• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दलहरूको ‘सामूहिक कमाई’ लाई बाँड्न समानुपातिकमा नयाँ मापदण्ड

64x64
ईश्वर बराल मंगलबार, भदौ १४, २०७९  २०:५५
1140x725

काठमाडौं– मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर दलहरूले उम्मेदवार छनोटको मापदण्ड सार्वजनिक गरिरहेका छन्। 

प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतमा परिपत्र गरिसकेका छन्। यी दलहरूले आसन्न निर्वाचनलाई लक्षित गरेर विशेष गरी समानुपातिक प्रणालीमा नयाँ मापदण्ड अघि सारेका छन्। 

जसअन्तर्गत अघिल्लो निर्वाचनमा समानुपातिकबाट निर्वाचित सांसदलाई फेरि उम्मेदवार सिफारिस नगर्न परिपत्र गरेका छन्।

एमालेले समानुपातिक मतलाई ‘सामूहिक कमाई’ भएको भन्दै नयाँलाई अवसर दिनुपर्ने भनेको छ भने कांग्रेसले पनि २०७४ मा निर्वाचितलाई नदोहार्‍याउन परिपत्र गरेको छ। 

एमालेले ‘समानुपातिक मत’ भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकोले समानुपातिक मत ‘सामूहिक कमाई’ बन्दसूची तयार गर्दा ‘सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने’ भन्ने पक्षलाई ध्यान दिइनुपर्नेमा जोड दिएको छ। 

त्यसैले समानुपातिक निर्वाचन प्रणालीबाट हुने प्रतिनिधित्वमा एकचोटी अवसर पाएकालाई दोहोर्‍याउन नहुने मापदण्ड तय गरेको हो।

पार्टीको पछिल्लो निर्णयले चालू संसद्‌मा रहेका समानुपातिकका सांसद र एकचोटी समानुपातिक सांसदमा निर्वाचित भएकाहरू अब दोहोरिन नपाउने भएका छन्। 

नेकपा एमालेबाट २०७४ को निर्वाचनमा ३० जना सांसद समानुपातिकबाट निर्वाचित भएका थिए। केही अनुहार विल्कुल नयाँ छन् भने केही अघिल्ला निर्वाचनमा पनि यही माध्यमबाट सांसद भएका थिए। अझ केही सांसद भने विगतमा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका पनि छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आशा कुमारी विक, तुलसी थापा, कुमारी मेचे, गोमा देवकोटा, नविना लामा, निरुदेवी पाल, बिमला विक, मनकुमारी जिसी, मायादेवी न्यौपाने, मैनाकुमारी भण्डारी, रेखा कुमारी, विनाकुमारी श्रेष्ठ, विमला विश्वकर्मा, विष्णु शर्मा, सरिताकुमारी गिरी, सरीता न्यौपाने, सुजिता शाक्य लगायतका सांसदहरू पहिलो चोटी समानुपातिक प्रणालीबाट संसदीय यात्रा गरेकामध्ये हुन्। 

यस्तै, गंगा चौधरी (सत्गौवा) २०७० को निर्वाचनमा, जुली कुमारी महतो, थममाया थापा, मोतीलाल दुगड, राधा कुमारी ज्ञवाली, विन्दा पाण्डे, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रीन लगायतका सांसदहरू ०६४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनिसका थिए। विजय सुब्बा २०४८ र ५६ मा निर्वाचित थिए भने मोहन बानियाँ २०७० निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन्। 

कांग्रेसको खुकुलो मापदण्ड

यता, नेपाली कांग्रेसले भने एमालेकोभन्दा केही खुकुलो मापदण्ड तयार पारेको छ। नेपाली कांग्रेसले पनि उम्मेदवार सिफारिस गर्न गरेको परिपत्रमा २०७४ को निर्वाचनमा मात्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिहरूलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फको निर्वाचित भएकालाई यसपटक उम्मेदवारमा सिफारिस नगर्न भनेको छ। 

