काठमाडौं– प्रतिनिधि सभाको बैठकबाट राष्ट्रिय सभाको सन्देश सहित मिडिया काउन्सिल विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले मिडिया काउन्सिल राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त मिडिया काउन्सिल विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभा बैठकमा निर्णायर्थ प्रस्तुत गरेका थिए।
सभामुख सापकोटाले हुन्छ या हुँदैन भन्ने ध्वनि मतका आधारमा विधेयक बहुमतबाट स्वीकृत भएको घोषणा गरेका थिए।प्रतिनिधि सभाको अर्काे बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।