काठमाडौं– सरकारले आयात प्रतिबन्धलाई असोज २८ गतेसम्म कायमै राख्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धलाई असोज २८ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो। त्यसमा मदिराको प्रतिबन्धलाई निरन्तरता दिइएको छ।
प्रतिबन्ध लगाइएका वस्तुहरुमा भने संशोधन गरिएको छ। कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरुको प्रतिबन्ध भने सरकारले खुलाएको छ। चुरोटको र हिराको आयात पनि खुलाइएको छ।
स्मार्टफोन, गाडी र मोटरसाइलकको आयात प्रतिबन्धलाई समेत निरन्तरता दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
त्यस्तै, सरकारले तास र खेलौनाको प्रतिबन्ध पनि हटाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।