• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दलहरूको ‘सामूहिक कमाई’ लाई बाँड्न समानुपातिकमा नयाँ मापदण्ड

64x64
ईश्वर बराल मंगलबार, भदौ १४, २०७९  २०:५५
1140x725

काठमाडौं– मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर दलहरूले उम्मेदवार छनोटको मापदण्ड सार्वजनिक गरिरहेका छन्। 

प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतमा परिपत्र गरिसकेका छन्। यी दलहरूले आसन्न निर्वाचनलाई लक्षित गरेर विशेष गरी समानुपातिक प्रणालीमा नयाँ मापदण्ड अघि सारेका छन्। 

जसअन्तर्गत अघिल्लो निर्वाचनमा समानुपातिकबाट निर्वाचित सांसदलाई फेरि उम्मेदवार सिफारिस नगर्न परिपत्र गरेका छन्।

एमालेले समानुपातिक मतलाई ‘सामूहिक कमाई’ भएको भन्दै नयाँलाई अवसर दिनुपर्ने भनेको छ भने कांग्रेसले पनि २०७४ मा निर्वाचितलाई नदोहार्‍याउन परिपत्र गरेको छ। 

एमालेले ‘समानुपातिक मत’ भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकोले समानुपातिक मत ‘सामूहिक कमाई’ बन्दसूची तयार गर्दा ‘सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने’ भन्ने पक्षलाई ध्यान दिइनुपर्नेमा जोड दिएको छ। 

त्यसैले समानुपातिक निर्वाचन प्रणालीबाट हुने प्रतिनिधित्वमा एकचोटी अवसर पाएकालाई दोहोर्‍याउन नहुने मापदण्ड तय गरेको हो।

पार्टीको पछिल्लो निर्णयले चालू संसद्‌मा रहेका समानुपातिकका सांसद र एकचोटी समानुपातिक सांसदमा निर्वाचित भएकाहरू अब दोहोरिन नपाउने भएका छन्। 

नेकपा एमालेबाट २०७४ को निर्वाचनमा ३० जना सांसद समानुपातिकबाट निर्वाचित भएका थिए। केही अनुहार विल्कुल नयाँ छन् भने केही अघिल्ला निर्वाचनमा पनि यही माध्यमबाट सांसद भएका थिए। अझ केही सांसद भने विगतमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका पनि छन्। 

Ncell 2
Ncell 2

आशा कुमारी विक, तुलसी थापा, कुमारी मेचे, गोमा देवकोटा, नविना लामा, निरुदेवी पाल, बिमला विक, मनकुमारी जिसी, मायादेवी न्यौपाने, मैनाकुमारी भण्डारी, रेखा कुमारी, विनाकुमारी श्रेष्ठ, विमला विश्वकर्मा, विष्णु शर्मा, सरिताकुमारी गिरी, सरीता न्यौपाने, सुजिता शाक्य लगायतका सांसदहरू पहिलो चोटी समानुपातिक प्रणालीबाट संसदीय यात्रा गरेकामध्ये हुन्। 

यस्तै, गंगा चौधरी (सत्गौवा) २०७० को निर्वाचनमा, जुली कुमारी महतो, थममाया थापा, मोतीलाल दुगड, राधा कुमारी ज्ञवाली, विन्दा पाण्डे, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रीन लगायतका सांसदहरू ०६४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनिसका थिए। विजय सुब्बा २०४८ र ५६ मा निर्वाचित थिए भने मोहन बानियाँ २०७० निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन्। 

कांग्रेसको खुकुलो मापदण्ड

यता, नेपाली कांग्रेसले भने एमालेकोभन्दा केही खुकुलो मापदण्ड तयार पारेको छ। नेपाली कांग्रेसले पनि उम्मेदवार सिफारिस गर्न गरेको परिपत्रमा २०७४ को निर्वाचनमा मात्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिहरूलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फको निर्वाचित भएकालाई यसपटक उम्मेदवारमा सिफारिस नगर्न भनेको छ। 

