• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऐन पारित भएको ३ वर्षपछि स्वरोजगार कार्यक्रम सञ्चालनको तयारी

64x64
शेरबहादुर ऐर मंगलबार, भदौ १४, २०७९  २०:३७
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्वरोजगार विकास कोष ऐन पारित भएको तीन वर्षपछि स्वरोजगारका कार्यक्रम अघि बढाउने तयारी गरेको छ।

बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यून ब्याजदरमा ऋण प्रवाह गर्ने उद्देश्य राखेर २०७६ जेठ १२ गते प्रदेश सभाबाट पारित भई असार १ गते प्रमाणीकरण भएको थियो । सोही ऐन अनुसार प्रदेश सरकारले आफ्नो कार्य अवधि सकिनै लाग्दा कार्यक्रम अघि बढाउन लागेको हो ।

प्रदेश स्वरोजगार कोषका कार्यकारी निर्देशक चुडामणि तिमिल्सेनाले कार्यक्रममा सहभागी हुन साउन ३१ गते राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी आह्वान गरिएको बताए । उनले भदौ २९ गतेसम्म सहकारी तथा समूहहरुबाट आवेदन परेमा असोज पहिलो सातादेखि कार्यक्रम कार्यान्वयनमा लैजाने बताए। उनका अनुसार प्रदेश स्वरोजगार कोषअन्र्तगत चालु आर्थिक वर्ष २०७९/८० मा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिनेछ । 

कार्यक्रमलाई अघि बढाउन आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यमा स्वरोजगार कोषमा एक अर्व रकम विनियोजन गरिएको थियो । ‘वैदेशिक रोजगारमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशीलता विकास गर्न एवं पुँजीका अभावमा लगानीको स्रोत अपुग भएका बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यून ब्याजदरमा ऋण प्रवाह गरी उनीहरुलाई आवश्यक पुँजी व्यवस्थापन गर्न स्वरोजगार विकास कोष अन्र्तगत एक अर्व विनियोजन गरिएको छ’ तत्कालिन आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

यो कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मै बजेटमा समावेश गरेपनि सरकारकै कमजोरीले कार्यान्वयनमा जान सकेको थिएन । कोषको कार्यान्वयनका लागि नियमावली निर्माणमा ढिलाई गरेपछि कार्यान्वयनमा लैजान सकेको थिएन । प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले फागुन २० गते नियमावली स्वीकृत गरेको कार्यकारी निर्देशक तिमिल्सेनाले बताए ।

Ncell 2
Ncell 2

नियमावली स्वीकृत भएपनि कार्यकारी निर्देशक छनौट प्रक्रियामा लम्बिएको थियो । प्रदेश सरकारले २०७७ भदौ ३० गते पहिलोपटक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । त्योबेला कसैको आवेदन नपरेपछि दोस्रो पटक असोज १५ र तेस्रोपटक कार्तिक २ गते ३ पटक प्रकाशन गरेको थियो । प्रदेश सरकारले विज्ञापन आह्वान गरेको झण्डै एक वर्षभन्दा बढी २०७८ पुस १६ गतेमात्र कार्यकारी निर्देशकमा तिमिल्सेनालाई नियुक्त गरेको थियो । कार्यकारी निर्देशक नियुक्तपश्चात कोषको कार्यालयले २०७९ साउन १६ गतेमात्र कोष कर्जा कार्यविधि पारित गराएको थियो ।
सहकारी संस्थाका लागि वार्षिक व्याजदर एक प्रतिशतमा पुँजी उपलब्ध गराईने व्यवस्था कार्यविधिमा छ । ‘सहकारी संस्थाले अधिकतम ४ प्रतिशतसम्मा जोडेर लक्षित समुहसँग व्याजदर कायम गर्न पाउने व्यवस्था रहेको छ’ कार्यविधिमा भनिएको छ ।

स्वरोजगार कार्यक्रमअन्र्तगत कोषका लक्षितछ समूह बढी भएका तर बैंक तथा वित्तिय संस्था र अन्य संस्थाको पहुँच कम रहेको हिमाली, पहाडी र तराईका जिल्लाहरुको गाउँपालिका, नगरपालिका र स्थानीय तहमा प्रदान गर्ने गरि प्राथमिकता दिइएको कार्यकारी निर्देशक तिमिल्सेनाले बताए ।

उनले भने, ‘लक्षित समुहका व्यक्तिलाई व्यवसाय अनुरुप ३ लाखसम्म, पाँच जना वा सोभन्दा अधिक सदस्य रहेको सामूहिक व्यवसायलाई १० लाखसम्म र स्थानीय तह स्तरमा कर्जा प्रवाह गर्ने सहकारी संस्थालाई २० लाख देखि ८० लाखसम्म सहुलियत प्रदान गरिनेछ ।’

सहकारी संस्थामा ५० देखि ३ सय सदस्य, दुई देखि १५ लाख शेयर पुँजी, ४ देखि ३० लाखसम्मको बचत रकम हुनुपर्ने प्रवाधान कार्यविधिमा छ। कोषअन्र्तगत एक सय २० वटा वस्तुगत व्यवसायी सूचिकृत गरिएकोले सोही अनुसार सहुलियत कर्जा वितरण गरिने जनाइएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले कार्यकालको अन्तिम अवधिमा प्रदेश सरकारले स्वरोजगार कोषको कार्यक्रम अघि बढाउन सफल भएको बताए । कार्यक्रमले बैंक र वित्तिय संस्थाको पहुँचमा नभएका दुर्गम क्षेत्रका नागरिक र वैदेशिक रोजगारबाट फर्किएका सीप भएका युवाहरु लाभान्वित हुने उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्