• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २२, २०८२ Sat, Nov 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

घरजग्गा कारोबार, हुण्डी र सम्पत्ति शुद्धीकरणको कानुन संशोधन हुँदै, मुलुकी ऐनमार्फत् क्यासिनोलाई पनि कडाइ गरिने 

64x64
नेपाल लाइभ बुधबार, भदौ १५, २०७९  १८:१६
1140x725

काठमाडौं– सरकारले घरजग्गा कारोबार, हुण्डी, क्यासिनो र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई कडा बनाउने तयारी गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसका लागि केही नेपाल ऐनमार्फत् मुलुकी अपराध संहिता संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले सम्पत्ति शुद्धीकरणको लागि सरकारले नेपाल ऐनमा चारवटा ऐन संशोधन गर्न लागेको जानकारी दिए। 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै ज्ञवालीले सरकारले वित्तीय अपराध र आतंकवादी गतिविधिसँग संलग्न आर्थिक क्रियाकलापको निगरानी गर्ने अन्तर्राष्ट्रिय कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को मापदण्डलाई प्राथमिकता दिएर नेपाल चार वटा ऐन संशोधन गर्न लागेको जानकारी दिए। 

उनले सम्पत्ति शुद्धीकरण ऐनमा ४० वटा कसुरमा अनुसन्धान गर्ने निकायहरु फरक भएको र अनुसन्धानमा तालमेल हुन नसकेकाले ऐन संशोधन गर्न लागेको बताए। उनले भ्रष्टाचारमा मुद्दा चलाएर अख्तियार अनुसन्धानले भ्रष्टाचार गरेको ठहर गरेर बिगो जरिवाना गर्ने तर त्यस्तो भ्रष्टाचारजन्य सम्पत्ति लगेर व्यापार व्यवसायमा गरिएको लगानीको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने अवस्थाको अब अन्त्य हुने बताए। 

सचिव ज्ञवालीले सम्पत्ति सम्बद्ध कसुरमा जुन निकायले अनुसन्धान गरे पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान त्यही बेला गर्नेगरी कानुन परिर्माजन गर्न लागेको बताए। विश्वमा सम्पत्ति शुद्धीकरणको ठाउँ भनेको क्यासिनो मानिने भएकाले नेपालको पर्यटन ऐन संशोधन गरी क्यासिनोको सञ्चालनको लागि लाइसेन्स लिने व्यवस्था परिर्वतन गर्ने उनको भनाइ छ। 

सचिव ज्ञवालीले पछिल्लो समय हुण्डीको कारोबार सबैभन्दा जोखिमपूर्ण बन्दै गएकाले अपराध संहितामा नै संशोधन गरेर हुण्डीलाई अपराध सरह फौजदारी कसुर बनाएर लैजानेगरी ऐनमा संशोधन गर्न खोजेको जानकारी दिए। 

उनले घरजग्गा कारोबारलाई पनि परम्परागत किन्ने र बेच्नेको सहमतिभन्दा पनि रियल स्टेड कम्पनीमार्फत् कारोबार गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागेको बताए। सचिव ज्ञवालीले वित्तीय अपराधमा राजनीतिज्ञ र कर्मचारीहरुको बुझाइमा एकरुपता नभएकाले त्यसमा एकरुपता हुनुपर्ने बताए। 

‘केही नेपाल ऐनलाई संशोधन गर्ने गरी बिहीबार संसद्‌मा छलफल हुँदैछ। संशोधन ऐनले चार/पाँचवटा बुँदालाई समेटेको छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण गर्ने ४० वटा ऐनमा अनुसन्धान गर्ने नियकायहरु फरक–फरक छन्। तर, सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोजन गर्ने काम विभागलाई दिइएको छ।’ 

Ncell 2
Ncell 2

जटिल वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्नेगरी ऐन परिर्वतन गर्न खोजिएको उनको भनाइ छ। ‘विश्वमा सम्पत्ति शुद्धीकरणको ठाउँ भनेको क्यासिनो मानिन्छ। हाम्रोमा क्यासिनो नियमन राम्रो छैन’, उनले भने। 

क्यासिनोको सञ्चालनको लागि लाइसेन्स लिने व्यवस्था गरे पनि प्रभावकारी नभएको भन्दै उनले त्यसलाई ऐनमा नै ल्याएर पर्यटन ऐनलाई संशोधन गर्न खोजिएको स्पष्ट पारे। 

‘हुण्डी कारोबार सबैभन्दा जोखिमको क्षेत्रमा पर्छ। अपराध संहितामा संशोधन गर्दै हुण्डीलाई फौजदारी कसुर नै बनाएर लैजानेगरी त्यो ऐनमा संशोधन गर्न खोज्दैछौं,’ उनले भने, ‘अर्को घरजग्गा कारोबारमा विश्वका अन्य मुलुकमा दर्ता भएका रियल स्टेडबाहेकले गर्न मिल्दैन।’

सरकारले राजपत्रमा प्रकाशित गरेको क्षेत्रमा घरजग्गा कारोबार गर्ने रियल स्टेडहरु दर्ता नभइ कारोबार गर्न नपाउने व्यवस्था गर्ने तयारीमा गरेको उनले जानकारी दिए। ‘अहिले सम्पत्ति शुद्धीकरणमा वास्तविक धनी पहिचान सबैभन्दा ठूलो समस्या छ। धनी पहिचानसम्बन्धी व्यवस्थालाई स्पष्ट पारेर ऐन संशोधन गरेका छौं,’ उनले भने, ‘वित्तीय अपराधमा राजनीतिज्ञ र कर्मचारीहरुको बुझाइमा एकरुपता छैन।’

त्यस्तै कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले सम्पत्ति शुद्धीकरणको विषयमा राजनीतिज्ञ, व्यवसायीलगायत नयाँ सोचमा जान नसकेको बताए। उनले सम्पत्ति शुद्धीकरणको विषयमा परम्परागत सोचबाट नै अगाडि बढिरहेको उल्लेख गरे। सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्ने कर्मचारी नै डराउने गरेको उनको भनाइ छ। सचिव सापकोटाले नेपालमा ‘क्यास’ अर्थतन्त्रबाट ‘प्लाष्टिक’ अर्थतन्त्रमा नगएसम्म समस्या समाधान नहुने दाबी गरे। 

‘हाम्रोमा कसैले विगतमा १ करोड राजश्व तिर्ने गरेको थियो। यो वर्ष १ अर्ब ल्यायो। त्यो पैसा लिने गरिन्छ तर कहाँ र कसरी ल्यायो भन्ने हेर्ने गरिएको छैन,’ उनले भने। उनले अन्तर्राष्ट्रिय रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन विगतकोभन्दा कडा आउने बताए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ
सम्बन्धित सामग्री
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो। बुधबार, कात्तिक १९, २०८२
निकोलस भुसाल पक्राउ उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा थिए। उनीसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको जिल्ला प... मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू,सञ्चारमन्त्री भन्छन्- ६ महिनाभित्र सबैजनालाई बाँडिसक्छौँ शुक्रबार, कात्तिक २१, २०८२
ओलीको प्रश्न : ठूलो उद्देश्य नभएका सुकरात त भागेनन् केपी ओली भाग्छ शुक्रबार, कात्तिक २१, २०८२
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्