काठमाडौं– नागरिक समाजका अगुवाहरुले मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारी छनौट गर्दा ध्यान दिन आग्रह गरेका छन् ।
उनीहरुले संविधानको भावना, राज्यपद्धति, आ नागरिकको सरोकार र जनआदेशको मर्मको ख्याल नगरी ‘आफू र आफ्नो घेरामा’ संकुचित दलीय सोचबाटमाथि उठ्न आग्रह गरेका छन् । नागरिक अगुवाहरु . केदारभक्त माथेमा, विनोद सिजापति, दमननाथ ढुंगाना, भोजराज पोखरेल, मोहना अन्सारी, रामेश्वर खनाल, डा रीता थापा, रीता थापा, वीरेन्द्र मिश्र र डा सन्दुक रुईत र स्टेला तामाङले एक विज्ञप्ति जारी गर्दै दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।
जनता शासन सञ्चालन हुँंदा आफू ठगिएको महशुस गरी नागरिकमा आमरुपमा बढेको आक्रोश र नैराश्यता जस्ता चिन्ता लाग्दो विषय रहेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।
जस्तोसुकै कठिन अबस्थामा समेत निर्वाचनको माध्यमबाट शान्तिपूर्वक सत्ता हस्तान्तरण नेपालको प्रजातान्त्रिक अभ्यासको एक सुन्दर पक्ष भएको जनाउँदै उनीहरुले यसैको कडीको अर्को अभ्यासस्वरुप २०७९ मंसिर ४ गते हुन लागेको आमनिर्वाचनको सफलताका लागि राज्यको सम्पूर्ण ध्यान केन्द्रित भएकाले उम्मेद्वार छनौट गर्दा ध्यान दिन उनीहरुले आग्रह गरेका छन् ।
‘सिंगो प्रणालीप्रति नै नकारात्मक सोच बढ्दो छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका पात्रहरुको यस्तै प्रवृत्तिको निरन्तरताले कहीं ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने त होइन भन्ने आम चासो र चिन्ता रहेको विषयमा हाम्रो पनि गम्भीर सरोकार रहेको छ’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ ‘यस परिवेशमा अबको निर्वाचनपछि आउने संसद र सरकारले हाल व्याप्त निराशालाई सकारात्मक बाटोमा लैजाने भूमिका निर्वाह गर्छ भन्ने आम जनतामा सन्देश दिनेगरी खासगरी राजनीतिक शक्तिहरूले यो चुनावको प्रक्रियाका क्रममा आ–आफ्ना बोली, वचन, व्यवहार र क्रियाकलापबाट यो अमूल्य मौका नचुकाउन हाम्रो अपेक्षा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।