२०७४ को निर्वाचनमा कांग्रेसका ३९ जना सांसद समानुपातर्फबाट निर्वाचित भएका छन्। अतहर कमाल मुसलमान, उमा रेग्मी, उमेश श्रेष्ठ, कर्मा घले, किशोर सिंह राठौर, चित्रलेखा यादव, जीप छिरिङ लामा, डिला संग्रौला, दिलेन्दप्रसाद बडू, दिव्यमणि राजभण्डारी, नमिताकुमारी चौधरी, नगेन्द्र कुमार, पद्यनारायण चौधरी, पार्बता डी.सी, प्रकाश रसाईली, प्रमिला राई, बालकृष्ण खाण, विनोद चौधरी, बिमला नेपाली, महेन्द्रकुमारी लिम्बु, मानबहादुर विश्वकर्मा र मिनबहादुर विश्वकर्मा समानुपातिकबाट संसद्‌मा आएका हुन्। 

यस्तै समानुपातिकबाट सांसद् बन्नेमा कांग्रेसका मिना सुब्बा, मिनाक्षी झा, मीना पाण्डे, मोहनप्रसाद पाण्डे, रंगमती शाही, रामबहादुर विष्ट, लक्ष्मी परियार, लालकाजी गुरूङ्ग, बहादुरसिंह लामा, सत्यनारायण शर्मा, सरसव आरा खान, सीतादेवी यादव, सुजता कोइराला, सुजता परियार, सुवर्ण ज्वारचन, स्मृति नारायण चौधरी, हिरा गुरूङलगायत रहेका छन्।

एमालेले र कांग्रेसले यो मापदण्ड अघि सार्दै गर्दा चालू संसद्‌मा समानुपातिकबाट निर्वाचित सांसदहरूले खेलेकाे महत्वपूर्ण भूमिकालाई अर्को निर्वाचनपछि पनि यही भूमिकामा ल्याउन भने प्रत्यक्षबाट निर्वाचित भएर आउने स्थिति बनाउनुपर्ने हुन्छ। पार्टीहरूले संवैधानिक व्यवस्थालाई पूर्ण गर्न ३३ प्रतिशत महिलाको संख्या समानुपातिक प्रणालीबाट पूरा गराइरहेका छन्। 

यता, यो व्यवस्थाको मुख्य सूत्रधार भन्ने गरेको माओवादी केन्द्रले अहिलेसम्म यस विषयमा केही घोषणा गरेको छैन। २०६४ पछिको तीनवटा निर्वाचनमा सहभागी भएको यो दलका चालू संसदमा अधिकांश सांसद पुरानै अनुहार रहेका छन्। 

रोचक त के छ भने सभामुख, उपसभामुख र प्रत्यक्षबाट निर्वाचित भइसकेका सांसदहरूले समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट संसद् यात्रा गरेका छन्।

वर्तमान संसदमा माओवादीका १७ जना सांसद समानुपातिकबाट निर्वाचित भएका छन्। जसमध्ये बोधमायाकुमारी यादव, रामकुमारी चौधरी, चाँदतारा कुमारी, चुडामणी खड्का र ईन्दुकुमारी शर्मा नयाँ अनुहार हुन्। 

बाँकी पुरानै अवसर पाएकाहरूको प्रतिनिधित्व रहेको छ। अन्य सांसदहरूमा, अञ्जना विशंखे, अमृता थापा, ओनसरी घर्ति, जयपुरी घर्ती, दिल कुमारी, दुर्गाकुमारी विश्वकर्मा, धर्मशीला चापागाईं, पूर्णाकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, शशी श्रेष्ठ र सत्या पहाडी हुन्। 

मुख्य तीन दलको आंकडाले समानुपातिक प्रणालीमा बोलवालाको दबदबा रहेको देखाउँछ। आसन्न निर्वाचनलाई लक्षित गरेर कांग्रेस र एमालेको नयाँ मापदण्डले नयाँ अनुहारले अवसर पाउने त देखिन्छ तर समानुपातिकबाटै महत्वपूर्ण भूमिका खेलेका सांसदलाई दलले प्रत्यक्षबाट जित्ने वातावरण बनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्