टिप्पणी गरेपछि झन् विवादमा परेको छ। 

राणाको उक्त अभिव्यक्तिले न्यायालयमा राजनीतिक हस्तक्षेप भित्र्याउन प्रधानन्यायाधीशले नै आग्रह गर्ने गरेको पुष्टि भएकाले यो झन् गलत कार्यलाई प्रश्रय दिने कार्य भएको देखिएकाले न्यायालयको उदाङ्गो तस्बिर प्रधानन्यायाधीश रहेको व्यक्तिले सार्वजनिक गरेको पूर्वन्यायाधीश बलराम केसीले टिप्पणी गरे। 

त्यस्तै जिम्मेवारीमा बसेको व्यक्तिले गलत कसैले गर्छ भने कारबाही गर्नुको साटो ३ वर्षपछि संसदीय समितिमा आएर बिना प्रमाण आरोप लगाउनु र त्यसमाथि कुनै एक दलको नेताको प्रशंसा गर्ने कार्यले अदालतलाई झनै विवादित बनाउने कार्य भएको सरोकारवालाहरुको टिप्पणी छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश, नेपाल बार र सर्वोच्च बारले पनि राणाको अभिव्यक्ति आफ्नो आरोपमा सफाई दिनेभन्दा अरुलाई मुछ्नेमा केन्द्रित रहेको बताएका छन्। राणाले नेपाल बारका पदाधिकारीले न्यायाधीशमा कोटा मागेको आरोप लगाएका थिए। राणाले दुवै दिनको बयानमा बारका पदाधिकारी, सर्वोच्चका न्यायाधीश र पूर्वन्यायाधीशमाथि आरोप लगाए। 

राणाले नेपाल बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणी पौडेलमाथि न्यायाधीशको कोटा मागेको आरोप लगाए। महासचिव पौडेलले त चेम्बरमै आएर मुख्य न्यायाधीश नै बनाउन माग गरेको तर आफूले उनलाई  न्यायाधीश नभएको व्यक्तिलाई सिधै मुख्य न्यायाधीश बनाउन मिल्छ ? भनी जवाफ दिएको टिप्पणी गरेका थिए। 
यस्तै, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यमाथि गुठीको एक मुद्दा फैसला गरिदिन भनेको आरोप लगाए। उनले ललिता निवासदेखि १४ सांसदको मुद्दासम्ममा दबाब आएको कारणले महाभियोग लगाएको दाबी गरे। 

बारले बोलायो सल्लाहकार समितिको बैठक 
राणाले यसरी एकपछि अर्को विषयमा जोडेर आरोप लगाउन थालेपछि छलफल गर्न नेपाल बार एसोशियसनले सल्लाहकार समितिको बैठक बोलाएको छ। आइतबार, सोमबारतिर बस्ने गरी बारले पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरु संलग्न हुने सल्लाहकार समितिमा राणाले दिएको बयानबारे आफ्नो पोजिसन सार्वजनिक गर्ने कि नगर्ने बारेमा छलफल गर्न बैठक बोलाएको हो। 

बारले कुनै महत्वपूर्ण घटनामा शुरुमा सल्लाहकार समितिको बैठक राखेर छलफल गर्ने गरेको छ। सल्लाहकार समितिको बैठकपछि आउने धारणालाई लिएर पदाधिकारी बैठक बस्दै बारले आफ्नो निर्णय सार्वजनिक गर्दछ। राणाको पछिल्लो अभिव्यक्तिमाथि छलफल गर्न एक-दुई दिनमै सल्लाहकार समितिको बैठक बस्ने बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। 

