फाइल तस्बिर।
काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको तालाबन्दीको चौतर्फी विरोध भएपछि नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले त्यसको बचाउ गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आफ्ना पार्टीका विद्यार्थीहरूको बचाउ गरेका हुन्। उनले एमालेनिकट पदाधिकारीका कारण त्रिविमा चरम वेथ रहेको आरोप लाउँदै नेविसंघले त्यसको विरोध गरेको बताएका छन्।
‘नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको सन्दर्भमा प्रतिपक्षी माननीयहरू राम्रै खेतिमा लानु भएको छ। तर, किन विश्वविद्यालयम बन्द भयो भन्ने सन्दर्भमा कहिले कुरा गर्नु हुन्न। उहाँका पदाधिकारीहरूले बारम्बार व्यवास्थापन र अर्थशास्त्रका प्रश्नपत्रहरू ‘आउट’ गरेका छन्। पुराना प्रश्न पत्रहरू दोहोर्याइरहेका छन्। पैसाको खेति गरेका छन्,’ केसीले भने,‘नेविसंघले त्यसको छानबिन गरौं भनेर कुरा उठाउँदा, जरोतिर नजाने केवल नेविसंघका विद्यार्थीलाई गुण्डागर्दीको आरोप लाउने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।