काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदी मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार १३० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।