राणाकाे अभिव्यक्ति: आफू चोखो देखिन अरुमाथि हिलो छ्याप्ने 
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले राणाले दुई दिनसम्म संसदीय समितिमा दिएको बयान आगामी दिन पाठ सिक्नका लागि दलहरुको लागि सचेतनाको घण्टी भएको बताए। राणाले अहिले बयानमा जसरी आफ्नो आरोप गलत पुष्टि  गर्नेभन्दा अरुमाथि हिलो छ्यापेर सफाई पाउन खोजेको देखिएको छ, त्यसैले दलहरु समयमै सचेत हुनुपर्ने केसीले बताए। राणाले दिएका बयानका अंशहरुमा लगाएका आरोपको प्रमाण उनले समितिलाई उपलब्ध गराउन सक्नुपर्ने भन्दै पूर्वन्यायाधीश केसीले आफूमाथि लागेको दाग हटाउन बिनाप्रमाण अरुमाथि प्रधानन्यायाधीश रहेको मानिसले बोल्न नमिल्ने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘राणाको अहिलेको बोलीले न्यायालयलाई ठूलो ड्यामेज गर्छ। अब प्रधानन्यायाधीश सिफारिस गर्दा चुनौती र पाठको रुपमा लिनुपर्छ’ उनले भने ‘अब ३ वर्ष पुगेको पहिलो नम्बरमा रहेको व्यक्ति हैन। न्यायालय हाँक्न सक्ने योग्यलाई बनाउनुपर्छ।’ राणाको बयानमा कुनै एक दलको बोली र नेताको बोली आएको देखिएको केसीको टिप्पणी छ। महाभियोग दर्ता भएदेखि नै नेकपा (एमाले) विपक्षमा उभिनु अहिले सोही पक्षको तर्कका आधारमा बिनाआधार राणाले बोलेकोले बोली मिलेको देखिएको उनले बताए।  

‘आफै प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्ष भएको अवस्थामा जे जे भएको त्यसलाई तत्कालीन समयमा सार्वजनिक गर्नुपर्ने थियो’ केसीले भने ‘ति संस्थाका पदाधिकारीलाई बोलाएर कारबाही गर्नुपर्ने थियो। अहिलेभन्दा प्रमाण उहाँले पु-याउनुपर्छ, आरोप मात्र लगाउन मिल्दैन।’ तत्कालीन समयमा जिम्मेवारीमा रहँदा किन मौन र के हेरेर बसेको भन्ने प्रश्न राणातिर नै फर्केको उनको बुझाई छ। 

‘गठबन्धनको नेतादेखि बारका मानिसले यसरी मागे भनेर कसरी पत्याउने नत्र उहाँले थप प्रमाण दिनुपर्छ,’ उनले भने, ‘जुन थालमा खायो त्यसैलाई प्वाल पार्ने काम भयो। अहिले न्यायालयमा सबैलाई पोल्ने काम गर्नुभयो। न्यायालयको अभिभावक भएको मानिसले यस्तो बयान दिनु हुँदैन।’ 

संस्था बचाउनभन्दा पनि उहाँले अरुलाई आरोप लगाउनु अनि आफू हुँदा केही पनि किन नगरेको भनी प्रश्न उठेको उनले बताए। राणाको बोलीले न्यायालयलाई झन् राजनीतिक ध्रुवीकरणतिर लगेको र यो दुःखद् भएको केसीले बताए। 

‘न्यायालयमा पछिल्लो समय राजनीति भइरहेको थियो। राणाको बयानपछि झनै राजनीतिक ध्रुवीकरण हुने खतरा बढेको छ,’ उनले भने ‘राणाले कुनै अमुक पार्टीको अजेण्डामा हिंड्नु दुःखद् छ। संसदले उहाँलाई बोलाएको आफूमाथि लागेको आरोपमा सफाई दिन हो।’ 

न्यायाधीश र नेपाल बारकाे आन्दोलन

नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले राणाको बयान आफूमाथि लागेको आरोप गलत थियो भन्ने भन्दापनि अरुमाथि दोष देखाउनेमा केन्द्रित रहेको टिप्पणी गरे। ‘संसदीय समितिमा बयान दिँदा राणाले महाभियोग दायर हुँदा आफूमाथि लागेको आरोप सही थिएन भनेर पुष्टी गराउनेभन्दा सहकर्मी न्यायाधीशदेखि अन्यलाई आरोप लगाउनेमा केन्द्रित रहेको देखियो।’ उनले उहाँ यदि विवादित नभएको र न्यायालय शुद्धीकरणका लागि गज्जबै काम गरेको व्यक्ति भएको भए न्यायाधीशहरुले ४० दिन र नेपाल बारले एक सय दिन आन्दोलन गर्न किन परेको होला भनी प्रश्न आउने उनले बताए। आफ्नो नेतृत्वमा हुँदा मुद्दामा सेटिङदेखि धेरै विकृति आउने अनि त्यसमा प्रश्न उठाउँदा संसदले महाभियोग लगाउने अनि त्यसको दोष चाहिं अरुमाथि लगाउने कार्य राणाले गरेको उनले बताए।