२०७४ को निर्वाचनमा कांग्रेसका ३९ जना सांसद समानुपातर्फबाट निर्वाचित भएका छन्। अतहर कमाल मुसलमान, उमा रेग्मी, उमेश श्रेष्ठ, कर्मा घले, किशोर सिंह राठौर, चित्रलेखा यादव, जीप छिरिङ लामा, डिला संग्रौला, दिलेन्दप्रसाद बडू, दिव्यमणि राजभण्डारी, नमिताकुमारी चौधरी, नगेन्द्र कुमार, पद्यनारायण चौधरी, पार्बता डी.सी, प्रकाश रसाईली, प्रमिला राई, बालकृष्ण खाण, विनोद चौधरी, बिमला नेपाली, महेन्द्रकुमारी लिम्बु, मानबहादुर विश्वकर्मा र मिनबहादुर विश्वकर्मा समानुपातिकबाट संसद्‌मा आएका हुन्। 

यस्तै समानुपातिकबाट सांसद् बन्नेमा कांग्रेसका मिना सुब्बा, मिनाक्षी झा, मीना पाण्डे, मोहनप्रसाद पाण्डे, रंगमती शाही, रामबहादुर विष्ट, लक्ष्मी परियार, लालकाजी गुरूङ्ग, बहादुरसिंह लामा, सत्यनारायण शर्मा, सरसव आरा खान, सीतादेवी यादव, सुजता कोइराला, सुजता परियार, सुवर्ण ज्वारचन, स्मृति नारायण चौधरी, हिरा गुरूङलगायत रहेका छन्।

एमालेले र कांग्रेसले यो मापदण्ड अघि सार्दै गर्दा चालू संसद्‌मा समानुपातिकबाट निर्वाचित सांसदहरूले खेलेकाे महत्वपूर्ण भूमिकालाई अर्को निर्वाचनपछि पनि यही भूमिकामा ल्याउन भने प्रत्यक्षबाट निर्वाचित भएर आउने स्थिति बनाउनुपर्ने हुन्छ। पार्टीहरूले संवैधानिक व्यवस्थालाई पूर्ण गर्न ३३ प्रतिशत महिलाको संख्या समानुपातिक प्रणालीबाट पूरा गराइरहेका छन्। 

यता, यो व्यवस्थाको मुख्य सूत्रधार भन्ने गरेको माओवादी केन्द्रले अहिलेसम्म यस विषयमा केही घोषणा गरेको छैन। २०६४ पछिको तीनवटा निर्वाचनमा सहभागी भएको यो दलका चालू संसदमा अधिकांश सांसद पुरानै अनुहार रहेका छन्। 

रोचक त के छ भने सभामुख, उपसभामुख र प्रत्यक्षबाट निर्वाचित भइसकेका सांसदहरूले समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट संसद् यात्रा गरेका छन्।

वर्तमान संसदमा माओवादीका १७ जना सांसद समानुपातिकबाट निर्वाचित भएका छन्। जसमध्ये बोधमायाकुमारी यादव, रामकुमारी चौधरी, चाँदतारा कुमारी, चुडामणी खड्का र ईन्दुकुमारी शर्मा नयाँ अनुहार हुन्। 

बाँकी पुरानै अवसर पाएकाहरूको प्रतिनिधित्व रहेको छ। अन्य सांसदहरूमा, अञ्जना विशंखे, अमृता थापा, ओनसरी घर्ति, जयपुरी घर्ती, दिल कुमारी, दुर्गाकुमारी विश्वकर्मा, धर्मशीला चापागाईं, पूर्णाकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, शशी श्रेष्ठ र सत्या पहाडी हुन्। 

मुख्य तीन दलको आंकडाले समानुपातिक प्रणालीमा बोलवालाको दबदबा रहेको देखाउँछ। आसन्न निर्वाचनलाई लक्षित गरेर कांग्रेस र एमालेको नयाँ मापदण्डले नयाँ अनुहारले अवसर पाउने त देखिन्छ तर समानुपातिकबाटै महत्वपूर्ण भूमिका खेलेका सांसदलाई दलले प्रत्यक्षबाट जित्ने वातावरण बनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
चितवनविरुद्ध पोखरा ८ विकेटले विजयी शनिबार, मंसिर २०, २०८२
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना शनिबार, मंसिर २०, २०८२
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्