राणाले आरोप लगाएका मध्येका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणाको आरोप सरासर झुटो भएको बताए। उनले ३५ वर्षभन्दा लामो समयदेखि निरन्तर वकालतमा रहेको आफू अहिलेसम्म त्यस्तो कहिल्यै आरोप नलागेको व्यक्तिलाई महाभियोग खेपिरहेका राणाले लगाएको आरोपले अचम्ममा नपारेको उनको भनाइ छ। 

‘तर उहाँले जे आरोप लगाउनु भयो त्यो उहाँको पदीय मर्यादाले नदिने काम गर्नुभयो। म यत्रो वर्षदेखि वकालत क्षेत्रमा कार्यरत रहेको छु। आजसम्म मेरो नैतिकतामा कुनै प्रश्न उठाउने कार्य भएको छैन,’ उनले भने, ‘मैले कुनैपनि न्यायाधीशसँग मुद्दाको विषयमा कुरा गरेको प्रमाण पेश गर्न चुनौती दिन चाहन्छु। यदि कुनै प्रमाण पेश भएमा म वकालत नै छोड्न तयार छु।’ 

उनले संसदको समितिलाई बोलेका कुरा भएकाले आफू र सर्वोच्च बारले संसदको अधिकारमाथि टिप्पणी नगर्ने बताए। 
राणाले आफूलाई बचाउ गर्ने र सफाई दिने भन्दै अरुमाथि लगाएको आरोपबारे बारमा भने छलफल गर्ने र त्यसमा एउटा धारणा बनाउने उनले बताए। 

‘आन्दोलन केही इमान्दार व्यक्तिहरुको भरमा टिकेको कारण पनि यस्तो आरोप लागेको हुनसक्छ’ उनले भने, ‘आफ्नो आरोपमा बचाउभन्दा अरुलाई हिलो छ्यापेर सफाई पाइनेतिर लागेको देखिन्छ।’ यस्तो प्रवृत्तिले गर्दा उहाँलाई राम्रै हुने कल्पना गरेको भएपनि राम्रो नहुने उनले बताए। 

अब राणाको बयान आइतबार हुनेछ। हालसम्म समितिले ६ वटा प्रश्न मात्र गरेको छ। जम्मा ४३ प्रश्न तयार गरेर बसेको महाभियोग छानबिन समितिले अझै केही दिन समय लिने देखिन्छ। छानबिन समितिले आफ्नो प्रतिवेदन दिएपछि मात्र उनीमाथिको महाभियोग प्रतिनिधि सभामा अघि बढ्नेछ। प्रतिनिधि सभाबाट पारित हुनका लागि दुईतिहाई मतको आवश्यक हुन्छ। तर सत्ता पक्षको मतले मात्र नपुग्ने हुँदा प्रमुख प्रतिपक्ष एमालेको पनि साथ चाहिन्छ।

यही कुरा बुझेका राणाले एमालेको पक्षमा हुने गरी संंसदीय समितिमा एमालेबाट विभाजन भएर नयाँ पार्टी बनाएका माधवकुमार नेपालमाथि पनि आरोप लगाए भने एमाले अध्यक्ष ओलीको प्रशंसा गरे। कात्तिक १५ गते ललिता निवास प्रकरणमा अन्तिम फैसला सुनाउने मिति तोकेपछि नै सत्तापक्षले महाभियोग ल्याएको राणाले दाबी गरे। उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गरिएको थियो। ‘महाभियोग आउनुमध्येको एउटा प्रमुख कारण यो पनि हो’, उनले जवाफमा भने।

कानूनविद्हरु भन्छन् - निलम्वित प्रधान न्यायाधीश राणाले आफ्नो सफाई दिनुभन्दा आफ्ना  सहकर्मी र वरिष्ठ  कानून व्यवसायीहरु माथि लगाएको आरोपले मुलुकको न्याय प्रणाली माथि नै वितृष्णा अरु बढाउनेछ र न्यायालयलाई आफ्नो गुमेको साख जोगाउन झन् हम्मेहम्मे पर्नेछ।  

 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्